वाग्मती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा नेमकिपाबाट ढुकुछु र महर्जनद्वारा उम्मेदवारी दर्ता
- पुष २३, २०८२
हेटौंडा, १६ जेठ । प्रदेश नं ३ को प्रदेशसभामा सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथि छलफल जारी छ । बिहीबारको छलफलमा बोल्दै नेपाल मजदुर किसान पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले नीति तथा कार्यक्रम एकजना रोमान्सप्रेमी ठिटोले आफ्नो अटोग्राफ डायरीमा अनेकौँ खालका गीतका टुक्रा–टाक्री सङ्कलन गरेझैँ भएको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा जनतालाई झुलाउने, अल्मल्याउने, झुक्याउने शब्दजाल, शब्द–अलङ्कारको प्रचूरता भएको र यसलाई सरकारको बठ्याइँ र चतु¥याइँको सङ्ग्रह भन्दा फरक नपर्ने विचार राख्नुभयो ।
उहाँले व्यङ्ग्य गर्नुभयो, “आधी उमेर जान लाग्दासमेत केटाकेटीपन नहराउनु, चुलबुलेपन तथा चञ्चले स्वभाव कायम रहनु अस्वाभाविक हुर्काइ हो ।”
सांसद गोसाईले भन्नुभयो, “नीति तथा कार्यक्रम प्रदेश सरकारको धरातलीय यथार्थभन्दा टाढा छ । समयको माग र बहुमत जनताको आवश्यकतालाई सम्वोधन गर्न यो सफल छैन । शासक दलको इमानदारीको अभाव, प्रतिफल देखाउनेभन्दा प्रतिवादमात्र गर्दै हिँड्ने संस्कारका कारण यो वर्षको नीति तथा कार्यक्रम दाबी गरिएझैँ सफल हुने देखिँदैन ।”
उहाँले समाजवादउन्मुख अर्थतन्त्र निर्माणको आधारशिला खडा गर्ने सरकारी नारा स्याल हुइँयाबाहेक केही नभएको बताउनुभयो ।
“गणतन्त्रको १२ औँ वार्षिक उत्सवको सेरोफेरोमा ल्याइएको प्रदेशको नीति तथा कार्यक्रमले गणतन्त्र र संघीयतालाई थप बलियो तथा तेजिलो बनाउने योजना दिन सकेन । भद्दा श्रृङ्गारपटारले रूप न रङ्गको बनेको यो नीति तथा कार्यक्रम गत वर्षको नीति तथा कार्यक्रम लागू नै नभई या व्यवहारमा अत्यन्त फित्तलो भए जस्तै अन्त्य हुनेछ । उही शैलीमा उही किसिमको यो वर्ष पनि ल्याइयो । रहर, इच्छा, आकाङ्क्षा असङ्ख्य पाल्ने तर काम पटक्कै नगर्ने । यही प्रवृत्तिका कारण गत वर्षको नीति तथा कार्यक्रम पूर्णरूपमा असफल भयो । त्यही शङ्काको घेरामा यो वर्षको नीति तथा कार्यक्रम पनि परेको छ । झट्ट हेर्दा यो नीति तथा कार्यक्रम श्लोक सङ्ग्रह या ठगी विद्याको मन्त्र सङ्कलनजस्तो हुनु सुखद् विषय होइन”, गोसाईले भन्नुभयो ।
गणतन्त्र स्थापनाको एघार वर्षपश्चात् पनि जनताको जीवनमा तात्विक हेरफेर नआएको, प्रवृत्ति तथा संस्कारमा परिवर्तन नभएको, शासकहरूमा निरङ्कुश सोच तथा शैली बढेको, नव खानदानी वर्गको अत्याचार तथा शोषणबाट समाज आक्रान्त भइरहेको आदि आक्रोशपूर्ण भनाइहरू आइरहेको बताउनुभयो ।
प्रतिपक्षले उठाएका सवालप्रति बेवास्ता गर्ने, हेपाहा तथा मिचाहा प्रवृत्ति देखाउने, अहङ्कार तथा आडम्बरमै रम्ने प्रदेश सरकारका केही मन्त्रीको शैलीले गणतन्त्रलाई गिज्याइरहेको र सरकार विवादमा पर्दै गइरहेको उहाँको भनाइ थियो ।
छलफलमा भाग लिंदै नेमकिपाका अर्का वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य सृजना सैंजूले अघिल्लो वर्षको नीति तथा कार्यक्रममा उच्च दरको आर्थिक वृद्धि हासिल हुने र आत्मनिर्भर अर्थतन्त्रको आधारशीला तयार हुने कुरा उल्लेख भए पनि कुनै पनि कुरा कार्यान्वयन नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“आर्थिक वर्ष २०७४÷७५ सम्ममा मात्र ४३ लाख ६५ हजार ४५ युवा वैदेशिक रोजगारीमा गएको सरकारकै तथ्याङ्कले बताउँछ । सरकारको स्वरोजगारको नाराले सरकार आफैलाई गिज्याइरहेछ । वनसम्बन्धी नारा शासक दलले अप्ठ्यारो नमानी प्रस्तुत गरेको छ । आज देशको वन तस्करको धन, वन व्यवस्थापन होइन विनाश हुँदैछ ।”
उहाँले नीति तथा कार्यक्रम अन्त्यानुप्रास मिलेको ३८–४० नाराहरूको सङ्कलन पुस्तिका भएको बताउनुभयो ।
सांसद सैंजूले भन्नुभयो, “नीतिमै अलमल यो नीति तथा कार्यक्रमले प्रदेश नं ३ का जनतालाई अझै लामो समय अनिर्णयको बन्दी बनाउने देखिन्छ । सङ्घीयता प्यान्डोराको बाकस नबनोस् भन्ने जनताको चिन्तालाई सही साबित गर्ने यो अर्को थप एउटा दस्ताबेजबाहेक केही होइन । यस निलो पुस्तिकाले पुरानै नीति तथा कार्यक्रमको भजनलाई निरन्तरता दिएको छ । बिरालो बाँधेर श्राद्ध गर्नु भनेको यही हो ।”
शब्दकोशबाट राम्रा शब्द टिपेर थुपार्दैमा नीति तथा कार्यक्रम नबन्ने भन्दै भन्नुभयो,“शब्द थुपारेर अमूर्त आख्यान बनाउन खोजिएको छ । यद्यपि आख्यान पनि बन्न सकेको छैन ।”
“दुईतिहाइको दम्भ पालेको र आफूलाई कम्युनिष्ट दाबी गर्ने सरकारले एक वर्ष आकाशको तारा धर्तीमा झार्ने होहल्ला र गफगाफमै बिताएको एउटा प्रमाण हो, यो नीति तथा कार्यक्रम । प्रतिफल शून्यता र नतिजाविहिनताको एक वर्षपश्चात यो अर्को नीति तथा कार्यक्रम आएको छ”, सैंजूले भन्नुभयो ।
Leave a Reply