ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
झोङ शोङ (Zhong Shong)
एघारौँ उच्चस्तरीय आर्थिक र व्यापार वार्ताका लागि चिनियाँ प्रमण्डल वासिङ्टन पुगेकै बेला व्यापार वार्तामा नकारात्मक असर पर्ने गरी संरा अमेरिकाले २ सय अर्ब बराबरको चिनियाँ वस्तु आयातमा १० देखि २५ प्रतिशत थप कर वृद्धिको घोषणा ग¥यो ।
संरा अमेरिकाले अमेरिकी अर्थतन्त्रमा उक्त कर वृद्धिले पर्ने नकारात्मक प्रभावलाई लुकाउन खोज्दै कर वृद्धिले देशलाई फाइदा पुग्ने बतायो । तर, बुझेका अमेरिकी नागरिकहरूलाई यो निर्णय पचिरहेको छैन र विरोधको आवाज उठाउने उनीहरू नै पहिलो बनिरहेका छन् । गत वर्ष व्यापार युद्धबारे संरा अमेरिकाले झूटो प्रचार गरेको थियो र यस वर्ष अझ बढी झूटा भनाइहरू अगाडि सारिरहेको छ ।
उनीहरू भनिरहेका छन् कि चीनले संरा अमेरिकालाई ठूलो रकमको कर तिरिरहेको छ र त्यो ठूलो रकम प्रत्यक्षरूपमा अमेरिकी ढुकुटीमा गइरहेको छ । केही अमेरिकी अधिकारीहरूको नजरमा ती बढाइएको कर अरू केही होइन बरु स्वर्गबाट बर्साइएको स्वर्ण मुद्रा हो । तिनीहरू त्यसैले पुग्ने र आफ्नो कुनै हानी नहुने सोच्छन् । केही मानिसहरू कर वृद्धिले अमेरिकी अर्थतन्त्रले निरन्तर प्रगति गरिरहेको भ्रम फैलाइरहेका छन् तर यो संरा अमेरिकाले बनिबनाऊ विजय देखाएको अर्को घटनामात्र हो ।
अमेरिकी आर्थिक अनुसन्धान राष्ट्रिय ब्युरोका अनुसार संरा अमेरिकाले आफ्ना व्यापारिक साझेदारहरूसित बढाएर लिएकोमा त्यसको प्रतिकार्यस्वरूप चालेका कदमले गर्दा संरा अमेरिकाले ७.८ अर्ब डलर आर्थिक घाटा व्यर्होनुपरेको छ । संरा अमेरिकाले हरेक वर्ष अमेरिकी उपभोक्ता र उत्पादकसँग ५८.८ अर्ब डलर कर उठाउँदै आएको छ । चीनबाट गरिने २ सय अर्ब डलर बराबरको वस्तुमा लगाइएको २५ प्रतिशत करका साथै चिनियाँ कम्पनीहरूको ढुवानीमा लगाइएको ५० अर्ब बराबरको शुल्क तथा स्टिल र आल्मुनियममा बढाइएको करका कारण संरा अमेरिकामा ९,३४, ००० रोजगार गुम्दै गरेको वासिङ्टनस्थित एक व्यापार सल्लाहकार संस्थाले गरेको अध्ययनबाट खुलासा भएको छ ।
चीनसितको व्यापार युद्ध अन्त्य गर्न सम्झौता गर्नभन्दा समस्यालाई झन्झन् गहि¥याउँदै जाने अमेरिकी सरकारको नीति र उच्च कर थोपर्ने कदमप्रति अमेरिकी अन्तर्राष्ट्रिय व्यापार परिषद्ले ठूलो निराशापूर्ण प्रतिक्रिया जाहेर गरेको फाइनान्सियल टाइम्सले हालै प्रकाशित गरेको खोज समाचारमा उल्लेख छ ।
कर वृद्धिले देशलाई फाइदा हुन्छ भन्दै संरा अमेरिकी अधिकारीहरूले चीनको खल्तीबाट रकम निकाल्नुलाई चकूले नौनी काट्नुजस्तो सरल र सहज भएको कल्पना गरिरहेका छन् । वास्तविकता नितान्त भिन्न छ । अमेरिकी आयातकर्ताहरू र खुद्राव्यापारीहरूको सीमित क्षमताका कारण करको प्रभावस्वरूप वस्तुको मूल्यमा वृद्धि हुन जानेछ र त्यो उपभोक्ताहरूबाटै उठाइने छ ।
संरा अमेरिकी सरकारले आफ्ना देशका आयातकर्ता व्यापारिक प्रतिष्ठानले आयातको अर्को स्रोत भेटाउने आशा गरेको छ तर त्यो सहज र सम्भव छैन । सबभन्दा बढी सुपथ मूल्यका उपभोग्य वस्तु चीनबाट मात्र आउन सम्भव छ ।
सङ्घीय रिजर्भ बैङ्क न्युयोर्क, कोलुम्बिया विश्वविद्यालय र प्रिन्सटन विश्वविद्यालयका अर्थशास्त्रीहरूले संयुक्तरूपमा गरेको एक अध्ययनअनुसार कर वृद्धिले अमेरिकी उपभोक्ता आयातकर्ताहरूमाथि गतवर्षको तुलनामा ४.४ अर्ब डलर प्रतिमहिना खर्च बढ्न जानेछ । कर वृद्धिबाट आउने रकम आयातित वस्तु प्रयोग गर्ने उपभोक्ताहरूको घाटा पूर्ति गर्न पनि पर्याप्त छैन ।
संरा अमेरिकी अधिकारीहरू आफ्नै देशका उपभोक्ताहरूको खल्तीबाट पैसा निकालिरहेका छन् र त्यो पैसा स्वर्गबाट झारिरहेको दाबी गरिरहेका छन् । उनीहरूको दाबीलाई के कसैले पत्याइरहेका छन् ? आजको विश्वमा कुनै पनि देश आफ्नै इच्छाले मात्र चल्न सक्दैन । संरा अमेरिकाले अरू देशहरूको लागि वृद्धि गरेको करले निश्चय नै प्रत्याक्रमणको सामना गर्नुपर्नेछ ।
यसबाहेक, संरा अमेरिकाले वृद्धि गरेको करका कारण ऊ स्वयम्लाई घाटा हुने निश्चित छ । उदाहरणका लागि धेरै अमेरिकी किसानहरू ठूलो कठिनाइको समय अनुभव गरिरहेका छन् । अमेरिकी सरकारले सन् २०१८ मा व्यापार युद्धका कारण आफ्नो स्वार्थमा घाटा व्यहोरेका उत्पादकहरूलाई १२ अर्ब डलर अनुदान प्रदान ग¥यो । तर, त्यति अनुदान बढ्ने मूल्य र निर्यात घट्नुका कारण भएको घाटाको तुलनामा धेरै कम रकम हो । कयौँ अमेरिकी किसानहरू र व्यापारीहरू अमेरिकी सरकारको निर्णय मान्न तयार नभएको बताइरहेका छन् ।
‘करले मनलाई चोट पु¥याएको छ’ (Tariffs Hurt the Heartland) नामको राष्ट्रिय अभियानमा अमेरिकाका १५० भन्दा ठूला खुद्रा व्यापार सङ्गठनहरू, प्रविधि उत्पादकहरू र कृषि क्षेत्रका मानिसहरू सामेल छन् । अमेरिकीहरू व्यापार युद्धको पूर्ण मूल्य चुकाइरहेका छन् । छोटो अवधिको सूचनाको आधारमा बढाएको करले चीनलाई मात्र होइन अमेरिकी किसानहरू, व्यवसायीहरू र उपभोक्ताहरूलाई समेत दण्डित गरिरहेको छ । तर, अमेरिकी निर्णय निर्माणकर्ताहरू जनताको आवाज सुनिरहेका छैनन् ।
कर वृद्धिको समर्थन गर्नु अरू केही होइन बरु आफैमाथि ठगी भएको स्पष्टै छ । कर वृद्धि गरेर वा चीनसितको व्यापार द्वन्द्व समाधानप्रति धम्की दिएर संरा अमेरिका गलत मार्गमा अघि बढिरहेको छ । यस्ता प्रयासहरू व्यर्थमा अन्त्य हुनेछन् ।
यदि संरा अमेरिका आफ्नो हित रक्षाका लागि बुद्धिमान छ भने उसले चिनियाँ पक्षसित सम्झौता गर्नेमा जोड दिनुपथ्र्यो र त्यस मामिलालाई आपसी आदर, समानता र आपसी फाइदाको आधारमा वार्ताको माध्यमले सम्बोधन गर्नुपथ्र्यो ।
(झोङ शेङको चिनियाँ भाषामा अर्थ ‘चीनको आवाज’ हुन्छ र पिपुल्स डेलीले विदेश नीतिबारे आफ्नो विचार अभिव्यक्त गर्न यो उपनाम प्रयोग गर्छ ।)
(So-called victory over trade war is merely self- deception of US)
May 16, 2019 अनुवाद ः प्रकाश
Leave a Reply