अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २२ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को बजेट तयार गर्न बुधबार भक्तपुर नगरपालिकाको पूर्वजनप्रतिनिधिहरूसँग सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरपालिकाका २०३९ सालदेखिका पूर्वजनप्रतिनिधिहरूको अनुभवबाट सिक्ने र आर्थिक वर्ष २०७६÷७७ को लागि राय–सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ भेला आयोजना गरेको उल्लेख गर्दै नगरपालिकाले विदेशीहरूको सहयोग लिएर सम्पदा संरक्षण र विकास निर्माण कार्य गर्नेभन्दा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त अनुदान र नगरपालिकाको आफ्नै स्रोतबाट कार्य गरिरहेको बताउनुभयो ।
उहाँले नगरपालिकाले विकास निर्माण, सम्पदा संरक्षण, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन, पर्ती र सार्वजनिक जग्गा संरक्षणलगायतका विविध गतिविधिहरू गरिरहेको जानकारी गराउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरपालिकालाई अझ व्यवस्थित गर्दै अगाडि बढ्ने क्रममा पूर्वजनप्रतिनिधिहरूको अनुभव र राय–सुझाव महत्वपूर्ण हुने बताउँदै विकास योजना घोषणापत्रकै आधारमा बनेको स्पष्ट पार्नुभयो ।
हरियाली नहुँदा वातावरण प्रदूषित भई अनेक रोग लाग्नेतर्फ सचेत हुनुपर्ने विचार व्यक्त गर्दै उपप्रमुख जोशीले नमुना नगरको लागि सबैको भरोसा र विश्वास आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा पूर्वजनप्रतिनिधिहरू विष्णुगोपाल कुसी, नारायणमान वनमाला, आशकुमार कोजू, नाति ह्योम्बा, बुद्धिराम दुवाल, सानुकाजी माकजु, सत्यनारायण दिदिया, ज्ञानसागर प्रजापति, रामहरि गोरा, सिद्धिप्रसाद अवाल र तुल्सीराम धुख्वाले विभिन्न सीप भएका अग्रजहरूलाई सम्मान गर्नुपर्ने, कर तिर्ने बानीको विकास गर्ने वातावरण तयार गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
त्यस्तै नगरका सांस्कृतिक सम्पदाहरूको अध्ययन–अनुसन्धान गरी अभिलेखीकरण गर्नुपर्ने, मठ मन्दिर जीर्णोद्धार र पुनःनिर्माणपछि अभिलेख राख्नुपर्ने, पर्यटक बसपार्क क्षेत्रको बाटो सुधार गर्नुपर्ने, पुरानो नगरपालिका भवनको शीघ्र पुनःनिर्माण गरी सांस्कृतिक सङ्ग्रहालय सञ्चालन गर्नुपर्ने, भक्तपुर नगर प्रवेश हुने सबै क्षेत्रहरूको वातावरण सुधार गर्नुपर्ने, हनुमानघाटको सुधार गरी विद्युतीय शवदाहगृह व्यवस्था गर्नुपर्ने पनि सुझाव दिइएको थियो । १० नं. वडा कार्यालय नगाँचाको पर्ती जग्गामा भवन निर्माण गरी स्थानान्तरण गर्नुपर्ने, परम्परागत सांस्कृतिक नाचगानको प्रदर्शनस्थलको व्यवस्था गर्नुपर्ने, पूर्वप्राथमिक तहका शिक्षक–शिक्षिकाहरूलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने, एक विद्यालय एक नर्स कार्यक्रम नगरका विद्यालयहरूमा लागू गर्नुपर्ने, नगरको पुरानो क्षेत्रमा भइरहेको सांस्कृतिक प्रदूषणको गतिविधि नियन्त्रण गर्नुपर्ने, कमलविनायक भ्वे छेँबाट भएको फोहरमैला व्यवस्थित गर्नुपर्ने, गाईजात्रा परिक्रमा मार्गलाई पर्यटकीय मार्गको रूपमा विकास गर्नुपर्ने, पर्यटन सेवा शुल्क वृद्धि गर्नुपर्ने, सम्पदा परिचय बोर्ड राख्नुपर्नेलगायतका सुझाव पनि उहाँहरूले दिनुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र साविक भनपा १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले पनि बोल्नुभएको थियो ।
Leave a Reply