न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
डी. एम. बी.
इटालीको भिन्ची प्रान्तस्थित पहाडी गाउँमा सन् १४५२ मा लियोनार्दाे दा भिन्चीको जन्म भएको थियो । उनका पिताको नाम सर पिएरो अन्तोनिओ दा भिना (Ser Piero Antonio da Vina) र माताको नाम कातारिना (Catarina) थिए । दा भिना एक वकिल थिए । लियोनार्दो जन्मेको केही महिनापछि कातारिना पोइल गइन् । बालक लियोनार्दो बाबुकै लालनपालनमा हुर्कदै गए ।
प्रकृतिले दिएको उनको कण्ठबाट प्रस्फुरण हुने आवाजमा अनौठो मिठास थियो । उनी चित्र कोर्न, बाजा बजाउन, बुट्टा कँुद्न सिद्धहस्त थिए । उनी सानैदेखि वरपरका प्राकृतिक सौन्दर्यहरू कोर्दै दिन बिताउँथे । उनले गुरुबाट अङ्क गणित र ग्रीक भाषा पनि सिक्दै गए । उनले बेलैमा अङ्क गणित र ग्रीक भाषामा दख्खल गरे । उनी बरोबर गणित विषयमा विभिन्न पेचिलो प्रश्न गरी गुरुलाई आछुआछु पार्थे । उनलाई चित्र कोरेरमात्र चित्त बुझेन । उनले लुत बजाउन पनि सिके । अनि उनी सधैँ लुतको झन्कारसँगै गुनगुनाउँथे । लुत सितारजस्तै तारले बजाउने एक किसिमको बाजा हो । यो युरोपको लोकप्रिय बाजा हो । उनको आवाज र सीपजस्तै उनको अनुहार र शरीर पनि सुन्दर थियो ।
त्यसबेला भिन्ची प्रान्तको नजिकै फ्लोरेन्स (Florence) नगरमा भव्य मन्दिर र भवनहरूको निर्माण सुरु हुनै लागेको थियो । फ्लोरेन्स नगरवासीहरू कला, गणित, विज्ञान, साहित्य आदि विषयहरूको अध्ययन र खोजबिनमा लाग्दै थिए । कुरो सन् १४५३ को थियो । टर्की आफ्नो साम्राज्य फैलाउँदै थियो । टर्कीले पूर्वी रोमन साम्राज्यको राजधानी कन्सतान्तिनपोल (Constantinpole) माथि हमला सुरु ग¥यो । कन्सतान्तिनपोल ‘अन्ध युग’ को विद्या केन्द्र थियो । त्यस नगरमा रहेका विद्वान र कलाकारहरू हमलाबाट जोगिन इटाली पुगे । तिनीहरू इटालीको फ्लोरेन्स, रोम, भेनिस आदि नगरहरूमा पसे । इटालीका शासकहरूले तिनीहरूलाई संरक्षण दिए । तिनीहरूले आफ्नो साथमा ग्रीक भाषाको अनमोल ग्रन्थहरू ल्याएका थिए ।
कन्सतान्तिनपोलका ती विद्वानहरूले इटालीमा ग्रीक साहित्यको पठन–पाठनको परम्परालाई कायम गर्दै लगे । इटालीवासीहरू ग्रीक साहित्यबाट निकै प्रभावित र लाभान्वित भए । तिनीहरूले पुरानो र सङ्कीर्ण विचारलाई त्यागे । कला, साहित्य, विज्ञान, गणित आदि विषयमा नयाँ नयाँ कुरा खोज्न र उन्नति गर्न उत्सुक भए । इटाली जनताको यो नयाँ जोस र उमङ्गको आँधीलाई ‘इटालीको पुनर्जागरण’ भनिन्छ । ‘इटालीको पुनर्जागरण’ को प्रभाव सारा युरोपभर फैलियो । फलस्वरुप युरोपवासीहरूमा साहित्य, कला, विज्ञान र अन्य विषयहरूप्रति अभिरुचि, खोजबिन र प्रयोग गर्ने कुटकुटीलाई फेरि जगाइदियो । यसैलाई नै ‘युरोपको पुनर्जागरण’ भनिन्छ । १५ र १६ औँ शताब्दीमा सूत्रपात भएको यस पुनर्जागरणलाई जति महत्वपूर्ण नयाँ युगको रूपमा लिइन्छ । पुनर्जागरणलाई अङ्ग्रेजीमा (Renaissance) रिनासाँ भनिन्छ । रिनासाँको अर्थ ‘पुनर्जन्म’ हो । युरोपको परिवेशमा यो पुनर्जागरणलाई ‘कला र साहित्यको पुनर्जागरण काल’ को रूपमा लिइन्छ । ‘पुनर्जागरण काल’ ईशा धर्मको प्रमाणवादविरुद्ध उठेको एउटा शक्ति थियो ।
युरोपमा रोमन साम्राज्यको अन्त र ‘पुनर्जागरण काल’ अघिको काललाई ‘मध्य युग’ भनिन्छ । मध्य युगमा युरोपवासीहरूको बौद्धिक र सांस्कृतिक स्तर शून्य थियो । तिनीहरू ईशा धर्ममा आधारित अन्धविश्वास र कुरीतिमा लाग्थे । तिनीहरूको आर्थिक अवस्था पनि गए–गुज्रेको थियो । विज्ञान, कला, गणित, साहित्यको प्रचार प्रसारको नामनिसानै थिएन । तिनीहरू अशिक्षित थिए । सम्पन्न परिवारले पनि अध्ययन र स्वतन्त्र चिन्तनबाट सन्यास लिन थाले ।
त्यसबेला अरब उन्नति र सभ्यताको शिखरमा पाइला टेक्दै थियो । अरबले आफ्नो साम्राज्य चारैतिर फैलाउँदै गयो । यसले स्पेन र सिस्लीमा पनि साम्राज्य जमायो । अरबी विद्वानहरूले अरबको प्रभाव क्षेत्रमा विद्यालयहरू स्थापना गरे । त्यहाँ अरबी ज्योतिषी गणित र विज्ञानको अतिरिक्त ग्रीक साहित्यको पनि पठन–पाठन गर्न लगाइन्थ्यो । अरबी साहित्य ईशा धर्म ग्रन्थहरूसँग पटक्कै मेल खाँदैनथ्यो । अरबी विद्वान र साहित्यकारहरूको विचार स्वतन्त्र र उँचो थियो । ईशा धर्म मान्ने युरोपवासीहरू अरबी विद्वानहरूको विचार र साहित्यबाट प्रभावित हुनथाले । उनीहरूमा ईशा धर्मको प्रभाव मेटिँदै गयो र स्वतन्त्र चिन्तनको विकास भयो । मध्ययुगीन युरोपमा विभिन्न विचारकहरू जन्मेका थिए । तिनीहरूमा रोजर बेकन विशेषरूपले प्रख्यात थिए । उनी अन्धविश्वासलाई त्यागेर अनुसन्धान र प्रयोगद्वारा सत्यको खोजी गर्नुपर्ने कुरामा जोड दिने गर्थे । उनी अरबी साहित्यबाट प्रभावित थिए । उनको सार अभिव्यक्तिलाई युरोपवासीहरूले हृदयगम गरे ।
एकदिन लियोनार्दोका पिता फ्लोरेन्सबाट घर आइपुगे । पिताले छोरालाई उनले कोरेका चित्रहरू फ्लोरेन्सका एकजना प्रख्यात चित्रकारी भेरोचिओलाई (Verrocchio) देखाए । १४ वर्षको किशोरले कति राम्रो चित्र कोरेको भनी भेरोचिओले धेरै प्रशंसा गरे । अझ राम्रो चित्र कोर्ने कला सिकाइदिने वचन दिएको कुरो सुनेर लियोनार्दो खुसीले गद्गद् भए । केही दिनपछि लियोनार्दो पितासँग फ्लोरेन्स पुगे । उनले फ्लोरेन्समा नयाँ, जीवन शुभारम्भ गरे । उनी अझ राम्रो चित्र कोर्ने, बाजा बजाउने आदि कार्यमा लाग्न अघि बढे । उनले पुनर्जागरणको लहर फैलिरहेको फ्लोरेन्स नगरमा आफ्नो ज्ञान र सीपलाई विकास गर्दै लाने मौका पाउँदै गए ।
गुरु भेरोचिओबाट लियोनार्दोले चित्रकलाको विभिन्न सीप सिके । सन् १४७२ जूनमा उनले एउटा आफ्नै चित्रसङ्ग्रह निकाले । त्यो सङ्ग्रहको नाम (Leonardo di ser piero da vina) ‘लियोनार्दो दि सर पिएरो दा भिना’ राखियो । यसरी उनी २० वर्षको उमेरमा एक स्वतन्त्र चित्रकार भएर निस्के । त्यसबेला उनले सबैभन्दा पहिले चित्रकलामा प्रकाश र छायाको सौन्दर्य र महत्वबारे बुझे । उनले आफ्नै ढङ्गको प्रकाश र छायाले सजिएको चित्र कोरे । उनले आँखाको मनोविज्ञान विषयमा अध्ययन गरे । उनको चित्रको चमत्कार फ्लोरेन्स नगरमा फैलियो । फ्लोरेन्स नगरका ड्युक लोरेन्जो (Lorengo the Magnipicent) ले पनि लियोनार्दोका विषयमा धेरै कुरा सुने । उनले सन् १४७७ मा लियोनार्दोलाई आफ्नो दरबारमा बोलाए । लोरेन्जो उनको विविध प्रतिभामा देखेर निकै प्रभावित भए । उनले लियोनार्दोको निम्ति दरबारमै एउटा चित्रशालाको व्यवस्था गर्न लगाए । त्यहाँ उनी चित्रमात्र कोर्दैनथे । उनी लुत बजाएर गीत गाउँथे । उनी घोडा कुदाउने र घुमाएर लड्ने खेल पनि खेल्थे । उनले दिन परदिन अध्ययन र सीप विकास गर्दै लगे । उनले सबैभन्दा पहिले एउटा वायुयानको नमुना बनाए । उनले ट्याङ्क र तोपको नमुना बनाए । उनले कुनै पनि निश्चित ठाउँमा सुरुङ खनेर पुग्ने जस्तोसुकै किल्ला भत्काउने जुक्ति पत्ता लगाए । त्यसबेला इन्जिनको निमित चाहिने भौतिक आधार तयार भइसकेको थिएन । फलतः उनले आफ्नो वायुयानलाई उदाउन र ट्याँकलाई रणक्षेत्रमा कुदाउन सकेनन् ।
सन् १४८२ मा लियोनार्दोले एउटा बेग्लै खालको चाँदीको लुत बनाए । लुतको आकार घोडाको टाउकोजस्तै थियो । लोरेन्जो नयाँ लुतको आवाज सुनेर मोहित भए । लोरेन्जोको मिलान नगर राज्यका ड्युक लुदोभिको स्फोर्गा (Ludovico Sforga) सँग घनिष्ठ सम्बन्ध थियो । स्फोर्गा स्वयं सङ्गीतका सौखिन थिए । उनी आफ्नो समय सङ्गीत कलाकारहरूको माझमै बिताउँथे । त्यसो भएर लोरेन्जोले उनलाई मिलान राज्यको ड्युककहाँ पठाए ।
ड्युक लुदोभिको स्फोर्गाले निकै प्रेमपूर्वक लियोनार्दोलाई स्वागत गरे । लियोनार्दोले लुत बजाएको सुनेर स्फोर्गा मुग्ध भए । उनले ड्युकका सबै वाद्यवादकहरूलाई उछिने । स्वयं वाद्यवादकहरू उनको बेजोड सीप देखेर छक्क परे । स्फोर्गाले उनलाई एक प्रतिष्ठित पदमा नियुक्ति गरे ।
स्फोर्गाको दरबारमा उनले बढी समय अध्ययनमा बिताउन थाले । उनले मानव र जीव शरीर विज्ञानबारे गहिरो अध्ययन गरे । उनले सबैभन्दा पहिले वनस्पति र मनोविज्ञानको परीक्षण गरे । त्यस्तै उनले विभिन्न आकर्षक एवम् भव्य भवनहरूको नक्सा तयार गरे । उनी अन्य शिष्यहरूलाई चित्रकला र सङ्गीतको पनि कक्षा लिन्थे ।
एकचोटि सन् १४८५ मा मिलाम नगर राज्यमा रोगको प्रकोपले धेरै मिलानवासीहरू मरे । लिओनार्दो पनि निकै चिन्तित भए । उनले महामारी हुनाको कारण नगरको अव्यवस्थित ढल निकास र त्यस्तै नगरमा जताततै फोहर थुप्रिनाले भएको पत्ता लगाए । तब उनले मिलान नगरलाई स्वास्थ्य र व्यवस्थित नगरमा फेर्न एउटा नयाँ नक्सा खिचे । त्यसपछि उनी किल्ला सजाउने र बलियो बनाउनतिर लागे । उनले मिलान नगरको मुख्य मन्दिरलाई चित्रमा उतारे । त्यसबेला उनी ज्यामीति, खगोल (ज्योतिषशास्त्र), सङ्ख्याशास्त्र, गति विज्ञान, गणित आदि विषयमा अध्ययन सुरु गर्दै थिए । उनी फुर्सदको समयमा फ्रान्सको स्फोर्गाको भीमकाय अश्वारोही सालिक निर्माणमा लागे । केही वर्षपछि सन् १४९३ मा उनले साविक तयार गरी छाडे । सालिक मिलान नगरमा स्थापित भयो । त्यो सालिक २६ फिट अग्लो थियो । सन् १४९४ मा उनले लाय्म्वार्डको विशाल फाँटमा सिँचाइको बन्दोबस्त गर्न एउटा नक्सा खिचे । उनकै कुमारी म्याडोना (Madonna) को एउटा तस्वीर लेखे । त्यो तस्वीर नै त्यसबेला उनले कोरेका तस्वीरहरूमा सबैभन्दा राम्रोमा गनियो । यो तस्वीर Last supper को नामले प्रख्यात भयो । यस्तै ‘Vergin of the Rocks’ पनि उनको श्रेष्ठ चित्रमध्ये थियो । आज भोलि यो तस्वीर पेरिसको राष्ट्रिय चित्र सङ्ग्रहालयमा राखिएको छ । उनले त्यो तस्वीर आफ्नो चेला याय्म्ब्रोगिओ दि प्रेदिस (Ambrogio de Predis) सँग मिली कोरेका थिए । उनले बिजुली चम्कने र आँधीबेरीबारे पटकपटक अध्ययन गरे ।
सन् १४९९ मा लियोनार्दो पदबाट हटाइए । त्यसपछि उनी भेनिस गए । भेनिसका डेचस (रानी) इसाबेल्ला गोन्जागा (Isabella Gonzaga) ले लियोनार्दोलाई हार्दिक स्वागत गरिन् । उनले डचेसको इच्छानुसार एउटा तस्वीर कोर्न सुरु गरे । त्यहाँ उनले गणित र ब्रह्माण्ड विषयमा अध्ययन गरे । एक वर्षपछि सन् १५०० मा फ्रान्सेली फौजले मिलान नगरलाई पूर्णरुपले कब्जा ग¥यो । धनुषधारी फ्रान्सेली फौजले फ्रान्सेस्को स्फोर्गाको भीमकाय सालिकलाई टुक्राटुक्रा पारे । उनी फ्लोरेन्स पुगे । उनले फ्लोरेन्सको सबै वृत्तान्त सुने । त्यसै वर्ष उनी भेनिसबाट फेरि फ्लोरेन्स पुगे । उनले फ्लोरेन्समा भूगोल विषयलाई बढी ध्यान दिए । उनले कृष्ण र क्याप्सिएन सागरको छालबारे अन्वेषणात्मक लेख लेखे । त्यस्तै उनले ‘आर्नोमा नहर’ निर्माण गर्न नक्सा कोरे । उनी अन्य निर्माण परियोजनाहरूमा पनि लागे । २ वर्षपछि उनी फ्रान्सेली राजकुमार सिजर बोर्गिया (Caesar Borgia) को दरबारमा पुगे । राजकुमार सिजर बोर्गिया निकै महत्वाकाङ्क्षी र क्रुर थिए । उनले इटालीका नगर राज्यहरूमाथि धमाधम आधिपत्य जमाउँदै लगे । उनले लियोनार्दोलाई प्रमुख इन्जिनियर पदमा नियुक्ति गरे । लियोनार्दो राजकुमारसँग मध्य इटालीको भ्रमणमा गए । उनले भ्रमणसँग सम्बन्धित ६ वटा मानचित्र कोरे । ती मानचित्रहरू अति आश्चर्यजनकरूपले शुद्ध थिए । अहिले ती मानचित्रहरू बिन्डसोरको श हो पुस्तकालयमा राखिएको छ ।
केही महिनापछि लियोनार्दो फ्लोरेन्सतिर लागे । त्यहाँ उनीजस्तै नामुद चित्रकार माइकेल एङ्गलो (Machael Anglo) अति उत्कृष्ट चित्र कोर्दै थिए । माइकेल पनि विश्वका चित्रकारहरूमध्ये एक थिए । लियोनार्डो एउटा व्यङ्ग्य लेख्न तल्लीन भए । उनले त्यस चित्रको नाम Madonna with the infant Christ and Saint Anno राखे । कति चित्रकारहरू त त्यो व्यङ्ग चित्र देखेर आश्चर्यले टोलाए । दुई दिनसम्म प्रदर्शनी कक्ष लोग्ने र स्वास्नीमान्छेहरूको भीडले खचाखच थियो । यसरी लियोनार्दो आफ्नो चित्रकलाले सबैलाई विस्मित तुल्याउन पूर्णरूपले सफल भए । अझ उनी १५०४ र १५०५ मा त्यस्तै व्यङ्ग्यचित्रहरू कोर्न व्यस्त भए । उनको अर्को उच्चतम Bestial Frenzy नाम गरेको लडाइँको व्यङ्ग्यचित्र र माइकेल एङ्गलोले तयार गरेको व्यङ्ग्यचित्र फ्लोरेन्सको दरबारको एउटा प्रदर्शनी हेर्न आउने चित्रकारहरू ती चित्र देखेर निकै प्रभावित भए । एक अर्काे चित्रकार राकेलले त हरेको हेरै गरे ।
लियोनार्दोले १५०६ मा एउटी सुन्दरीको तस्वीर कोर्न सिध्याए । तस्वीरको नाम मोनालिसा (Monnalisa) राखियो । मोनालिसा नै उनले कोरेका तस्वीरहरूमा सर्वोत्कृष्ट ठह¥याइयो ।
लियोनार्दो फ्लोरेन्सबाट मिलान पुग्दा केही महिनापछि फ्रान्सका लुइस बाह«ौँ Louis XII ले बोलाए । लुइसको दरबारमा उनी चित्र कोर्नमै तल्लीन भए । त्यसबेला भेटिकनस्थित पोपको दरबारमा माइकेल र राफेल पनि चित्र कोर्नमै व्यस्त थिए । त्यहाँ लियोनार्दो आफूलाई मिल्दो वातावरण पाउन सकेनन् । दुई वर्षपश्चात् १५१४ मा फ्रान्सका फ्रान्सिस प्रथम (Francis I) ले उनलाई निमन्त्रणा गरे । उनी फ्रान्सिसकहाँ गए । केही महिनापछि उनले आफ्नो सेवाबाट अवकाश पाए । उनले आयुम्बोस नजिकै क्लाउक्सको किल्लामा अवकाश जीवन बिताउन सुरु गरे । सन् १५१९ मे महिनामा विश्वको महान चित्रकार, सङ्गीतकार, वैज्ञानिक, आविष्कार, लेखक एवम् विविध विषयका ज्ञाता लियोनार्दो भिन्ची ६८ वर्षको उमेरमा दिवंगत भए । फ्रान्सका राजा र उनका मित्रहरूले धेरै सम्मानपूर्वक उनलाई श्रद्धाञ्जली अर्पण गरे । उनी इटाली पुनःजागरणका एक खम्बाको रूपमा प्रख्यात थिए ।
विश्व प्रसिद्ध चित्र मोनालिसा र विवाद
लियोनार्दो दा भिन्चीले थुप्रै चित्रहरू कोरेका थिए । त्यसमध्ये मोनालिसा चित्र सर्वोत्कृष्ट मानिन्छ । मोनालिसाको हाँसो नै त्यस तस्वीरको मुख्य आकर्षण थियो । त्यसैले होला, उनको हाँसोलाई अवर्णनीय हाँसो भनिन्छ । त्यो तस्वीर विश्व प्रसिद्ध छ । हुन पनि लियोनार्दो स्वयं मोनालिसाको तस्वीरदेखि तृप्त भए । उनले त्यस तस्वीरलाई जहाँ गए पनि आफूसँगै राख्थे । उनी त्यही तस्वीर लिएर फ्लोरेन्सबाट मिलान गए र त्यहाँबाट फ्रान्स पुगे । आजभोलि त्यो तस्वीर पेरिसको राष्ट्रिय चित्र सङ्ग्रहालयमा राखिएको छ ।
हाल आएर चित्रकला विशेषज्ञ एवम् अन्वेषिका लिलन सचवर्थ (Lillan Schwarth) ले मोनालिसाको तस्वीर त एक आइमाईको रूपमा कोरिएको र स्वयं लियोनार्दो दा भिन्ची के तस्वीर ! भनी घोषणा गरेकी छिन् । यो खबर ‘Arts and Antiques’ पत्रिकामा छापिएको हो । लिलनको अनुसन्धानले के बताउँछ भने लियोनार्दो उल्टो अक्षर पनि लेख्ने गर्थे । ती अक्षर ऐनामा देखाएरमात्र पढ्न सकिन्थ्यो । यसरी उल्टो अक्षर लेख्ने उनको आफ्नो सोख र विशेषता थियो । लिलनले उनको यही विशेषतालाई आधार बनाई मोनालिसाको तस्वीर पछाडि लियोनार्डोको वृद्धावस्थाको तस्वीर उल्टोबाट राखिन् र त्यसलाई कम्प्युटरमा जाँच्दा मोनालिसाको नाक, गाला, आँखा, ओठ, कपाल लियोनार्दोको नाक, गाला, कान, आँखा, ओठसँग ठ्याक्कै मिलेको पाइयो । लियोनार्दो समलिङ्गी थिए ।
अन्वेषिका लिलन सचवर्थको दाबीलाई सबै चित्रकारले सही मानेका छैनन् । कोलम्बिया विश्वविद्यालयको कला इतिहास विभागमा प्रमुख जेमस बेक (James Beck) ले लिलनको दाबीलाई वाहियात भनेका छन् । जेम्स भन्छन्, “कलाकारले मनमा आएको कुरो लेख्छ देखेको होइन ।”
यसभन्दा अघि इतिहासकारहरू मोनालिसा फ्रान्सेस्को देल जिओकोन्दोको धर्म पत्नी, इयुकी विधवा वा श्रीमती मेदिसी हुनुपर्छ भनी अनुमान लगाउँदै आएका थिए । जेहोस् करिब ५० वर्षपछि लियोनार्दो तस्वीर मोनालिसाले फेरि एकचोटि संसारमा तहल्का मचाए ।
Leave a Reply