क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
–राकस्था
फासीवादी मोदीले फेरि अत्यधिक बहुमतले निर्वाचन जितेका छन् । यो कुनै आश्चर्यको विषय भने होइन । फेरि एकपटक पुँजीवादी निर्वाचनको एक नमुनाको रूपमा नेपाली जनताले भारतीय निर्वाचनलाई अवलोकन गरे, बुझे ।
सन् २०१४ मा ‘सबैको साथमा सबैको विकासको नारा’ दिएर चुनाव जित्ने मोदीले जनतालाई दिएको विकासको वचन पूरा गर्न नसकेपछि हिन्दू राष्ट्रवाद र भयको राजनीतिलाई अगाडि सारे । ‘तिमी विकासको के कुरा गर्छौ जब देशै नरहे’ भन्ने नारा दिएर देश टुक्रिने वा देशै नरहने हौवा फैलाएर मोदीले जितेको विज्ञहरूको विश्लेषण छ । निर्वाचन आयोग, सर्वोच्च अदालतदेखि सबै अदालत, प्रचार माध्यमको व्यापक दुरुपयोग गरी मोदीले निर्वाचन जितेकोमा कुनै शङ्का छैन ।
मोदीले चुनाव अगाडि बालाकोटमा आतङ्वादीमाथि आक्रमण गरेको नक्कली झूटो समाचार देखाएर राष्ट्र खतरामा रहेको र देश बचाउने शक्ति आफूसँगमात्र भएको भ्रमको खेती मात्र गरेनन् उनले पटक पटक झूटको खेती गरिरह्यो । आफूले विवाह नगरेको र कसको निम्ति धन जम्मा गर्नु भन्दै मोदी तीन पटकसम्म गुजरातको मुख्यमन्त्री भए, तर उनले लोकसभाको निम्ति सन् २०१४ मा भएको निर्वाचनमा विवाहित भएको स्वीकारे । मोदी स्वयम्सँग भएको एक प्रत्यक्ष प्रसारित टीभी भिडियो कन्फ्रेसिङमा प्रायोजित रूपमा किसानको आय दुई गुणा भएको नक्कली प्रचार गरियो । वास्तविकताको खुलासा गर्ने पत्रकार पुण्यप्रसुन वाजपेयीलाई कार्वाही गरी हटाउन दबाब दिएको घटना साक्षी छ ।
मोदीले निर्वाचना आचार संहितालाई लत्याउँदै टीभी विज्ञापनमा मात्र खर्वौं भारतीय रुपियाँ खर्च गरेको सार्वजनिक भएको छ । यस पटकको निर्वाचनमामात्र ३५ अरब कालो धन खर्च भएको तथ्याङ्क बाहिर आएको छ । फेरि पनि अपराधीहरूको भीड लोकसभामा तैनाथ हुने निश्चित भएको छ । भाजपाका अध्यक्ष स्वयम् अमित शाह भ्रष्टाचारको मुद्दामा तीन वर्ष जेल भोगेका व्यक्ति हुन् । यसले भारतीय लोकतन्त्रको चित्र प्रस्तुत गरेको छ ।
भारतीय निर्वाचनमा भाजपाले विजय त पायो, तर नेपाली जनताले चनाखो हुनुपर्ने छ । फेरि नेपालीमाथि अत्याचार नथोपरिएला भन्न सकिन्न । नेपालको सार्वभौकिता र भूअखण्डता जोगाउन लड्नको निम्ति तयार हुनुपर्नेछ । भारतको आर्थिक, सांस्कृतिक, राजनीतिक हस्तक्षेपविरुद्ध नेपाली जनताले अरु कडा सङ्घर्ष गर्ने दिन आएको छ ।
Leave a Reply