अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिकाले मङ्गलबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
गत चैतदेखि २०७६ असारसम्म ४ महिनाको सामाजिक सुरक्षा भत्ता वडा नं. १ मा वितरण गरियो ।
उक्त भत्ता वितरणमा ज्येष्ठ नागरिक १३९ जनालाई रु. ११,१२,०००÷–, ७० वर्ष उमेर पुगेका एकल महिला ४० जनालाई रु. ३,२०,०००÷–, ७० वर्षमुनिका एक महिला ११९ जनालाई रु. ४,७६,०००÷– पूर्ण असक्त ३ जनालाई रु. २४,०००÷– र आंशिक असक्त नागरिक ४ जनालाई रु. ९६००÷– वितरण गरिएको छ । त्यस्तै अघिल्लो चौमासिक भत्ता लिन छुट भई हाल प्राप्त गर्ने ज्येष्ठ नागरिक १ जनालाई रु. ४०००÷, ज्येष्ठ नागरिक १ जनालाई रु. ८०००÷– का दरले जम्मा ३०७ जनालाई रु. १९,५३,६००÷– सामाजिक सुरक्षा भत्ता वितरण भएको वडा सचिव दामोदर लिवीले बताउनुभएको छ ।
यसरी नै वडा नं. २ मा पनि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । वडा कार्यालयबाट प्राप्त जानकारीअनुसार ज्येष्ठ नागरिक २४९ जनालाई १९, ९२,०००÷– एकल महिला ज्येष्ठ ७५ जनालाई ६ लाख, विधवा महिला १६९ लाई ६,७६,०००÷– पूर्ण अपाङ्ग ९ जनालाई ७२ हजार र आंशिक अपाङ्ग ११ जनालाई २६,४००÷– भत्ता वितरण गरिएको छ ।
वडा नं. १० मा पनि भत्ता वितरण गरियो । उक्त वडामा ज्येष्ठ नागरिक १५३ जनालाई १२,२४,०००÷– एकल महिला ११९ जनालाई ४,८०,०००÷–, एकल ज्येष्ठ महिला ४२ जनालाई ३,३६,०००÷–, आंशिक अशक्त ६ जनालाई १४,४०० र पूर्ण अशक्त ४ जनालाई ३२ हजार सामाजिक सुरक्षा भत्ता वितरण भएको वडा कार्यालयले जनाएको छ ।
Leave a Reply