संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
काठमाडौँ, १८ जेठ । पुरानो पाठ्यक्रमअनुसार कक्षा १० मा अध्ययन गर्ने जो कोही विद्यार्थीले अङ्ग्रेजी भाषाको पाठ्यक्रममा एउटा पाठ पढ्नुपर्छ, त्यो हो ‘अ पेन फ्रेण्ड टु गम्भीरमान’ ।यो पाठ पढ्ने विश्व निकेतन माविका छात्रछात्रा मात्र नभई देशभरिका विद्यार्थीले चिनिएको नाम हो– ‘गभ्मीरमान मास्के’ । यो पाठ वरिष्ठ शिक्षाविद् गम्भीरमानलाई सम्झँदै त्रिभुवन विश्वविद्यालयका उपकुलपति केदारभक्त माथेमाले लेख्नुभएको पाठ हो । यो नै पाठका नायक नेपाली शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्व वरिष्ठ शिक्षाविद् स्व. मास्केद्वारा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ नामक पुस्तक तीन वटा भाषामा अनुवाद भएको छ ।
नेपालभाषामा लिखित ‘न्हि–म्हगसय् वइम्ह’ पुस्तक नेपाली भाषामा ‘दिवा स्वप्नमा आउने’ तथा ‘दि लिन्जेरिङ इमेज अफ माई डेड्रिम’ आज एक समारोहमा विश्वनिकेतन माविमा विमोचन भयो । स्व. मास्केले आफ्नी श्रीमती गङ्गाको सम्झनामा यो आत्मवृत्तान्त पुस्तक लेख्नुभएको थियो ।
Leave a Reply