सरकारी निकायमा हुने बेरुजुको अन्त्य कहिले ?
- जेष्ठ ४, २०८३
– रञ्जन बनमाला
सत्तारूढ दलका नेताहरू देश र जनताप्रति जिम्मेवार नबन्दा, विदेशी शक्ति राष्ट्रहरूको उठबस र दबाबमा बस्दा र दूरदर्शी नहुँदा नेपालमा विकास नभएको हो, देश आत्मनिर्भर नबनेको हो । नेपाल सरकारको कमजोरी थाहा पाएरै विदेशी शक्ति राष्ट्रका कति कूटनीतिज्ञहरू विनाअनुमति नेपाल भूमिमा परेड खेल्छन्, परेड खेल्न अभ्यस्त हुन्छन् । बेलाबखत परेड खेल्दै आएको यथार्थ हो । सरकारको अनुमतिविना अमेरिकी राजदूत ¥यान्डी बेरीले सुरू गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाविपरीत छ । यसरी नै विगतमा पनि धेरैपटक मर्यादाविपरीत काम भए । प्रधानमन्त्री बनेपछि भएको नेपालको भ्रमणमा मोदीले राहतस्वरूप केही सामानहरू बाँड्ने योजना बनेका थिए । जनताको व्यापक दबाब र विरोधपछि सरकारले सो कार्य रोक्यो । नेपाल भ्रमणमा मोदीले गरेको त्यो प्रयास पनि कूटनीतिक मर्यादाविपरीत थियो ।
राजनीतिक दलका नेताहरूले अमेरिकी राजदूत बेरीको सो कदमको विरोध गरेका छन् । नेपाल सरकारले पनि उनको सो कार्यक्रम नगर्न आग्रह गरिसकेको छ । तर अमेरिकी दूतावासले राजदूतको सो कार्यक्रम ठिक्कै भएको बताएको छ । साम्राज्यवादी अमेरिका र विस्तारवादी भारत नेपाल र नेपालीको स्वार्थ र सेवामा होइन आफू अनुकूल नेपाललाई उपयोग गर्दैछन् । ती देशले नेपाल सरकारलाई आर्थिक सहयोगको लोभ देखाएर आफ्नो स्वार्थपूर्ति गर्ने काम गर्दैछन् । नेपाल सरकार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको विपक्षमा उभ्याउन अमेरिकाले नेपाललाई आर्थिक सहयोग गर्ने लोभ देखायो । त्यस्तै लोभ भारतीय पक्षले देखाएर नेपालको जलस्रोत आफ्नो मुठीमा राखेको थियो, भूमि अतिक्रमण गरेको थियो । नेपाली भूमि डुबानमा पारेर भारतले आफ्नो भूमि हराभरा पारेको छ । नेपाल सरकार आर्थिक सहयोगको लोभ देखाएपछि, विकासको नाउँमा आर्थिक सहयोग भएपछि असमान सन्धि गर्न पछि पर्दैन । यस्ता असमान सन्धिहरू नेकाको पालामा धेरै भयो । यस्तैखाले सन्धि र सम्झौता कम्युनिष्ट भनिने दलको सरकारमा पनि भयो । भारत नेपाललाई कठपुतली बनाउन चाहन्छ । नेपाललाई जहिल्यै भारतनिर्भर बनाउने भारतीय शासक वर्गको अभिलाषा हो । नेपाल सरकारको फेरबदलमा भारत सरकारको हात हुन्थ्यो । संविधान निर्माण आफू अनुकूल बनाउन भारतले दबाब दिएकै थियो । आफ्नो स्वार्थ पूरा नभएपछि पेट्रोलियम पदार्थ बिक्री गर्न रोक्यो र एक प्रकारको आर्थिक नाकाबन्दी ग¥यो । सार्वभौम सम्पन्न र स्वाधीन देश विदेशी झुक्न नहुने मान्यता नेपाल सरकार भुल्छ । सरकारको यस्तै कमी–कमजोरी र अदूरदर्शी नीतिले गर्दा नै नेपालले विकासको मुहान फुटाउन नसकेको हो । सरकारको यस्तै पारारले सुखी नेपाली समृद्ध नेपाल सम्भव छैन ।
Leave a Reply