भर्खरै :

बजेटबारे अन्तरक्रिया

भक्तपुर, १८ जेठ । वागीश्वरी कलेज अर्थशास्त्र विभागको आयोजनामा शनिबार आव २०७६/७७ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममानेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव २०७५/७६ र आव २०७६/७७ को बजेट वक्तव्यका प्रतिबद्धताका कतिपय वाक्य नै उही भएकोले यो बजेट प्रतिबद्धताको पुलिन्दामात्र भएको बताउनुभयो ।
उहाँले साक्षर नेपाल घोषणा गरिने, नेपाललाई उत्कृष्ट शैक्षिक केन्द्र बनाइने, काठमाडौँ उपत्यकालाई धुँवामुक्त वा स्वच्छ बनाइने, एक–दुई दर्जन वस्तुमा आत्मनिर्भर हुने, मेलम्चीको खानेपानी वितरण गर्ने, संसद् भवन बनाउने आदि विषय अघिल्लो बजेट वक्तव्यबाट उतारिएको बताउनुभयो ।
उहाँले बजेटमा महँगी नियन्त्रण गर्ने, आन्तरिक उत्पादन बढाउने, व्यापार घाटा कम गर्ने कुनै स्पष्ट खाका नभएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. बलराम दुवालले कम्युनिष्ट सरकारले प्रस्तुत गरेको बजेट समाजवादको विकासभन्दा पुँजीवादलाई बलियो बनाउने प्रकृतिको रहेको बताउनुभयो ।
उहाँले देशको व्यापार घाटा अचाक्ली बढेको भन्दै बजेटको चालीस प्रतिशत पनि व्यवहारमा लागू गर्न कठिनाइ हुने धारणा राख्नुभयो ।
शिक्षक ज्ञानसागर प्रजापतिले शिक्षा क्षेत्रमा बजेट कटौतीले सरकार भविष्यप्रति उदासीन भएको पुष्टि हुने बताउनुभयो ।
कार्यक्रममा अर्थशास्त्र विभागका प्रमुख मुरज दिदीया, शिक्षिका नारायणदेवी दुवाल, दिनेश सुवाल, सुशीला कर्माचार्य र रत्नप्रसाद फैजूले पनि बजेटका विभिन्न पक्षबारे टिप्पणी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *