विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
नारायणमान बिजुक्छँे
समाजमा देखापरेका अनेक असङ्गतिहरूलाई पन्छाउन र न्यायलाई प्रतिस्थापित गर्न बेलामौका अनेक सुधारवादी र धार्मिक उपदेशहरू देखा नपरेका होइनन् । तर, सामाजिक परिस्थितिलाई सद्भावनाले मात्र बदल्न सक्दैनथ्यो, त्यसकारण अनेक सुधार र धर्मले शासक वर्गकै सेवा गरे । उत्पादनका साधन, शक्ति र सम्बन्धलाई फेर्नसक्ने ऐतिहासिक परिवर्तनहरू नभएसम्म न समाजमा परिवर्तन आयो न त सांस्कृतिक जीवन र आचरणमा हेरफेर भयो । जितिएको राज्यको महारानीसँग विवाह गर्नु, धेरै स्वास्नी राख्ने प्रथा, गाउँका नयाँ दुलहीसँग प्रथम रात सुत्ने अधिकार सुरक्षित राख्नु र पुरुषहरूको यौन स्वछन्दता सामन्ती यौन आचरण थियो भने शारीरिक श्रम गर्ने र श्रम गर्ने ज्यापू, ज्यामी, सिकर्मी, डकर्मी, नाउ, कामी, दमाई, ज्यामी आदिलाई घृणा गर्नु सामन्ती समाजमा दास युगकै आचरण हो । अरुको राम्रो जग्गा–जमिन, सुरा–सुन्दरीमाथि आँखा गाड्नुु, लुटपाटद्वारा धन कमाउनु, आफ्नो स्वार्थलाई प्रमुखता दिनु, आइमाईको स्वतन्त्रतालाई बाधा हाल्नु र तिनीहरूलाई मनोरञ्जनको साधनकै रूपमा हेर्नु आदि सामन्ती आचरण हुन् ।
आक्रमण, विग्रह र पलायनले विभिन्न समाज, सभ्यता र सांस्कृतिक सम्मिश्रणले बौद्धिक क्षेत्रमा ठूलो गुणात्मक परिवर्तन ल्यायो । पुरानो विचारकालाई खण्डन गर्ने युरोपको पुनर्जागरण त्यसको एक ज्वलन्त उदाहरण हो । नक्षत्र, भूगोल, छापाखाना र कागज, बारुद र बन्दुक, कपास र समुद्री यात्राहरूबाट नयाँ नयाँ संसारका खोजहरू, गणित र विज्ञानका विविध पक्षको उद्घाटन, विश्व बजार र उद्योगधन्धाको विकासले संसारलाई पुँजीवादी युगमा पु¥यायो । व्यापार, यन्त्र र उद्योगधन्दाको तीव्रतर विकासले सस्तोमा लिने र महँगोमा बेच्ने, ज्यामीलाई कम ज्याला दिई आफूले बढी नाफा खाने पुँजीवादी सम्बन्धले ‘लक्ष्मी’ र ‘कुवेर’ लाई पूजा गर्ने र ‘शुभ–लाभ’ लाई नै आफ्नो मन्त्र र अस्त्र बनाउने एक नयाँ वर्ग अर्थात् व्यापारी र औद्योगिक साहू वर्गको उदय भयो ।
तर, सामन्त वर्गले उठ्दो पुँजीवादी वर्गको खुट्टा तानिएको थियो । उत्पादनको साधन, शक्ति र सम्बन्धमा बढ्दै गएको परिवर्तनबाट उठ्दो वर्गलाई सामन्ती वर्गले दबाउन सक्ने कुरै थिएन । सामन्त वर्ग आफ्नो राज्य शक्तिद्वारा पुँजीपति वर्गले आर्थिक गतिविधिमाथि दबाब दिएर आफ्नो हैकम कायम राख्ने खोज्दै थियो भने पुुँजीपति वर्ग आफ्नो आर्थिक शक्तिले सामन्त वर्गको राज्यशक्तिले दख्खल गर्न चाहन्थ्यो । हेला र होचो गरिएका पुँजीपति वर्गले मजदुर र किसानहरूसँग मिलेर ‘समानता, स्वतन्त्रता र भ्रातृत्व’ को नयाँ सिद्धान्त, नारा र उपदेश अघि सार्न थाल्यो । वर्षौँसम्मको सामन्तवादसँगको वैचारिक र व्यवहारिक सङ्घर्षको फल बेलायतको सन् १६४० को पुँजीवादी क्रान्तिमा परिणत भयो । राजा चाल्र्स पहिलोलाई ज्यान सजाय दिएर बेलायतमा राजतन्त्रको अन्तको बिगुल बजायो । सन् १७८३ मा अमेरिकी स्वतन्त्रता आन्दोलन विजयी भयो, यो पनि सामन्त वर्गमाथि उठ्दो पुँजीपति वर्गकै जीत थियो । सन् १७८९ मा फ्रान्समा राज्य क्रान्ति भयो र राजा लुई सोहौँ पनि मारिए । यस्तै पछिपछि जर्मनी, रुस र अन्य देशका सामन्तवादका पृष्ठपोषक राजतन्त्रमाथि एकपछि अर्को प्रहार हुँदै गयो र अन्तमा इतिहासको विषय बन्यो ।
सत्ता प्राप्त गरेपछि पुँजीपति वर्गले व्यापार र उद्योगधन्धालाई बढावा दिन कृषिमा सुधार ल्यायो, कम व्याजमा ऋण उपलब्ध गराउन बैङ्कहरूको बन्दोबस्त ग¥यो । कारखानाको श्रम विभाजन, यन्त्रको आविष्कार र भाषाको आविष्कारले यातायातमा ठूलो विकास ल्यायो । उत्पादन र विदेश व्यापारमा भएको ठूलो वृद्धिले पुँजीवादलाई विश्वव्यापी बनाउँदै लग्यो । नाफाको निम्ति केटाकेटी र स्वास्नी मानिससमेत जोत्ने ज्यावल बनाइए, समाजको धन झन्झन् मुठीभर व्यक्तिहरूमा सञ्चय हुँदै जाँदा आर्थिक असमानता र गरिबी बढ्दै गयो । भोकमरी, आर्थिक दुर्दशा र सङ्कट त्यसको परिणामको रूपमा देखापर्न थाल्यो ।
त्यस स्थितिबाट समाजलाई जोगाउन सन् १६४८–४९ मा बेलायतका समानतावादीहरूले हरेक मानिसलाई बाँच्नको निम्ति भाग पाउनुपर्दछ, पृथ्वी सारा जनताको साझा ढुकुटी हो, मुठीभर मानिसहरूबाट त्यसको किनबेच भएको छ, सबैले जग्गा खन्न, अन्न छर्न र आफ्नो पसिना बगाई फल खान पाउनुपर्छ भन्ने घोषणा गरे । बेलायतका समानतावादीहरूका एक नेता जोन लिलवर्नले पुँजीपति वर्गलाई ‘नयाँ खान्दानीहरू’ र पुँजीवादी व्यवस्थालाई ‘बेलायतको नयाँ पासो’ भन्ने नाम दिए । त्यस्तै अमेरिकाको विद्रोही सेना र किसान नेता डेनियल रोजले स्वतन्त्रता आन्दोलनमा किसान हरूले धेरै ठूलो बलिदान गरेको हुँदा क्रान्तिको फल सबैले भोग्न पाउनुपर्छ, जग्गा वितरण गर्न र कर माफी दिनुपर्छ भनेर सन् १७८६ मा विद्रोहको झण्डा उठाएका थिए । फ्रान्सका नेता बाबेफ (सन् १७६४–९७) को नेतृत्वमा समानतावादीहरूले भने, “पृथ्वी सबैको हो र भूमि कसैको होइन ।” कम्युनिष्ट व्यवस्थामात्रै सबैभन्दा राम्रो हो । फ्रान्स एक कम्युन हुनुपर्छ, उत्पादनका सबै साधन सबैको हुनुपर्छ । आफ्नो सम्पत्ति कम्युनलाई दिन नचाहने सबै मालिकहरूलाई राजनैतिक अधिकारबाट बञ्चित गराइनुपर्छ । कम्युन समानताको सिद्धान्तमा आधारित हुनेछ । नागरिक अधिकारमात्रै होइन घरको छानाको तलको समानता अर्थात् आर्थिक समानता हुनुपर्छ । एक कालिगढ अथवा एक किसानको रूपमा समाजमा हरेक सदस्यले आफ्नो कामको फल एक साझा ढुकुटीबाट पाउनेछन् । उत्पादनका हरेक वस्तु समानताको आधारमा सबै नागरिकहरूलाई राम्रोसँग जाँचेर वितरण गरिने छ ।
तर, आफू सत्तामा पुगेपछि पुँजीपति वर्गले सामन्तवादविरोधी सङ्घर्षमा सहभागी कामदार वर्गलाई निःशस्त्र पार्नु नै आफ्नो धर्म सम्झ्यो । सन् १६४९ मा पुँजीपति वर्गले बेलायतका समानतावादी र खेत जोताहाहरूको विद्रोहलाई दबायो, सन् १७८६ मा अमेरिकाको डेनियल रोजका किसान विद्रोहलाई दबायो, सन् १७९४ मा फ्रान्सेली समानतावादीहरूको विद्रोहलाई दबायो र त्यसका नेता बाबेफलाई नै हत्या ग¥यो ।
पुँजीवादले पेशा, परिवार र पुराना सबै पवित्र भावनाहरूलाई पैसाको खनखनमा किनबेच गर्ने वस्तु बनाइदियो । नाफाको निम्ति पुँजीपति वर्ग सबै महादेशको जङ्गल, पहाड र मरुभूमि चाहर्न थाल्यो । नाफाकै निम्ति लुटपाट, धोखेबाजी, बेइमानी, तस्करी, बेश्यावृत्ति, मूर्ति चोरी (आजको सन्दर्भमा) जस्ता अपराधहरूसमेत गर्न पछि परेन र सय दोब्बर नाफा हुने भए फाँसीमा झुण्डिन पनि तिनीहरू तयार भए । नाफा हुने भए सबै प्रकारका अनैतिक कार्यहरू पनि तिनीहरू गर्न तयार हुँदै गए । मजदुरहरूका स्वास्नी र छोरी–बुहारीहरूमाथि आँखा गाड्ने वा रण्डीबाजी गरेरमात्रै नअघाई एकले अर्काको स्वास्नी उडाउनमा ठूलो आनन्द मनाउनु नै पुँजीपति वर्गको यौन आचरण र नैतिकता बन्यो । नाफाका निम्ति सबै प्रकारका नैतिकतालाई उल्लङ्घन गर्नु नै पुँजीवादी आचारसंहिता हो ।
पँुजीवादी समाजले ल्याएको आर्थिक असमानता, दरिद्रता र पतनशीलताबाट समाजलाई जोगाउन असन्तोष र विद्रोहहरूलाई साम्य पार्न अनेक प्रकारका समाजवादी विचारकहरू देखापरे । फ्रान्सका जोन मेल्ये (सन् १६६४–१७२९), ग्राविल मास्ली (सन् १७०९–१७८५), बाबेफ (सन् १७६०–१७९७), सेन्ट साइमन (सन् १७६०–१८२५), चाल्र्स फ्युरिए (१७७२–१८३७), बेलायतको रोबर्ट ओवेन (१७७१–१८५८) मध्ये केहीले जबरजस्ती सत्ता कब्जा गरी समाजवादी समाज स्थापना गर्ने गरेका थिए भने केहीले राजा–महाराजा, राष्ट्रपति, ठूलाबडा पुँजीपतिहरूको हृदय परिवर्तन गरी समाजलाई पुनः निर्माण गर्न सकिन्छ भन्ने विश्वास राख्थे । तर, तिनीहरूको अनेक सिद्धान्त, कल्पना र प्रयोगहरू असफल भए । यसकारण सन् १८४७ सम्म समाजवादका ती आन्दोलनहरूलाई पँुजीवादी आन्दोलन नै सम्झिन्थ्यो र त्यसबेला विभिन्न देशका मजदुरहरू फरक–फरक उपायबाट आफूलाई पँुजीवादी दाम्लोबाट मुक्त गर्न सङ्घर्ष गरिरहेका थिए । त्यसबेलाका समाजवादी विचारकहरू र मजदुर आन्दोलनहरूको सार झिक्दै माक्र्स र एँगेल्सले भन्नुभयो, “मजदुर वर्गको उद्धार मजदुर वर्गले मात्रै गर्नसक्छ । त्यस दृष्टिकोण राख्ने आन्दोलनहरूलाई कम्युनिष्ट आन्दोलनको रूपमा लिइन्थ्यो ।
पुँजीवादी उत्पादन प्रणालीबाट एकातिर पुँजीपति वर्ग र व्यक्तिवादी प्रवृत्तिलाई उठायो भने अर्कोतिर मजदुर वर्ग र तिनीहरूमा सहानुभूति राख्ने बुद्धिजीवी (समाजवादी र साम्यवादी) हरूमा पुँजीपति वर्गप्रति सा¥है घृणा जगाइदियो, सामूहिक भावना, एकता, सङ्घर्ष, अनुशासन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भावनाको आवश्यकतालाई बोध गरायो । पुँजीवादी व्यवस्थामा भन्दा शोषण र शासनका यन्त्रहरू झन् गहिरो र विस्तृत भएको हुँदा त्यसलाई हुत्याउन र ध्वस्त गर्न पहिलेको भन्दा सा¥है ठूलो मनोबल, सुदृढ सङ्गठन र उँचो सांस्कृतिक जीवनको आवश्यकता छ भन्ने कुरा अनेक आन्दोलन र विद्रोहहरूको अनुभवले बतायो । यसकारण एकचोटि माक्र्सका साथी मेहरिङ्गले भन्नुभएको थियो, “साम्यवाद दाल, भात, डुकुमात्रै होइन, त्यो त सा¥है उँचो सांस्कृतिक क्रान्ति पनि हो । शोषणले गाडेको समाजलाई पूर्णरूपले बदल्ने युगान्तकारी काममा बाधा हुनसक्ने कुनै पनि व्यवहार र आचरणबाट समाजवादी वा साम्यवादी जोगिनुपर्दछ ।
व्यक्तिवाद, अहङ्कार, छाडापन, ऐय्यासी जीवन, एकलकाँटेपन, निराशा, बेइमानी, आडम्बर आदि कामदार वर्गलाई एकगठ पार्न र सङ्घर्षलाई अघि बढाउन बाधा बन्ने निश्चित छ । त्यसकारण हरेक समाजवादीले आफूलाई त्यस्ता वैगुणबाट अलग्ग राख्न खोज्नु स्वाभाविक हो । माथि उल्लेख भइसकेका समाजवादी विचारकहरूले कल्पना गरिएका समाजको सैद्धान्तिक आधारहरू तयार पार्न र व्यवहारमा उतार्न आफ्नो ऐश–आराम, जहान–बच्चा, धन–सम्पत्ति, आफ्नो जवानी र सम्पूर्ण जीवनलाई समेत होमिदिए । अद्वितीय लगन, अध्ययन र खोजबिनमार्फत सच्चाइ पत्ता लगाउने र समाजलाई फेर्ने तिनीहरूको त्यो जाँगर र भावना हरेक समाजवादी र कम्युनिष्टको आचरणको निम्ति दृष्टान्त बनेका छन् ।
पितृसत्ता, दास–युग र सामन्तवादी युगमा पुँजीवादी व्यवस्थाले आइमाईलाई ठूलो मात्रामा ज्यावल र शोषणको माध्यम बनाएको छ । आज महिलाहरु श्रमको महत्र्वपूर्ण भाग भइसकेको छ । यसकारण युगौंदेखि हरेक दुष्टिले थिचिएका र पिल्सिएका महिलाहरुलाई तिनीहरूको श्रम–शोषणबाट मुक्त गर्ने, लोग्नेमानिसको समान तहमा पु¥याउने र एक लोग्ने र एक स्वास्नीको पारिवारिक भावनालाई जगाउनु पनि समाजवादीहरूको कर्तव्य र आचरण बनिसकेको छ ।
उँचो भावनाले मानवताको सेवा गर्नु, मानिसको इच्छा र आकाङ्क्षालाई सबभन्दा उँचो उठाउने काममा योगदान गर्नुमा गौरव सम्झनु, सरलता, उद्देश्यप्रति लगनशीलता र सङ्घर्षशीलता, माक्र्सलाई सबभन्दा मनपर्ने गुणहरू थिए भने आत्म–समर्पण, अन्ध–विश्वास र दास प्रवृत्ति उहाँका दृष्टिमा सा¥है घृणित वैगुणहरू थिए ।
एँगेल्सको विचारमा सामन्ती नैतिकताले भूतको प्रतिनिधित्व गर्छ, पुँजीवादी नैतिकताले पराजयको प्रतिनिधित्व गर्छ । तसर्थ भविष्यप्रति सचेत रहनु हरेक समाजवादी वा कम्युनिष्टको आचरणसँग गाँसिएको कुरा हो ।
यौन छाडापन पुँजीवादी र पतनशीलताको चिनो भएको हुँदा लेनिन त्यसलाई राजनैतिक सङ्घर्ष र क्रान्तिको निम्ति बाधक सम्झनुहुन्थ्यो ।
स्तालिनले कम्युनिष्टलाई ‘यमराजको ढोका घच्घच्याउने’ उपमा दिनुभएको थियो । उहाँको अर्थ–एक कम्युनिष्टले बहुमत जनताको हितको निम्ति आफूलाई समर्पित गर्ने आचरण विकास गर्नुपर्दछ भन्ने हो ।
माओ त्सेतुङ्गले भन्नुभएजस्तै कम्युनिष्टको हृदय विशाल हुनुपर्छ, ऊ इमानदार र सक्रिय हुनुपर्छ, क्रान्तिका हितहरूलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनुपर्छ र आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधीनमा राख्नुपर्दछ । उहाँको भनाइमा कुनै व्यक्तिको भन्दा बढ्ता उसले पार्टी र जनताको चिन्ता लिनुपर्छ र आफ्नोभन्दा बढ्ता अरुको वास्ता गर्नुपर्छ । कम्युनिष्टहरू सबैभन्दा बढ्ता दूरदर्शी, सबैभन्दा बढ्ता त्यागी, सबैभन्दा दृढ गर्नुपर्छ र स्थितिहरू बुझ्नमा विनम्र हुनसक्नुपर्छ र जनसमूहहरूको बहुसङ्ख्यामा भरगर्नुपर्छ र उनीहरूको समर्थन पाउनुपर्छ ।
हो चि–मिह्नको भनाइमा पुरानो समाजको सबभन्दा खराब डरलाग्दो अवशेष व्यक्तिवाद हो । व्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरीत कुरा हो । बलियो मानिसले ग¥हौं भारी बोकी लामो यात्रा गर्नसकेजस्तै क्रान्तिकारी नैतिकता भएको क्रान्तिकारीले मात्रै गौरवशाली काम पूरा गर्नसक्नेछ । अरुले भन्दा पहिले कामको चिन्ता गर्नु, अरुले भन्दा पछि आनन्दको विचार गर्र्नु, पुरस्कारको लोभ नगरी अभिभारा पूरा गर्नु, पार्टी र क्रान्तिको निम्ति सङ्घर्षमा आफ्नो जीवन अर्पण गर्नु, आफ्नो हितभन्दा पार्टी र जनताको हितलाई पहिलो स्थान दिनु एक कम्युनिष्टको आचरण हो । आफ्नो सेवाको घमण्ड र दाबी नगरी कृपा, सम्मान, पद र विशेषाधिकार नखोजी आफ्नो क्रान्तिकारी नैतिकता विकास गर्नु सुुख र गौरवको ठूलो स्रोत हो ।
आचरणलाई भारतीय सांस्कृतिक स्रोत र चिन्तन परम्परालाई नै आधार बनाइरहेको खण्डमा पनि भौतिक तत्र्व वा भौतिक आवश्यकता प्रस्ट देखिन्छ । नैतिकता वर्ग, देश, काल र परिस्थिति सापेक्ष भएको कुरा एउटै सैद्धान्तिक आधारमा स्थापना भएको दुई समाजवादी मुलुक सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनको आचरण वा आदर्शका मापदण्डका भिन्नताबाट देखिन्छ । पुँजीवादको विकासमा तुलनात्मकरूपले अगाडि बढेको युरोपको एक सामन्ती सैनिक शक्ति वा प्रतिक्रियावादीको गढ र आधा शताब्दीको ठूलो समाजवादी र मजदुर आन्दोलनको भूमि भएको रुस र पतोन्मुख सामन्ती व्यवस्था पुँजीवादमा सङ्क्रमण भइरहेको तर विदेशी थिचोमिचोले राष्ट्रिय पुँजीलाई उठ्नै नदिएको र समाजवादी र मजदुर आन्दोलनको भन्दा किसान युद्धहरूको परम्परा भएको चीनको भौतिक परिस्थिति, आवश्यकता र मनस्थिति पनि समान हुने कुरै थिएन । सहर, पहाड, नदी, नाला, बजार, कलकारखाना र स्थान विशेषलाई समेत नेता र ठूला व्यक्तिहरूको नाममा नामकरण गर्ने, मान–पदवी र तक्माले विभूषित गर्ने अनि नारी स्वतन्त्रता र नाचगानलाई समेत केही अंशमा पश्चिमेली हेराइ रुसको छ भने चीनमा नेताहरूको नामबाट सहर वा अन्य ठाउँहरूको नाम नदिने, मान–पदवी र तक्माले विभूषित नगर्ने र नारी स्वतन्त्रता र सांस्कृतिक गतिविधिमा एसियाली परम्पराभन्दा टाढा जान दिइएको थिएन । विज्ञान र प्रविधिको विकासमा जोड दिई शारीरिक श्रमलाई घटाई बौद्धिक श्रमको माझको भेद हटाउने उपाय विज्ञान र प्रविधिका आधार बनिसकेको सोभियत सङ्घमा सम्भव थियो भने यातायात, शिक्षा, उद्योग, विज्ञान र प्राविधिक क्षेत्रमा सा¥है पछि परेको चीनमा रुसकै उपाय तत्काल सम्भव नभएको हुँदा मजदुर किसानहरूको सांस्कृतिक स्तरबाट उठाई बौद्धिक श्रम गर्न दिने र बुद्धिजीवी वर्गलाई समेत शारीरिक श्रममा प्रेम गर्न दिने नियम बनाइयो । त्यतिमात्रै होइन शारीरिक श्रमप्रतिको दृष्टिकोणलाई आचरणसँग गाँसियो । त्यस्तै हजारौं परिवार अटाउने आधुनिक सहुलियत विशाल भवनहरू निर्माण गरेर गाउँ र सहरको भेद हटाउने उपाय रुसले लिएको देखियो भने सन् १९५८ मा जन कम्युनको स्थापना गरेर चीनले उद्योग र कृषि, यातायात र सञ्चार, शिक्षा र संस्कृति, उद्योग र व्यापारको विकासबाट गाउँले इलाकामा पनि सहरमा पाइने सबै सहुलियतहरू उपलब्ध गराई गाउँ र सहरको भेदमात्रै होइन, किसान र मजदुरसमेतको भेद हटाउने ऐतिहासिक कामलाई ‘लामो फड्को’ मार्फत छिट्टै पूरा गर्ने योजना बनाइएको थियो । शारीरिक श्रमलाई आचरणसँग गाँस्ने काम चीनजस्तै प्राविधिक क्रान्ति र विकासमा पछि परेको उत्तर कोरिया र उत्तर भियतनाममा समेत लागू गरिएको थियो । नारी स्वतन्त्रता र यौन नैतिकताको मापदण्ड सोभियत सङ्घमा युुरोपेली ढङ्गको छ भने उत्तर कोरिया र भियतनामको चाहिं एसियाली ढङ्गकै छ । हो, रुसमा पनि युरोपेली इलाका र एसियाली इलाकामा भिन्नता छ । उत्पादनको साधन, शक्ति र सम्बन्ध अनि समाजको ऐन–कानुनजस्ता माथिल्लो बनौट फेरिसकिएर पनि रुसको एसियाली सांस्कृतिक परम्पराका अवशेषहरू मेटिएका छैनन् । यसप्रकार हरेक समाजवादी वा कम्युनिष्टले आचरण वा नैतिकताको राष्ट्रिय विशेषतालाई नाघ्ने वा कम मूल्याङ्कन गर्नु वामपन्थी अवसरवादकै विराममा फस्नु हुनेछ । हावा, पानि, परम्परा र सांस्कृतिक स्तर उठिसकेको रुसको एक समाजवादी वा कम्युनिष्टले रक्सी खानु र केटीहरूसँग पश्चिमेली नाच नाच्नु आचारसंहिताभित्रकै कुरा हुनेछ भने नेपाल र भारतका समाजवादी र कम्युनिष्टहरूको निम्ति त्यो भ्रष्टताको प्रमाण हुनसक्छ । तर, जुवा खेल्नु र सामूहिक भावनालाई तिरष्कार गर्नु सबै देशका समाजवादी र कम्युनिष्टको निम्ति खराब आचरणमै दर्ता गरिने छ ।
रुसका बोल्शेविकहरूले आफ्नै देशको सरकारलाई उल्टाएर पुँजीपति वर्गसँग जीवन–मरणको सङ्घर्ष गरे भने चिनियाँ, कोरियाली र भियतनामी कम्युनिष्टहरूले विदेशी थिचोमिचो र आक्रमणको विरोधमा राष्ट्रिय पुँजीपति वर्गसँग मेलमिलाप गरे । मुक्तिभन्दा पहिले हरेक कम्युनिष्टले सङ्गठन र सङ्घर्ष आफ्नो जीवनलाई अर्पण गर्नु आफ्नो पहिलो कर्तव्य सम्झिने गथ्र्यो भने मुक्तिपछि श्रम र आर्थिक विकासलाई उत्साहित गर्ने ढङ्गको आचरणको माग गरियो । आज रुस र चीनमात्रै होइन सबै समाजवादी देशका कम्युनिष्टहरूले विज्ञान र प्रविधिको साथै आर्थिक विकासमा योगदान दिनमा नै जोड लागेको देखियो । देशभक्ति र अन्तर्राष्ट्रवादलाई टेवा दिने माध्यमको रूपमै त्यसलाई लिएको देखिएको छ । मानव सभ्यताले आर्जन गरेका नम्रता, सज्जनता, परोपकार, आपसी सहयोगजस्ता सर्वमान्य मानवीय गुणहरूले युक्त भई शोषणको विरोधमा स्वतन्त्रता, समानता र मुक्तिको निम्ति, आफू र आफ्नो स्वार्थलाई सामूहिक भलाइसँग गाँसी, सहनशीलता, अरुको सम्मान र इज्जत गर्ने भावना, इमानदारी, सद्भावना, सरलता र सामूहिकताका भावनालाई नबिर्सी साहस र उत्साहले श्रम र सबै प्रकारको रचनात्मक कार्यमा अगाडि बढ्नु एक समाजवादी देशका पार्टी सदस्यको नैतिक जिम्मेवारी हो । श्रम नियमको विरोधमा जानु नाफा खाने प्रवृत्ति, आर्थिक र यौन भ्रष्टाचार, जँडयाहापन, हुल्याहापन, व्यक्तिगत सम्पत्ति आर्जन गर्ने प्रवृत्तिजस्ता पुँजीवादी आचरणको विरोधमा सङ्घर्ष गर्नु र अन्ध र सङ्कीर्ण राष्ट्रवादको विरोधमा सर्वहारा अन्तर्राष्ट्रवाद र साम्राज्यवादविरोधी विश्वव्यापी एकतालाई टेवा दिने ढङ्गको आचरण गर्नु नै तिनीहरूको आचारसंहिता हो ।
पुँजीवादी आचरण प्रणाली र त्यसको परिणामबाट भएको आर्थिक विषमता, सामाजिक, दुरवस्था, मजदुर आन्दोलन, समाजवादी प्रचार आन्दोलन र रुसको समाजवादी क्रान्तिले समाजवादको अनिवार्यता झन्झन् प्रस्ट हुँदै गयो । वैचारिक दृष्टिले समाजवादका विविध परिभाषाका कार्यान्वयनमा फरक फरक परिकल्पनाहरू र समाजवादी आन्दोलनको असमान विकासले समाजवाद र साम्यवादप्रति प्रतिबद्धता ‘देखाउने दाँत’ समेत भएको छ । मजदुर वर्ग र समाजको संवेदनशील वर्गमा समेत समाजवादप्रतिको आकर्षणले गर्दा बेलायतको एक पुँजीवादी पार्टीको नाम नै ‘श्रमिक दल’ (बिदयगच एबचतथ) भएको छ भने हिटलर र मुसोलिनीजस्ता व्यक्तिवादीहरू समेत मजदुर वर्गलाई झुक्याउन समाजवादमा ‘राष्ट्रिय’ शब्द थप्न बाध्य भए । भारतको जनसङ्घजस्तो दक्षिणपन्थी राजनैतिक दल र भारतीय काङ्गे्रसजस्तो पुँजीवादी पार्टीले ‘मजदुर सङ्गठनहरू’ बनाए र इन्दिरा गान्धीले त आफ्नो पार्टीको उद्देश्य नै ‘समाजवाद’ घोषणा गरेकी थिइन् । नेपाली काङ्ग्रेसले ‘समाजवाद’ लाई आफ्नो टाढाको उद्देश्य बनायो र आफूलाई अन्तर्राष्ट्रिय प्रजातान्त्रिक समाजवादको एक शाखा घोषणा ग¥यो । त्यस्तै गोरखा परिषद्ले प्रथम महानिर्वाचनको आफ्नो घोषणापत्रमा आफ्नो उद्देश्य ‘शोषणविहीन समाज’ बतायो भने पञ्चायती व्यवस्थाको लक्ष्य पनि ‘शोषणरहित समाज’ स्थापना गर्ने बताइएको थियो ।
यस प्रकार भौतिक परिस्थितिले दक्षिणपन्थी र पुँजीवादी पार्टीहरूलाई समेत ‘मजदुर वर्गको हित’ गर्ने र ‘समाजवादी’ बनायो । तर, ती पार्टीका नेता र कार्यकर्ताहरूको आचरण नै ती पार्टीको सिद्धान्तनिष्ठताको कसी हुन्छ । सामूहिक नेतृत्व, सामूहिक निर्णय, प्रजातान्त्रिक कार्यशैली, श्रमिक वर्गप्रति इमानदारी, शोषणको विरोधमा सक्रियता र जन–आन्दोलनप्रति विश्वास नै समाजवादी र कम्युनिष्टहरूका आचरणका मापदण्ड हुन् । व्यक्तिवादी कार्यशैली, शोषक वर्गसँगको घनिष्ठता, वर्गसङ्घर्षभन्दा समन्वय र मेल–मिलापबाटै समाजवाद आउने सपनामा विश्वास र वस्तुस्थितिभन्दा मनोगत धारणालाई महत्र्व दिनु र पुँजीवादी जीवन पद्धति र आचरण समाजवादी सङ्घर्षको सफलताको निम्ति सहयोगी होइन बाधक बनेका छन् । समाजवादको खोललाई हेर्नुभन्दा त्यसभित्र लुकेको आचरणबाटै आदर्शप्रतिको निष्ठालाई मूल्याङ्कन गर्नुपर्छ । यसकारण वर्ग, देश, काल र परिस्थितिमुताविक नै एक समाजवादीको आचरण निर्धारित हुन्छ । दलगत अहङ्कारको ठाउँमा विनम्रता, व्यक्तिगत नेतृत्वको ठाउँमा सामूिहक नेतृत्व, सिद्धान्तको फलाको, वक्तव्यबाजी र चर्काचर्का भाषणभन्दा तल्लो वर्गको हितलाई हृदयङ्गम गरी तल्लो वर्गकै सङ्गठन कार्यमा लाग्न चाहिने सरल जीवन, अरुमाथि आफ्नो विचार थोप्नुभन्दा अरुको सकारात्मक अनुभव र योगदानबाट सिक्ने, माथिबाट छिट्टै हुने सुधारमा विश्वास गर्नुभन्दा तल्लो स्तरबाट समय लिएर हुने परिवर्तनको खाँचोलाई आत्मसात गर्ने र सबैसँग मिलेर काम गर्ने धैर्यले मात्र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई समाजवादी आन्दोलनसम्म बढाउन सकिने छ ।
यसैको अभावमा नेपालमा प्रजातान्त्रिक आन्दोलन र समाजवादी आन्दोलनमा विसृङ्खला ल्याएको हो । त्यस विसृङ्खलतालाई बढावा दिन नलगाउने र प्रजातान्त्रिक र समाजवादी आन्दोलनको निम्ति आवश्यक एकतालाई खलल नपार्ने र त्यसमा सकारात्मक भूमिका खेल्नसक्ने आचरण नै आजको नेपालका समाजवादी र कम्युनिष्टको आचरण हुनुपर्दछ ।
स्रोत ः समाजवाद र सान्दर्भिक विषयवस्तु
Leave a Reply