क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्न आरोहीहरू लाम लागेको तस्वीर संसारकै लागि नौलो र रोचक हो । साहासिक र जोखिमपूर्ण मानिएको सगरमाथा आरोहणका लागि संसारबाट आएका मानिस सगरमाथाको सर्वोच्च उचाइमा पाइला टेक्न घण्टौं लाइन बस्नुपरेको समाचारले संसारलाई चकित बनाएको छ । यो वर्षमा नेपालतिरबाट मात्र पाँच सत्न्दा बढी मानिसले सगरमाथा आरोहण गर्दैछन् । तिब्बततिरबाट तीन सत्न्दा बढी मानिसले सगरमाथा आरोहण गर्ने बताइएको छ । यो वर्ष नेपालतिरबाट सगरमाथा आरोहण गर्ने इतिहासकै सबभन्दा बढी आरोही रहेको पर्यटन विभागले बताएको छ ।
सगरमाथा र आधारक्षेत्रमा फोहोर निकै बढेको र सगरमाथा आरोहण मार्गमा धेरै सङ्ख्यामा लास त्यत्तिकै रहेकोबारे यसअघि पटक पटक समाचार आइसकेको छ । सर्वोच्च शिखरको दुरवस्थाप्रति संसारका विभिन्न निकायले पनि चिन्ता व्यक्त गरेको छ ।
सगरमाथा संसारको साझा निधि हो । तर, भौगोलिक रूपमा सगरमाथा नेपालमा परेकोले सगरमाथाको सरसफाइ र व्यवस्थापनको जिम्मेवारी नेपाल सरकारको हो । सगरमाथा आरोहीबाट नेपालले राजस्व सङ्कलन गर्दै आएको छ । तर, संसारमै नेपालको परिचय बनेको सगरमाथाप्रतिको दायित्वबाट नेपाल सरकार विमुख छ । सगरमाथा आरोहणमा आएको पर्यटकले आफूले गरेको फोहोर आफैंले बोकेर स्वदेश फर्केको समाचार नेपालको फितलो व्यवस्थापनप्रतिको व्यङ्ग्य हो । सगरमाथालाई दुहुनो गाईजस्तो मानेर दूधमात्र थाप्ने तर गाईलाई खुवाउने दायित्वबाट विमुख बन्न मिल्दैन । नेपाल सरकारले सगरमाथाको सरसफाइमा तदारूकता बढाउनुका साथै पर्यटक र आरोहीलाई सहज बनाउन आवश्यक व्यवस्था गर्नुपर्छ ।
धेरै सङ्ख्यामा आरोही हुँदा सगरमाथामा फोहोर बढ्ने, मर्नेको सङ्ख्या बढ्ने, व्यवस्थापन गर्न गा¥हो हुने र चुचुरोमा पाइला राख्न समय कुर्नुपर्दा आरोहीको ज्यान जोखिममा पर्ने गरेको छ । त्यसकारण नेपाल सरकारले हरेक वर्ष निश्चित सङ्ख्यामा आरोहीलाई सगरमाथा आरोहण गर्ने प्रावधान बनाउन जरूरी छ । सगरमाथामा असीमित सङ्ख्यामा आरोहीलाई सगरमाथा आरोहण गर्न दिने हालको व्यवस्थामा रोक लगाउन उचित हुन्छ ।
आधारक्षेत्रमा फोहोर बढेसँगै हिमालको आकर्षण मन्द हुनु स्वाभाविक हो । हिमालको कञ्चनतालाई प्लास्टिक र फोहोरले छोप्ने अवस्थाको अन्त्य गर्नुपर्छ । हिमाली क्षेत्रमा प्लास्टिकको प्रयोगमा निषेध गर्नुपर्छ । साथै हिमाली क्षेत्रमा भित्रिने सिसीलाई स्थानीय उत्पादन भरेर फेरि पनि उँधो पठाउने व्यवस्था सरकारले गर्न सके यसले हिमाली क्षेत्रका जनताको आर्थिक स्तर उकासिनेछ । मुस्ताङका जनताले तलबाट आउने बियर र अन्य पेय पदार्थका सिसीमा स्थानीय मार्फा भरेर बिक्री गर्दा प्रदुषणको उचित व्यवस्थापन हुन सम्भव भएको छ ।
हिमाली नदीमा ढल मिसाउने काम अहिले कम जनसङ्ख्या मात्र हिमाली क्षेत्रमा बस्दैदेखि नै नियन्त्रण गर्नुपर्छ । हिमाली आधारक्षेत्रमा रहेका बस्तीको ढलनिकास नदीमा फाल्ने बाहेकको विकल्प रोज्न जरूरी छ ।
सगरमाथा र हिमाली क्षेत्रको फेरिँदो जीवनको एउटा कारण जलवायु परिवर्तन र विश्व तापमान वृद्धि पनि हो । त्यसबारे संसारको ध्यानाकर्षण गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चहरूको उपयोग गर्न आवश्यक छ ।
Leave a Reply