सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
प्रथमतः विश्व शक्तिले इरानसँग गरेको आणविक सम्झौताबाट संरा अमेरिकाले हात झिक्यो । इरानले सम्झौता उल्लङ्घन गरेको अभियोगको आधारमा संरा अमेरिकाले उसमाथि नाकाबन्दी थोप¥यो ।
त्यसपछि तेहरानले पनि सम्झौताबाट हात झिक्ने र आणविक गतिविधि गर्ने चेतावनी आयो ।
अनि संरा अमेरिकी राष्ट्रपति कार्यालयले इरानी इस्लामिक क्रान्तिकारी गार्डलाई ‘विदेशी आतङ्कवादी सङ्गठन’ को संज्ञा दियो । त्यो कदमको प्रक्रियामा इरानले मध्यपूर्वमा तैनाथ संरा अमेरिकी सेनालाई ‘आतङ्कवादी’ घोषणा ग¥यो ।
त्यसपछि संरा अमेरिकाले इरानमाथि नाकाबन्दी थप कडा बनायो । अनि पर्सियाली खाडीमा वाशिङ्टनले युद्धकविमान बोक्ने युद्धपोत र बी–५२ बम हमलाकारी पठायो ।
इराकबाट आफ्ना अत्यावश्यक कूटनीतिक कर्मचारीबाहेक सबैलाई फिर्ता बोलाउने संरा अमेरिकी निर्णयसँगै संरा अमेरिका र इरानबीचको तानातानले गम्भीर मोडमा पु¥याएको छ । गएको आइतबार त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘औपचारिक अन्त्य’ हुने भनी धम्कीपूर्ण ट्वीट नै गरे ।
सौभाग्यवश, त्यसपछि भने तीव्रतर गतिमा यो डढेलो रोकिएको छ र बढ्दो तनाव केही कम भएको छ । किनभने, मौखिक भनाभन र सबै प्रकारका राजनीतिक र सैनिक तैनाथीबीच दुवै पक्ष कुनै गम्भीर प्रत्यक्ष मुठभेदमा उत्रेनन् । न त एक–अर्कोलाई मुठभेदमा तान्यो । वाशिङ्टनले केही कुरा भन्यो र तेहरानले त्यसको जवाफमात्र फर्कायो ।
फ्रान्सेली अन्तर्राष्ट्रिय तथा रणनीतिक मामिला प्रतिष्ठानका करिम इमिल बिटारले भनेको सही हो । उनले भनेका थिए, “कुनै पागलपनले नगाँजेसम्म कुनै ठूलो, खुला र प्रत्यक्ष युद्ध सम्भव छैन ।”
अहिलेसम्म दुवैले आफ्नो होशियारी गुमाएका छैनन् ।
तर, त्यसको अर्थ खतराको घण्टी नबजेको भने होइन । बढ्दो तनाव, आपसमा अविश्वास, गलत हिसाबकिताब र गलत मूल्याङ्कनले दुवै देशका सेना आपसको मुखामुखको अवस्थामा कुनै नसोचेको परिणाम आउन सक्ने सम्भावना अझै बाँकी छ ।
संरा अमेरिकी काङ्ग्रेसमा भएको पत्रकार भेटघाटमा बोल्दै कार्यकारी रक्षा सचिव प्याट्रिक शानहानले ‘इरानलाई गलत रूपमा बुझ्ने गल्ती पनि सजग भएको’ बताए ।
तर, संरा अमेरिकी संसदीय सशस्त्र सेवा समितिका अध्यक्ष एडम स्मिथले भनेका छन्, “दुवै पक्षले एक–अर्कालाई गलत रूपमा बुझ्ने सम्भावना छ ।” उनको यो संवदेनशील टिप्पणी हो ।
संरा अमेरिकाले हमला गर्ने आफ्नो कुनै मनसाय नभएको बताए पनि र तेहरानले ‘अधिकतम धैर्यता’ कायम राखे पनि दुई पक्षबीच द्वन्द्वको सम्भावनालाई भने नकार्न मिल्दैन ।
ह्वाइट हाउसले संरा अमेरिकी सांसदहरूलाई आफ्नो तर्फबाट सैनिक परिचालन विशुद्ध प्रतिरक्षात्मकमात्र हुने र युद्ध उछाल्ने लक्ष्यबाट नहुने बताएको छ । खाडी क्षेत्रमा तनावले कुनै पनि देशको हित गर्नेछैन । विश्वको सुरक्षा र अर्थतन्त्रमा यसले नकारात्मक प्रभाव पार्छ । चीनलगायतका देशले मध्यपूर्वमा विकसित अवस्थाको विरोध गरेको छ । अरु देशहरूले पनि यसमा थप मत व्यक्त गर्नुपर्छ । दुवै पक्षले सौम्यता कायम राख्नुपर्छ । आपसका हितको उचित सम्बोधन गर्न संवादको बाटो अँगाल्नुपर्छ ।
चाइना डेलीको सम्पादकीय
नेपाली अनुवादः सुशिला
Leave a Reply