ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाले बुधबार ऐतिहासिक र सांस्कृतिक पर्वसित सम्बन्धित जङ्गल योसिंगुँ (लिङ्गो वन) मा वृक्षरोपण ग¥यो ।
सूर्यविनायक नगरपालिका वडा नं १० स्थित सो वनमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सल्लाको वृक्ष (बोट) रोपण गरी प्रारम्भ गर्नुभयो । वृक्षरोपणपछि आयोजित सभामा मेयर प्रजापतिले रोपेको बोटको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नगर र नगर वरिपरिका नगरको वातावरण राम्रो भए भक्तपुरका सबै नगर स्वच्छ, सुन्दर र सफा हुने विचार व्यक्त गर्दै उहाँले स्वस्थ जीवन बिताउन खाली ठाउँमा बोटबिरुवा लगाउनुपर्छ भन्नुभयो ।
विभिन्न जात्रापर्वसित सम्बन्धित वनको संरक्षण गर्न पनि योसिंगुँमा वृक्षरोपण आवश्यक भएको उल्लेख गर्दै उहाँले बस्ने, घुम्ने र हेर्ने ठाउँलाई स्वच्छ, सफा र हरियाली बनाउनुपर्छ भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले संस्कृति र वातावरण जोगाउन सबै सरोकारवालाको सहयोग आवश्यक छ भन्नुभयो ।
उहाँले प्रदूषित वातावरणले अनेक रोग निम्त्यिाउने हुँदा प्रदूषण अन्त्य गरेर हरियाली बढाउन सबै जागरुक हुनुपर्छ भन्नुभयो ।
भनपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले धुलो र धुवाँले मानव बस्ती नै प्रदूषित हुने हुँदा संस्कृति जोगाउनमात्र होइन वातावरण सुधारको पनि खाँचो छ भन्नुभयो ।
जङ्गल मास्ने तर वृक्षरोपण नगर्ने कारण जङ्गल विनाश हुँदै गइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
सूर्यविनायक नपा वडा नं ९ का वडाध्यक्ष गणेश त्यातले लिङ्गो वनमा भनपाले व्यवस्थित ढङ्गले वृक्षरोपण गरेकोमा खुसी व्यक्त गर्दै वनको व्यवस्थापन गर्न हेरालुको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
लिङ्गो गुठी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शेखर खड्काले स्थानीय वन उपभोक्ता र स्थानीय जनताको आग्रहमा भनपाले वृक्षरोपण गरेर लिङ्गो वन संरक्षण गर्न लागेकोमा खुसी व्यक्त गर्दै गाउँको दुःख – सुखमा भनपाले निरन्तर सहयोग गरिरहने विश्वास व्यक्त गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले रुख काट्ने तर कहिल्यै वृक्षरोपण नगर्ने लिङ्गो वनमा स्थानीय जनताको भावनाअनुसार कार्य गर्नु सराहनीय छ भन्नुभयो ।
कार्यक्रममा भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वृक्षरोपणको आवश्यकताबारे चर्चा गर्दै स्वागत मन्तव्य दिनुभयो ।
१९ हेक्टर फैलिएको सो वनमा भनपाका वडाध्यक्ष, कर्मचारी, सूर्यविनायक नपाका स्थानीय जनता, वन उपभोक्तामा आबद्ध व्यक्तिहरूले ४ सयवटा सल्लाको बोट रोपेका थिए ।
वातावरण दिवसको अवसर पारेर यसअघि पनि वृक्षरोपण गरिएको थियो । त्यस वृक्षरोपणमा जिल्ला वन कार्यालय, गुठी संस्थान, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन उपभोक्ता समिति, सूनपा प्रजापति द्योगुठी, प्रगति समाज ताथली, प्रगति युवा समाज र बिस्केट जात्रा सहयोग समितिमा सम्बद्ध व्यक्तिहरूको पनि सहभागिता थियो ।
त्यस्तै वातावरण दिवसको अवसरमा भीम आदर्श आधारभूत विद्यालयले महेश्वरीस्थित ढुङ्गेधारा सरसफाइ गर्नुको साथै विद्यालय परिसरमा सरसफाइ ग¥यो ।
Leave a Reply