भर्खरै :

नगरकोटमा कोणसभा

काभ्रे, १७ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा शुक्रबार नगरकोटमा समसामयिक राजनीतिक परिस्थितिबारे कोणसभा भयो ।
कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समितिका सदस्य पूर्णसिं वाइवाले नेकपाको सरकारले कम्युनिस्ट सरकारको आचरण र व्यवहार देखाउन नसकेको भन्दै नेकपाले कम्युनिस्टको नाममा जनतालाई झुक्याउने गल्ती गरिरहेको धारणा राख्नुभयो ।
नेक्राविसङ्घका केन्द्रीय सदस्य मिलन गणेजूले देशको शैक्षिक क्षेत्रको सुधारको निम्ति वर्तमान सरकारले कुनै उल्लेख्य काम गर्न नसकेको चर्चा गर्दै राजनीतिक भागवण्डाको कारण देशकै सबभन्दा ठूलो र पुरानो विश्वविद्यालय विकृतिको दलदलमा फस्दै गएको विचार राख्नुभयो ।
ओली सरकारले समृद्धि र विकासको नारा फलाके पनि देशको शैक्षिक विकासको निम्ति बजेट बढाउन नसकेको बताउनुभयो ।
नेक्रायुसङ्घका एचएस सुवालले युवाहरूलाई रोजगारीको नाममा नेकपा सरकारले आफू नजिकका युवाहरूलाई सरकारको पैसा बाँड्न खोजेको बताउनुभयो ।
उहाँले नेकपाको सरकार शक्ति देशको चंगुलमा फस्दै गएको र सार्कको अध्यक्ष भएर बिम्स्केटलाई सबल बनाउने भारतको चालमा नेकपाले सहयोग गरेको विचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपा मण्डनदेउपुरका अध्यक्ष दिलमान तामाङले नेकपाको सरकारले भारतले मिचेको नेपाली भूमि फिर्ता गर्न एक शब्द नबोलेको बरु नेपालका नदीनाला र अन्य प्राकृतिक स्रोत साधन भारतको हातमा सुम्पिन खोजेको विचार राख्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ काभ्रेका ज्ञानेन्द्र डंगोल, ओमप्रसाद मानन्धर, नेक्राविसङ्घका तारा तामाङ र सुमन न्यौपानेलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *