भर्खरै :

व्यापार युद्धका कारण अमेरिकी किसानहरू समस्यामा

वाशिङ्टन, २८ मे । संरा अमेरिकाका कृषक समूहहरूले सङ्घीय सरकारलाई व्यापार विवाद तत्काल अन्त्य गर्न आग्रह गरेको छ । उनीहरूले अल्पकालीन राहतभन्दा आफ्ना उत्पादनको लागि खुला बजारको पक्षमा आफू रहेको बताएका छन् ।
संरा अमेरिकी कृषि विभागले बिहीबारले संरा अमेरिकाले आफ्ना प्रमुख व्यापार साझेदार देशहरूसँग थालेको व्यापार युद्धबाट प्रभावित किसानहरूलाई १६ अर्ब अमेरिकी डलर बराबरको राहत कार्यक्रम घोषणा गरेको थियो ।
संरा अमेरिकी राष्ट्रपति कार्यालयले विभिन्न देशमा आयात हुने कृषि उत्पादनमाथि चर्को कर थोपरेपछि अन्य व्यापार साझेदार देशहरूले पनि प्रतिकारमा अमेरिकी किसानका उत्पादनमाथि प्रतिरोधी कर थोपर्दा अमेरिकी किसान समस्यामा परेका छन् ।
अमेरिकी किसानहरू आफ्नो उत्पादनको कम मूल्य र बढी उत्पादनको समस्याले पिरोलिएका छन् । विशेषतः चीनलगायत केही व्यापार साझेदार देशहरूसँग व्यापार युद्ध भए पनि किसानहरू यस्ता समस्यामा फसेका हुन् । यो समस्याबाट संरा अमेरिकाका झण्डै दुई लाख किसानहरू प्रभावित बनेका छन् ।
सरकारले घोषणा गरेको राहतलाई किसानहरूले दीर्घकालीन समस्याको अल्पकालीन समाधान बताएका छन् । उनीहरूले अमेरिकाभरिका कृषकलाई ‘सोचेजस्तो, दिगो र मनग्य राहत’ दिन नसकेको बताएका छन् ।
किसानहरू आफ्नो उत्पादनको लागि बजारमा निर्भर हुन्छन् । अहिले भइरहेको व्यापार युद्धले भरपर्दो आपूर्तिकर्ताको रूपमा हाम्रो छविमा असर पारेको छ । किसानहरूको भण्डारमा धेरै अन्न छ, गोजी रित्तो भएको छ”, अमेरिकी किसान सङ्घका नेता रोगर जोनसनले भन्नुभयो ।
अमेरिकी कृषि व्युरो महासङ्घका सभापति जीप्पी डुभालले संरा अमेरिका सरकारले किसानहरूलाई बजारमा खुला र स्वतन्त्र पहुँच विकास गर्नुपर्ने माग गर्नुभएको छ ।
किसानहरूले आज भोगिरहेका समस्याको दिगो समाधान भनेको चीन, जापान र युरोपेली सङ्घको वार्तालाई सही निष्कर्षमा पु¥याउनु हो । साथै संरा अमेरिका–क्यानाडा–मेक्सिको सम्झौतालाई संसदले अनुमोदन गर्नु भएको किसान नेताहरूको भनाइ हो ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गएको मे १४ मा पठाएको पत्रमा डुभालले संरा अमेरिकी सरकारले चीनसँगको व्यापार युद्ध शीघ्रातीशीघ्र समाधान गर्नुपर्ने उल्लेख छ ।
डुभालले किसानहरूले बजारको अभावमा यो वर्ष बालीनाली नलगाउने निर्णयमा पुगिरहेको कुरा सुनिरहेको समेत जानकारी दिनुभयो ।
सन् २०१८ मा चीनमा संरा अमेरिकी कृषि उत्पादनको निर्यात १० अर्ब अमेरिकी डलरले घटेको थियो । विगत वर्षभन्दा त्यो वर्ष ५० प्रतिशतले निर्यातमा कमी आएको बताइएको छ ।
बढ्दो बजारको सिद्धान्तभन्दा यो परिणाम निकै उल्टो भएको उनीहरूको दाबी छ ।
युएसडीएको साप्ताहिक कृषि प्रगति प्रतिवेदनअनुसार गएको मे १९ सम्ममा संरा अमेरिकामा जम्मा १९ प्रतिशतमात्र भटमास खेती गरिएको छ । विगतमा त्यत्तिञ्जेल ४७ प्रतिशतले भटमास खेती गरिसक्नुपर्ने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *