भर्खरै :

वागीश्वरीमा गणतन्त्र दिवस

भक्तपुर, १५ जेठ । वागीश्वरी माध्यमिक विद्यालयले गणतन्त्र दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले राजतन्त्रात्मक शासन व्यवस्थाभन्दा गणतन्त्रात्मक शासन व्यवस्था तुलनात्मक रूपले प्रगतिशील भए पनि वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन मूलतः पुँजीवादी व्यवस्था हो भन्नुभयो ।
उहाँले पँुजीवादी व्यवस्थामा धनी झन् धनी हुने र गरीब झन् गरीब हुने हुँदा बहुसङ्ख्यक गरीब जनताको निम्ति समाजवादी गणतन्त्र नै चाहिने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ वागीश्वरी एकाइका सदस्य शिक्षक राजन लाखाले जनआन्दोलनको अगाडि कुनै पनि निरङ्कुश शासन टिक्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षिका शोभालक्ष्मी गोसाई र अम्बर दलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *