न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
विराटनगर, १३ जेठ । नेपाल भारत सीमासँग जोडिएको दसगजा क्षेत्रमा १ हजार २२४ वटा सीमास्तम्भ निर्माण भइसकेको छ । निर्माण भएका नयाँ स्तम्भबाट सजिलैसँग सीमा छुटयाउन र सीमालाई व्यवस्थित गर्न मद्दत पुगेको छ ।
झापा, मोरङ र सुनसरीमा गएको ४ वर्षदेखि सुरु भएको स्तम्भ निर्माण अनुसार झापामा ९८८ वटामा १४०, मोरङमा १२२ वटामा १० र सुनसरीमा २८८ वटामा २४ स्तम्भ निर्माण हुन बाँकी रहेको नापी विभागका प्रमुख नापी अधिकृत शिवप्रसाद लम्सालले जानकारी दिनुभयो ।
भारतको पश्चिम बङ्गाल र बिहारसँग जोडिएको झापा र बिहारसँगमात्र जोडिएको मोरङ र सुनसरीका सीमामा लामो समयदेखि बिग्रेका, भत्केका, खियालागेका, नदीले बगाएका स्तम्भ निर्माण हुनसकेका थिएनन् । निर्माण हुन बाँकी स्तम्भ नदीमा परेका, पानीको क्षेत्र र पोखरीजस्तो देखिने क्षेत्रमा मात्र स्तम्भ निर्माण नभएको प्रमुख लम्सालले बताउनुभयो ।
नेपाल पक्षका नापी विभाग, स्थानीय प्रशासन र भारततर्फका नापी विभाग र स्थानीय प्रशासनको सहमति तथा सहकार्यबाट निर्माण भइरहेको स्तम्भ नेपाल पक्षले बिजोड र भारत पक्षले जोड सङ्केतका स्तम्भ निर्माण गरेका हुन् । स्तम्भ निर्माणका क्रममा कुनै पनि विवाद नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताउनुभयो ।
उहाँले सीमा क्षेत्रमा कुनै पनि विवाद उत्पन्न हुन नदिन दुवै देशका प्रतिनिधिले चार÷चार महिनामा बैठक बस्ने गरेको, सीमा क्षेत्रमा अनुगमन एवं निरीक्षण गरिएको जानकारी दिँदै केही समय पहिले विराटनगरको रानी–जोगबनी क्षेत्रमा दसगजामा निर्माण गरिएको लगभग ४५ टहरा हटाइएको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी केसीले दसगजा क्षेत्रमा कुनै समस्या नदेखिए पनि सो क्षेत्रमा मन्दिर निर्माण गरिदिने, खेत जोत्ने क्रममा दसगजालाई जोतखन गरिदिने समस्या देखिए पनि दुवै देशको टोलीबाट निरीक्षण गरी समस्या समाधान गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।
प्रमुख जिल्ला अधिकारी केसीले केही दिनपहिले मोरङको जहदा गाउँपालिकासँग जोडिएको कालावञ्जर ठाउँमा निर्वाचन क्षेत्र विकास कोषको रकमबाट बाटो निर्माण गर्दा उत्पन्न भएको विवादलाई समाधान गर्दै आएको जानकारी दिनुभयो ।
Leave a Reply