अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, १५ जेठ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको दिन । दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई साहसको परिचय दिएका थिए ।
सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहणका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस क्रममा केही मानवीय क्षति पनि भए । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ ।
सोही सन्दर्भमा आज नेपालमा पनि १२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथाको आकर्षणसँगै संरक्षणका चुनौती पनि बढ्दो छ ।
आरोही सम्मानित
दिवसकै अवसरमा सरकारले सगरमाथा आरोहण गर्ने स्वदेशी तथा विदेशी आरोहीलाई सम्मान गरेको छ । सगरमाथासहित विश्वका अग्ला १४ हिमाल आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही एवम् समाजसेवी दक्षिण कोरियाका नागरिक उम होङ गिललाई नगद रु. एक लाखसहितको ‘राष्ट्रिय सगरमाथा पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै ‘तेञ्जिङ हिलारी पुरस्कार’ तीन जना स्वदेशी तथा विदेशी आरोहीलाई प्रदान गरिएको छ । अष्ट्रेलियाका नागरिक एन्थोनी गोडेन तथा नेपाली आरोही माया शेर्पा र ज्ञानेन्द्र श्रेष्ठलाई जनही रु. ५० हजार र कदरपत्रसहित पुरस्कृत गरिएको छ । ती सबै पुरस्कार सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वितरण गर्नुभएको थियो ।
प्रथम सगरमाथा आरोही हिलारीकी छोरी शेरा हिलारी र आरोही निमा जाङ्बु शेर्पालाई कदरपत्रद्वारा सम्मान गरियो भने आरोही दावा तामाङलाई नगद रु. २५ हजारसहित पुरस्कृत गरियो । त्यस्तै पहिलो पटक सरकारी स्तरबाट निजी क्षेत्रको साझेदारीमा शुरु गरिएको सगरमाथा सफाइ अभियानमा संलग्न पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाली सेनाका महासेनानी जोनसन खड्कालाई सम्मान गरिएको थियो ।
Leave a Reply