पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
भक्तपुर, ११ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले काठमाडौँ उपत्यकामा जनसङ्ख्या केन्द्रीकरण गर्ने सरकारी योजना अदूरदर्शी भएको बताउनुभएको छ ।
शनिबार नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौँ भक्तपुर नगर सम्मेलनको बन्द बैठक तथा प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीतिक अवस्थाबारे किसान कार्यकर्तालाई प्रशिक्षण दिंदै उहाँले काठमाडौँ उपत्यकाको उर्वर भूमि प्लानिङ गर्ने, अधिग्रहण गर्ने र बाँझो राख्ने सरकारको प्रस्तावले देशलाई अझ परनिर्भर बनाउने बताउनुभयो ।
उहाँले किसानहरूले जग्गा जमिनको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
अनुशासित कार्यकर्ताले नै पार्टीलाई लक्ष्यमा पु¥याउने प्रस्ट पार्दै अध्यक्ष बिजुक्छेँले कार्यकर्ताले कुनै कमी र गल्ती गर्दा समयमै आलोचना गर्ने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
आफूलाई गरेको आलोचनालाई इमानदार र असल कार्यकर्ताले सच्चिने अवसरको रूपमा ग्रहण गर्ने भन्दै उहाँले अहिले सरकार चलाइरहेको नेकपा कम्युनिष्ट पार्टी नभएको हुनाले व्यापक कामदार जनताको हितमा काम नहुने प्रस्ट पार्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले स्मार्ट सिटी बनाउने नाममा जिल्ला समन्वय समितिको अध्यक्षको नेतृत्वमा समिति गठनको प्रक्रिया असंवैधानिक भएको बताउनुभयो ।
“संविधानले तीन तहको सरकारको व्यवस्था गरेको अवस्थामा जिल्ला समन्वय समितिलाई भूमिका दिनु असंवैधानिक छ ।” उहाँले भन्नुभयो । उहाँले भक्तपुर नगरपालिकाले गरिरहेका विविध गतिविधिबारे जानकारी दिनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश नं ३ को प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभामा नेमकिपाले व्यापक कामदार जनताको पक्षमा गरिरहेको सङ्घर्षबारे जानकारी दिनुभयो ।
बन्द बैठकमा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजू र नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवाल सम्मिलित अध्यक्षमण्डलले गंगाराम ज्याख्वको अध्यक्षतामा नेक्राकिसङ्घ भक्तपुर नगर समिति गठन गरेको छ ।
Leave a Reply