भर्खरै :

बजेट तर्जुमासम्बन्धी मजदुर–किसान भेला

भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय सुझाव सङ्कलन गर्ने क्रममा आइतबार मजदुर र किसानहरुको भेला ग¥यो ।
भेलामा भनपा प्रमुख सुनिल प्रजापतिले जनताको राय–सुझावलाई प्राथमिकतामा राखी योजनाहरू तर्जुमा हुने बताउँदै नगरपालिकाको रकम जनताकै बीचमा अधिकत्तम प्रयोग हुने बताउनुभयो ।
उहाँले नगरवासीहरूको राय–सुझावअनुरूप बजेट बनाउने तयारी रहेको बताउँदै नगरपालिकाले जनतालक्षित योजनाहरू सञ्चालन गरिरहेको र कृषि विशेषज्ञमार्फत कौसी खेती, च्याउ खेती, बेमौसमी तरकारी खेती, माटो जाँच, कीटनासक औषधि प्रयोग विधि र थ्रेसर मेसिन वितरण गरी किसानहरूको हितमा कार्यहरू गरिरहेको बताउनुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले स्थानीय तहहरूको लागि उदाहरणीय कार्यहरू गरिरहेको चर्चा गर्दै नगरभित्रका सार्वजनिक र निजी विद्यालयबीचको भेद हटाउन विभिन्न विषयमा तालिमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
भेलामा सहभागी किसान तथा मजदुरहरूले भक्तपुर नपामा चिस्यान केन्द्र बनाउनुपर्ने, नयाँ पुस्तामा नैतिक शिक्षा मिल्ने पाठ्यक्रम निर्माणमा जोड दिनुपर्ने, भक्तपुरको सल्लाघारीमा नगर प्रवेशद्वार बनाउनुपर्ने, कम्पोष्ट मल व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने, पोखरीहरूमा माछापालन गरी पोखरीको वरिपरि हरियाली व्यवस्थापन गर्नुपर्ने, सफाइ मजदुरहरूको लागि तालिम, टोल–टोलमा भएको पर्ती जग्गा संरक्षण र बेरोजगारीको समस्या समाधान गर्न नगरभित्र हस्तकला, धातुकला, मृतिकाकला, काष्ठकलालगायतको उद्योग स्थापना गर्नुपर्नेलगायत सुझाव दिए ।
भेलामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *