सी–पुटिनबिच ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ सम्बन्धमा जोड
- जेष्ठ ६, २०८३
वासिङटन, ११ जेठ । अमेरिकी ट्रम्प प्रशासनले काङ्ग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन, संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवद्र्धन गर्ने बताएको छ ।
शुक्रबार अमेरिकी ट्रम्प प्रशासनद्वारा गरिएको उक्त निर्णयको अमेरिकी सिनेटका दुवै दलका केही सांसदले विरोध गरेको बताइएको छ ।
अमेरिकी पररष्ट्र मन्त्री माइक पोम्पेओले एक वक्तव्य प्रकाशित गरी अमेरिकाको हतियार निर्यात नियन्त्रण कानुनबमोजिम राज्य परिषदले तुरून्तै यी तीन मुलुकका लागि आठ अर्ब दश करोड अमेरिकी डलरको सैन्य बिक्री प्रवद्र्धन गर्न निर्देशन गर्नुभएको छ ।
वक्तव्यमा अमेरिकाको गठबन्धन मुलुकले समर्थन दिँदै मध्यपूर्वी क्षेत्रको स्थिरताको लागि र इरानमाथिको आक्रमणप्रति सम्बन्धित मुलुकलाई सहायता प्रदान गर्नका लागि उक्त सैन्य बिक्री परियोजना गराइएको बताइएको छ ।
रिपब्लिकन पार्टीका सांसद मार्को रूबिओले अमेरिकी सरकारको उक्त कार्य ठूलो गल्ती भएको बताउनुभएको अमेरिकी समाचार संस्थाहरूले जनाएका छन् ।
Leave a Reply