अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १५ जेठ । भक्तपुर औद्योगिक क्षेत्रभित्रको बाटोमा खनिएको खाल्डोका कारण बुधबार एउटा गम्भीर दुर्घटना भएको छ । औद्योगिक क्षेत्रभित्रको भक्तपुर सेरामिक्स तथा इँटा टायल कारखाना पुगेर फर्किन लागेका चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात मोटरसाइकलसहित डुबेका थिए । बुधबार अपराह्न पानी परेपछि निकासको राम्रो व्यवस्था नभएको कारण औद्योगिक क्षेत्रको सडकमा एक डेढ फिट पानी जमेको थियो, कहाँ बाटो र कहाँ नाला वा खाल्डो छुट्याउन मुस्किल थियो । त्यस्तैमा विपरीत दिशाबाट आएको सवारीलाई साइड दिने क्रममा वडाध्यक्ष त्यात मोटरसाइकलसहित न्यू कान्तिपुर फिड अगाडि मेनहोलको लागि खनेर राखेको खाल्डोमा परेका थिए । पौडिन जानेका र सामान्य घाइते भएका वडाध्यक्ष त्यात सङघर्ष गरी पानीसहितको खाल्डोबाट निस्केका थिए । पछि औद्योगिक क्षेत्र सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले मोटरसाइकल खाल्डोबाट निकालेको थियो ।
दैनिक सयौं व्यक्ति आवतजावत गरिरहने बाटोमा महिनौंदेखि खाल्डो खनेर राख्नु औद्योगिक क्षेत्र व्यवस्थापन समितिको गम्भीर लापरबाही हो । औद्योगिक क्षेत्रभित्रको सडक सुधार र पीचका लागि चालू आर्थिक वर्षमै बजेट छुट्याइएको थियो तर आवको अन्तिमसम्ममा कुनै काम भएको छैन । मर्मत र पीचका लागि सरोकारवाला र स्थानीयहरूले पटकपटक औद्योगिक क्षेत्र व्यवस्थापन समिति तथा सम्बन्धित निकायहरूमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण पनि गराइसकेको थिए ।
मनसुनी वर्षा सुरु हुनुअघि नै पोखरीजस्तै पानी जमेको सडकमा मनसुन सुरु भएपछिको अवस्था के होला अनुमान लगाउन सकिन्छ तर औद्योगिक क्षेत्र व्यवस्थापन समितिको ध्यान पुग्न सकेको देखिंदैन । वर्षा याममा अव्यवस्थित खाल्डोसहितको सडकले बटुवा र सवारीसाधन गम्भीर दुर्घटनामा पर्नसक्ने अवस्थाप्रति समयमै सम्बन्धित निकायको ध्यान जानैपर्छ ।
भक्तपुर औद्योगिक क्षेत्र भक्तपुर नगरपालिका वडा नं. २ मा पर्ने भए पनि त्यहाँभित्रको निर्माण र व्यवस्थापनमा नगरपालिका र वडा कार्यालयलाई अधिकार नभएको वडाध्यक्ष हरिप्रसाद बासुकलाले जानकारी दिनुभयो । तर उहाँले समस्याबारे सम्बन्धित निकायको ध्यानाकर्षण गर्न पहल गर्ने बताउनुभयो ।
Leave a Reply