अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर , १२ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्षको अवसरमा सिद्धि गणेश तालिम हलमा एड्भान्स फोटोग्राफी तालिम र चित्रकला प्रशिक्षणको संयुक्त उद्घाटन संस्थाका अध्यक्ष राजन लाखाजूले आइतबार गर्नुभयो ।
सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिद्वारा आयोजित १० दिने एड्भान्स फोटोग्राफी तालिम र संस्थाका बालबचतकर्तालाई लक्षित गरी महिला तथा बालबालिका उपसमितिद्वारा आयोजित २ महिने चित्रकला प्रशिक्षण उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजूले कार्यक्षेत्रभित्रका जनतामा सिद्धि गणेशको सन्देश पु¥याउने उद्देश्यका साथ गतिविधिहरूको आयोजना गरिरहेको बताउनुभयो ।
उहाँले सिद्धि गणेश मोबाइल बैङ्किङ र जिल्लामै पहिलो पल्ट क्ऋत् डेविट कार्ड (एटिम कार्ड) सेवा सञ्चालनमा ल्याएको जानकारी दिंदै नयाँ सहकारी ऐन, नियमावली एवं सम्पत्ति शुद्धीकरण ऐनले प्रत्यक्षरूपमा सहकारी सदस्यहरूलाई पनि असर पु¥याउने भएकोले चेतना फैलाउनुपर्ने बताउनुभयो ।
१० दिने एड्भान्स फोटोग्राफी तालिमका प्रशिक्षक शरद राईले नेपालमा फोटोग्राफीसम्बन्धी पाठ्यसामग्रीको अभाव रहेकोमा दुःख व्यक्त गर्दै उहाँले भक्तपुरलाई फोटोग्राफीको केन्द्र बनाउने उद्देश्यका साथ कार्य गरिरहेको विचार व्यक्त गर्नुभयो ।
संस्थाका व्यवस्थापक राजेन्द्र दुमरुले संस्था सञ्चालन कार्य समिति र व्यवस्थापनको निःस्वार्थ भावना एवं मिहिनेतले संस्था आजको अवस्थासम्म आइपुगेको अनुभव सुनाउनुभयो ।
व्यवसाय प्रवद्र्धन उपसमितिका संयोजक एवं सञ्चालक राजाराम दुवालको सभापतित्वमा भएको कार्यक्रममा महिला तथा बालबालिका उपसमितिका संयोजक रामलक्ष्मी शिल्पकार (लवजू), व्यवसाय प्रवद्र्धन उपसमितिका सचिव राजेश लाखालगायतले बोल्नुभएको थियो ।
Leave a Reply