भर्खरै :

यार्सा टिप्न गएका तीनको मृत्यु

डोल्पा, १८ जेठ (रासस) ः डोल्पामा यार्सागुम्बा टिप्न गएका तीन जनाको मृत्यु भएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा पर्ने पाटनमा यार्सागुम्बा टिप्न गएका जाजरकोटका दुईको लेक लागेर मृत्यु भएको हो ।लेक लागेका बारेकोट गाउँपालिका–१ का १८ वर्षीय कृष्ण विकलाई उपचारका लागि फोक्सुण्डो ताल नजिक पर्ने रिग्मो गाउँमा ल्याइपु¥याउँदा आज बिहान मृत्यु भएको र जाजरकोट जिल्लाकै वर्ष २२ का रमेश चलाउनेको शुक्रबार प्यारी भोक्पाभन्ने ठाउँमा मृतु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी डोल्पाको ठूलीभेरी नगरपालिका–१ का वर्षीया ३८ का बुद्धि कार्कीको गत बिहीबार दुना यार्सापाटनमा भिरबाट लडेर मृत्यु भएको थियो । लेक लागेर बिरामी पर्नेकोे सङ्ख्या बड्दै गएकाले सर्वसाधारण धमाधम घर फर्कन थालेको बताइएको छ ।एक महीना अघिमात्रै यार्सा सङ्कलन गर्न आएका जुम्लाका दुईजनाले ज्यान गुमाएका थिए। गत वैशाखदेखि हालसम्म जम्मा पाँच जनाले ज्यान गुमाइसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *