अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
विश्व वातावरण दिवस बुधबार विश्वभर मनाइँदै छ । यस वर्ष वायु प्रदूषणलाई ध्यानाकर्षणको विषय बनाइएको छ । हामी स्वास फेर्न बन्द गर्न सक्दैनौँ तर हामीले फेर्ने हावाको गुणस्तरको निम्ति केही गर्नसक्छौँ । यस वर्षको वातावरण दिवसको नारा यसै विचारको सेरोफेरोमा छ ।
वायु प्रदूषणको कारण विश्वमा वार्षिक करिब ७० लाख मानिस वयष्क नहुँदै जीवन गुमाइरहेका छन् । त्यसमध्ये एसिया–प्रशान्त क्षेत्रका ४० लाख पर्छन् । विश्व वातावरण दिवसले विश्वलाई वैकल्पिक ऊर्जा र हरित प्रविधिको विकासको निम्ति आह्वान गर्नेछ ।
यसै सन्दर्भमा सार्वजनिक भएका अन्य तथ्यहरूले पनि जो कोहीलाई झस्काउने छन् । विश्वका ९२ प्रतिशत मानिसले स्वच्छ हावामा स्वास फेर्न पाएका छैनन् । वायु प्रदूषणकै कारण हरेक वर्ष ५ खर्ब डलर क्षति भएको छ ।
वायु प्रदूषणको कारण पृथ्वीमा रहेका जीवमाथि नै सङ्कट आइलागेको निष्कर्ष धेरै अघि नै निकालिएको हो । हरितगृह ग्यास (कार्बन डाइअक्साइड) को अनियन्त्रित उत्सर्जनले गर्दा पृथ्वीको तापक्रम क्रमशः बढ्दै छ, यसले हिमालको हिउँ पग्लिँदै छ र समुद्री सतह बढ्दै छ । तराईका जनावर बिस्तारै माथि सर्दै छन् भने उच्च पहाडी भेगका जनावर सर्ने ठाउँ नरहने स्थिति बन्दै छ । हिमालको कारण बा¥है मास बग्ने नदीको मुहान अब बिस्तारै सुक्दै जानेछ । अर्कोतिर पृथ्वीका जीवको सुरक्षा कवचको रूपमा रहेको ओजन तह पनि वायु प्रदूषणकै कारण प्वाल पर्दै छ र ती प्वाल भएर पृथ्वीको सतहसम्म पुग्ने अल्ट्राभायोलेट विकीरणको कारण जीव जगतको अस्तित्व समाप्त हुने स्थिति छ । ओजन तहमा भएको क्षतिको कारण सन् २०३० सम्ममा २६ प्रतिशत बालीमा क्षति पुग्ने तथ्य पनि सार्वजनिक भएको छ ।
वायु प्रदूषण गर्ने विकसित भनिएका देशहरू नै मुख्य हुन् भन्ने कुरा निर्विवाद छ । औद्योगिक क्रान्तिदेखि पृथ्वीको वायुमण्डलमा थुप्रिएको अत्यधिक कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साड, क्लोरोप्लोरोकार्वनलगायत अनेक हानिकारक ग्यासले वायुमण्डल जीवको निम्ति प्रतिकूल बनेको हो । संरा अमेरिका, चीन, भारतजस्ता ठूला विकसित र विकासशील देशहरू नै मुख्य वायु प्रदूषक देशहरू हुन् । संरा अमेरिकाले वातावरण प्रदूषण घटाउने वा कार्बन उत्सर्जन घटाउने कुनै पनि अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताअनुसार काम गर्न चाहिरहेको छैन । यस मानेमा संरा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायमा बल मिचाइ गरिरहेको र विश्वका निर्दोष जीवको जीवन सङ्कटमा परिरहेको छ । त्यसैले विश्व वातावरण दिवस मनाउनुको अर्थ संरा अमेरिकी हैकमवादी प्रवृत्तिको विरोध पनि हो ।
वायु प्रदूषणको सन्दर्भमा नेपाललाई नखाएको विष लाग्ने र यसले विश्वसमेत प्रभावित हुने एकातिर छ भने नेपालका सहरी क्षेत्र खासगरी काठमाडौँ उपत्यका बसिनसक्नु हुन थालेको छ । खासगरी काठमाडौँमा क्षमताभन्दा बढी जनसङ्ख्या छ र सोहीअनुसार रहेका इन्धन गाडी, इँटाभट्टा र अन्य उद्योगहरू वायु प्रदूषणका मुख्य कारण हुन् । उपत्यकाको कचौराजस्तो भूगोलको कारण पनि वायु प्रदूषण बढेको पाइन्छ । यसले स्वासप्रस्वासका अनेक रोगका साथै क्यान्सरजस्ता महारोगहरू बढेको पाइन्छ ।
पानीको धनी देश नेपालले विद्युतीय गाडी ल्याउन हतार भइसकेको छ । वैकल्पिक ऊर्जालाई स्थान दिनैपर्छ । प्रदूषण फैलाउने उद्योगहरू क्रमशः काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्छ ।
Leave a Reply