अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १७ जेठ । आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय–सुझाव सङ्कलन गर्ने क्रममा भक्तपुर नगरपालिकाले शुक्रबार महिला भेला ग¥यो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले नगरवासीहरूको राय–सुझावअनुसार बजेट विनियोजन गर्न प्राथमिकता छुट्याउने प्रचलनअनुसार महिलाहरूसँग राय सुझाव सङ्कलन गर्न कार्यक्रम राखेको उल्लेख गर्दै नगरपालिकाको सीमित बजेटलाई प्राथमिकताको आधारमा अधिकत्तम सदुपयोग हुने गरी विनियोजन गर्न उचित राय सुझाव दिन अनुरोध गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले समाज विकासको लागि महिला सशक्तिकरणको आवश्यकता औंल्याउँदै भनपाबाट प्रदान गर्दै आएका स्वास्थ्य सेवाहरूबारे जानकारी गराउनुभयो ।
कार्यक्रममा सहभागी नगरवासी महिला दिदीबहिनीहरूले महिलाहरूको ज्ञान वृद्धि गर्ने ऐन–कानुनबारे कक्षा सञ्चालन, महिला हिंसा रोक्न आत्मरक्षाको तालिम, प्रौढ कक्षा सञ्चालन, थाइराइड रोगको स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने, कुहिने–नकुहिने फोहर सङ्कलनको लागि महिला लक्षित जनचेतना कार्यक्रम सञ्चालन, आकाशे पानी शुद्धीकरण र सङ्कलनबारे तालिम, घरदैलो नर्सिङको लागि गुल्कोमिटर उपलब्ध गराउनुपर्ने, छाडा चौपाया व्यवस्थित गर्नुपर्ने, व्यवस्थित वधशाला र तरकारी बजार व्यवस्था गर्नुपर्ने, ज्येष्ठ नागरिकको लागि आदर निकेतन र स्याहार केन्द्र, सङ्घ संस्था र सार्वजनिक निकाय अपाङ्गमैत्री हुनुपर्नेलगायत सुझाव दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
Leave a Reply