भर्खरै :

कम्युनिष्ट पार्टी छँदै छैन भन्नु गलत

–उर्मिला ज्याख्व
नेपालमा कसैले कम्युनिष्ट पार्टी छँदै छैन भन्नु उसको दृष्टिदोष हो । बरु देशमा अहिलेसम्म कम्युनिष्टको शासन सुरु भएको छैन । ‘जनयुद्ध’ गर्ने माओवादी र जनताको बहुदलीय जनवादको नारा बोक्ने एमालेको नेतृत्वमा पटक–पटक सरकार गठन भए पनि कम्युनिष्टको सिद्धान्त र विचारको आधारमा काम नगरेको, नीति नियम नबनाएको मूल्याङ्कन गरेर देशमा कुनै दल कम्युनिष्ट छैन भन्नु भ्रम हो । त्यसैको आधारमा देशमा कुनै कम्युनिष्ट पार्टी नदेख्नु या छैन भन्न मिल्दैन ।
सचेत र सङ्गठित शक्तिविना आमूल परिवर्तन सम्भव छैन । जनतालाई सैद्धान्तिक र वैचारिकरूपमा सुसूचित पार्नुपर्छ । माक्र्सवाद, लेनिनवाद र माओ विचारधारा जनताको घर आँगनमा पु¥याउनुपर्छ । कम्युनिष्ट पार्टीको मार्ग निर्देशक माक्र्सवाद, लेनिनवाद र माओ विचारधारालाई आफ्नो देश, काल र परिस्थित अनुकूल लागू गर्न र गराउन अघि बढ्ने क्रियाशील दलहरू छन् । समाजवाद र पुँजीवादको भेदबारे सुसूचित पार्दै कम्युनिष्टको सिद्धान्त र विचारबारे जनतालाई सुसूचित पार्ने दलहरू छन् । वर्गसङ्घर्षविना आमूल परिवर्तन सम्भव छैन भन्ने वर्गीय चेतना दिने दल नेपालमा नभएको होइन । अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, उपनिवेशवाद, पुँजीवादको विरोध गर्दै जनताको सांस्कृतिक उठाउन इमानदारीपूर्वक राजनीतिक गतिविधि गरिरहेका दल नेपालमा छन् । यसकारण नेपालमा कम्युनिष्ट पार्टीहरू छन् ।
हतियार उठाउँदैमा कुनै दल कम्युनिष्ट हुँदैन न त कुनै दलको नाउँ राख्दैमा त्यो दल कम्युनिष्ट हुन्छ । नेमकिपा वर्गसङ्घर्षले मात्र आमूल परिवर्तन सम्भव हुन्छ भन्ने मान्यता राख्छ । परिवर्तनको लागि क्रान्तिकारी पार्टी चाहिन्छ । नेमकिपा प्रतिक्रियावादीभन्दा प्रतिक्रयावादी सङ्घ संस्थाभित्र पसेर देश र जनताको पक्षमा काम गरिरहेको दल हो । नेमकिपा कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको दल हो । पार्टी स्थापनाकालदेखि नै नेमकिपाले साम्राज्यवाद, विस्तारवाद, उपनिवेशवाद र पुँजीवादको विरोध गर्दै आएको छ । नेमकिपा सत्ताको लोभलालचमा फसेको छैन । नेमकिपा देश र जनताको पक्षमा इमानदारीपूर्वक काम गर्दै आएको पार्टी हो । नेमकिपाले उठाएका कुनै पनि माग दलको स्वार्थमा छैन । नेमकिपा बहुमत जनताको पक्षमा छ ।
अहिलेको सरकार ‘कम्युनिष्ट’ पार्टीको सरकार हो । तर, माक्र्सवादी र लेनिनवादी पार्टी होइन । अहिलेको नेपालको राजनीतिक बन्दोबस्त पुँजीवादी हो । पुँजीवादी बाटोमा हिँड्ने नेकपा पुँजीवादी पार्टी हो । माक्र्सवाद बङ्ग्याउने र कम्युनिष्टको नाउँमा माक्र्सवादको बाटो छोडेर पुँजीवादी राजनीतिको थालनी गर्ने व्यक्ति मदन भण्डारी हुन् । जनताको बहुदलीय जनवाद पुँजीवादी बाटो हो, यो कम्युनिष्ट बाटो होइन । नेकपाका नेता प्रदीप नेपालले मदन भण्डारीलाई माक्र्सवादमा सही अर्थमा बुझेर जीवनमा लागू गर्ने पहिलो नेपाली सिद्धान्तकार मान्नु सोह«ै आना झूट हो । बरु उनी माक्र्सवाद बङ्ग्याउने नेता हुन् ।

One response to “कम्युनिष्ट पार्टी छँदै छैन भन्नु गलत”

  1. तर्क राम्रो छ काशी जि, एसो पनि भन्न सकियो जति ठूलो खोला भयो तेति ठूलो फोहोर बोकेर हिड्ने हुँदा त्यो खोला का शान्त पानी को मुल्यांकन गौण भै तेस मा बगेको फोहर मा मात्र मानिस को ध्यान केन्दृत भएको देखिएको हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *