हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दमासकस, २९ मे । संरा अमेरिकी विदेश नीतिलाई विज्ञहरूले विश्वव्यापी सद्भाव र सहकार्यको सट्टा प्रभुत्ववादी चरित्रको रूपमा चित्रण गरेका छन् ।
इतिहासमा संरा अमेरिकी ‘नकारात्मक’ विदेश नीतिको प्रभाव धेरै देशमा परेको छ र सबभन्दा बढी प्रभाव मध्यपूर्वमा परिरहेको छ ।
संरा अमेरिकाले सन् २०१८ को मे महिनामा आफ्नो इजरायलस्थित दूतावास तेल अभिभबाट जेरुसेलम सहरमा स्थानान्तरण ग¥यो । जेरुसेलम इजरायल र प्यालेस्टाइनबीच विवादास्पद भूमि हो ।
संरा अमेरिका स्वयं प्यालेस्टाइन मामिलामा दुई वटा वैरी देशबीचको प्रमुख मध्यस्थकर्ता देश भए तापनि संरा अमेरिकी डोनाल्ड ट्रम्प सरकारको सो कदम इजरायलको पक्षमा भएको थियो ।
त्यसपछि ट्रम्प सरकारले सन् २०१९ को मार्च महिनामा गोलान हाइटमा इजरायलको सार्वभौमिकता लागू हुने घोषणा ग¥यो । संयुक्त राष्ट्र सङ्घको प्रस्तावअनुसार गोलान हाइट सिरियाली भूमि हो ।
त्यसमाथि संरा अमेरिकाले सिरियाबाट आफ्नो सेना फिर्ता लाने वचनबद्धता पूरा गरेको छैन । सिरियामा संरा अमेरिकी सेनाको उपस्थिति अवैधानिक भएको पुष्टि भएर पनि संरा अमेरिकी अधिकारीहरूले सिरिया छोड्ने छाँटकाट छैन । संरा अमेरिकी सेना सिरियामा त्यहाँको सरकारको अनुमति वा समन्वयबाट पसेको थिएन ।
“एक पछि अर्को यस्ता कदमले संरा अमेरिकाले अन्तर्राष्ट्रिय कानुन र मान्यता उल्लङ्घन गरेको प्रष्ट हुन्छ । संसारलाई उसले ‘म आफ्नो शक्तिको आडमा जे पनि गर्न सक्छु’ भनी देखाउन खोजिरहेको देखिन्छ । जबकि उसले संसारमा वैरभाव भन्दा शान्ति फैलाउनुपथ्र्यो ।” सिरियाका पत्रकार तथा राजनीतिक विश्लेषक महेर इसानले भन्नुभयो ।
इसानले पूर्वी सिरियाको कुर्द क्षेत्रमा संरा अमेरिकी उपस्थितिले सिरियाको अवस्थालाई अझ भयावह बनाइदिएको बताउनुभयो ।
सिरिया सरकारले पनि पटक–पटक सिरियाको चालु राजनीतिक प्रक्रियालाई संरा अमेरिकाले बाधा दिइरहेको बताइसकेको छ । संरा अमेरिका समस्याग्रस्त अवस्थालाई आफ्नो मुद्दा पेल्ने अवसरको रूपमा प्रयोग गर्न चाहन्छ ।
संरा अमेरिकाले कुनै पनि रसायनिक हमला भए सिरिया सरकारविरुद्ध शक्ति प्रयोग गर्ने भनी बारम्बार चेतावनी दिइरहेको छ ।
संरा अमेरिकाका त्यस्ता हमलाले पश्चिमा शक्तिको आडमा सिरियामा गतिविधि गरिरहेका विद्रोहीहरू विदेशी सैनिक हमला आमन्त्रण गर्न रसायनिक हमला गर्ने गर्दछ । सिरिया युद्धको क्रममा त्यस्ता घटना केही पटक भए । सन् २०१८ को अप्रिलमा संरा अमेरिकाकै सहयोगमा सिरियाली भूमिमा व्यापक रूपमा त्यस्ता रसायनिक हमला गरेको थियो । त्यही बहानामा संरा अमेरिका, फ्रान्स र बेलायतले हवाईजहाज र पानी जहाजको मिसाइलबाट सिरियाका सरकारी क्षेत्रमा हमला गरेको थियो । विद्रोहीले पहिले कब्जा जमाएको दमासकस नजिकको पूर्वी घौटा क्षेत्रमा रसायनिक हमला गरेको बहानामा उनीहरूले व्यापक हमला गरेको थियो ।
“त्यस्तो अवस्थाले झुटा आरोप लगाएर आफूले गरेको हमलालाई सही ठह¥याउने उनीहरूको प्रयास खुलासा हुने गरेको छ ।” पत्रकार अहमद असकरले भन्नुभयो ।
विद्रोही नियन्त्रित उत्तरपश्चिम सिरियाको लाटाकिया प्रान्तको पूर्वी ग्रामीण भू–भागमा भएको घातक ग्यास हमलाको पछिल्लो आरोपमा सिरिया सरकारमाथि संरा अमेरिकाले त्यस्तै धम्की दिइरहेको उहाँले भन्नुभयो ।
गएको शनिबार सिरियाको विदेशमन्त्रालयले लाटकिया प्रान्तमा रसायनिक हतियार प्रयोग गरेको विद्रोहीको दाबी सिरिया सरकारविरुद्ध पहिले पनि फैलाएको झुठ र धम्कीको नवीकरण मात्र भएको सिरियाली सरकारी समाचार संस्था सानाले जनाएको छ ।
विद्रोही शक्तिले लाटाकिया प्रान्तको काबानी सहरमा सिरिया सरकारले रसायनिक हमला गरेको भन्ने विद्रोहीहरूको भनाइविरुद्ध मन्त्रालयले त्यस्तो वक्तव्य जारी गरेको थियो ।
तथापि संरा अमेरिकी विदेश विभागले गएको मङ्गलबार लाटाकिया हमलालाई नै जोडेर सिरिया सरकारले रसायनिक हतियार बनाएको हुनसक्ने प्रतिक्रिया जनाएको छ ।
रसायनिक हतियार प्रयोग भएको अवस्थामा संरा अमेरिकाले तत्काल र उपयुक्त प्रतिक्रिया जनाउने विदेश विभागले जनाएको छ ।
आफ्नो वक्तव्यमा सिरिया विदेशमन्त्रालयले ‘यस्तो सबै अवस्थाले सिरियाली सेनालाई आतङ्कवादविरुद्ध लड्न निरुत्साहित बनाउने’ उल्लेख छ ।
पत्रकार अशकरले आठ वर्ष लामो सिरियाली गृहयुद्धलाई अझ जटिल बनाउन र अराजकता फैलाउनेमा संरा अमेरिका नै जिम्मेवार भएको बताउनुभयो ।
Leave a Reply