अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– सञ्जीव दुलाल
भक्तपुर, १५ जेठ । मध्यपुर नगरपालिका वडा नम्बर १ को किनार भएर बग्ने मनोहरा खोलामा व्यक्तिगत सहयोगमा पुल निर्माण भएको छ ।
प्रगतिनगर समग्र विकास सहयोग समितिको पहलमा भक्तपुर र काठमाडौँ जोड्ने ज्येष्ठ नागरिक चोकमा पुल निर्माण गरिएको समितिका अध्यक्ष शैलेस श्रेष्ठले जानकारी दिनुभयो ।
हाम्रा केटाकेटी पुल नहुँदा असुरक्षित तवरले खोला पार गर्दै विद्यालय जान बाध्य छन् । खोलामा बाढी आउँदा जडिबुटीसम्म घुम्दै आधा घण्टासम्मको दुरी पार गर्नुपर्ने भएकोले आफूहरूले नै खोलामा पुल बनाएका होे, उहाँले बताउनुभयो ।
“हामीले पुलका लागि सरकारी विभिन्न निकायलाई हार गुहार गर्यौँ । तर, कतैबाट सुनुवाइ भएन । समितिको तर्फबाट रु. ५० हजार र मेरो तर्फबाट रु. २५ हजार हालेँ । अन्य साथीहरूले पनि सहयोग गर्नुभयो र हामीले आज आफ्नै लगानीमा पुल बनाउन सफल भएका छौं”, उहाँले भन्नुभयो ।
फलामे पुल निर्माण गर्न एक लाख ६६ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष राजन पाण्डे, कोषाध्यक्ष उषा राई, समाजसेवी लक्ष्मण पौडेल, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत समाजका ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो ।
उक्त पुल बनेपछि बस्तीका मानिस कोटेश्वरसम्म पुग्न १० मिनेटमै पुग्ने भएको छ ।
Leave a Reply