भर्खरै :

शारदामा विद्यार्थीलाई स्वागत

भक्तपुर, १७ जेठ । शारदा माध्यमिक विद्यालयको आयोजनामा शुक्रबार शैक्षिक सत्र २०७६ का नव आगन्तुक विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम भयो ।
स्वागत कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतईले नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूले पढाइमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूको मुख्य काम पढाइ हो । पढाइका साथै अतिरिक्त क्रियाकलापको माध्यमबाट आफ्नो क्षमता वृद्धि गर्नुपर्छ ।”
कार्यक्रममा शिक्षक सुन्दर राजचल, सरोजकुमार दुलाल, विनय कोजू, मञ्जु लागे, विद्यार्थी हित समिति शारदा एकाइका नरिसा मुलगुठीले पनि बोल्नुभएको थियो ।
यसै शैक्षिक सत्रमा भर्ना हुन आएका विद्यार्थीहरूलाई शिक्षिका चनादेवी श्रेष्ठले उपहार प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूको तर्फबाट सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो ।
शारदा भूतपूर्व विद्यार्थीले गरे सहयोग
शारदा माविबाट २०३७ सालमा एलएलसी परीक्षा दिएका भूतपूर्व विद्यार्थीको तर्फबाट विद्यालयलाई २५ हजार रुपैयाँ सहयोग गरिएको छ । २०३७ साल विद्यार्थी समूहका अध्यक्ष रमेश साखसहितको टोलीले विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईलाई सो रकम हस्तान्तरण गर्नुभयो । विद्यालयलाई डेक्स, बेन्च र कुर्सी आवश्यक भएकाले फर्निचरका सामान बनाउन सहयोग गरिएको समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *