भर्खरै :

‘भेनेजुयलाबाट पनि अमेरिकी साम्राज्यवाद पुच्छर लुकाएर भाग्नुपर्नेछ’

भक्तपुर, २३ जेठ । ‘‘विश्वका जनता जतिजति साम्राज्यवाद र नवउपनिवेशवादविरूद्ध सचेत र जागरूक बन्दै आएका छन्, त्यतित्यति संरा अमेरिकी साम्राज्यवाद असफल हुँदै भाग्न परिरहेको छ । भेनेजुयलामाथि सैनिक हस्तक्षेपको लागि तयार भएर बसेको संरा अमेरिका त्यहाँबाट पनि फर्कनुपर्नेछ ।’’
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले नेपाल कर्मचारी समाज केन्द्रीय समितिद्वारा बिहीबार आयोजित ‘भेनेजुयला हिजो र आज’ पुस्तक विषय अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा बताउनुभएको हो ।
भेनेजुयला एक दार्शनिक पृष्ठभूमि, साम्राज्यवाद र उपनिवेशवादविरूद्ध सङ्घर्षको गौरवशाली इतिहास भएको देश बताउँदै उहाँले त्यहाँका जनताले कहिल्यै आत्मसमर्पण नगर्ने र अमेरिकी साम्राज्यवाद आफै पुच्छर लुकाएर भाग्नुपर्नेछ भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले भियतनामविरूद्ध युद्ध गर्दा त्यो युद्ध लावस र कम्बोडियासम्म फैलिएको तथा एसिया र विश्वभर नै साम्राज्यवादविरोधी लहर उठेको स्मरण गर्दै अध्यक्ष रोहितले भेनेजुयला आक्रमणले पनि प्रतिरोध युद्ध महादेशीय युद्धमा फेरिने र संरा अमेरिका त्यही फस्नसक्ने सम्भावना छ भन्नुभयो ।
अमेरिकी साम्राज्यवादले भियतनामदेखि अफगानिस्तान, इराक र लिवियामा हमला गर्दा नेमकिपा र नेपाली जनताले विरोध–जुलुसलगायत विभिन्न गतिविधि गर्दै आएको उल्लेख गर्दै अध्यक्ष रोहितले भेनेजुयला र ल्याटिन अमेरिकाको वास्तविक स्थितिबारे नेपाली जनतालाई बताउँदै जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नेपालको वर्तमान सरकार कुनै वामपन्थी या प्रगतिशील सरकार नभएको बरू साम्राज्यवादसित घाँटी जोड्ने र ठगहरूबाट घेरिएको ठगहरूकै सरकार भएको बताउनुभयो ।
‘‘सरकारमा बसेका पार्टीका नेता–कार्यकर्ताहरू लोभीपापी र मूर्ख भएकाले सरकार काण्डैकाण्डमा फस्दै गइरहेको छ । हामीले सरकारमा बसेकाहरूको विरोध र आलोचना कुनै व्यक्तिगत रिसइवी भएर गरिरहेका छैनांै बरू सरकारमा बसेकाहरूले अहिलेको भन्दा बढी खराब निर्णय र काम नगरोस् भनेर हो ।’’ उहाँले भन्नुभयो ।
कर्मचारीहरूले आफ्नो लागि वा जागिरको लागि काम गर्नेभन्दा देश र जनताको सेवा गर्ने भावना राखेर काम गर्नुपर्नेमा जोड दिंदै अध्यक्ष रोहितले हामी इमानदार, देशभक्त र क्रान्तिकारी भयौं भनेमात्र हाम्रा छोराछोरी वा नयाँ पुस्ता इमानदार, देशभक्त र क्रान्तिकारी
बाँकी पृष्ठ ८ मा
“भेनेजुयलाबाट…
बन्नेछन् भन्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार समाजका सदस्य प्रकाश थुसाले भेनेजुयलाको सरकारमाथिको साम्राज्यवादी हमला राष्ट्रपति निकोलस माडुरोमाथिको हमला नभई त्यहाँको बोलिभारियाली समाजवादी क्रान्तिमाथिको हमला भएको प्रस्ट पार्नुभयो ।
निकोलस माडुरोको सरकार क्युवा, चीन, रूस वा विदेशी शक्तिको भरमा नभई भेनेजुयलाका क्रान्तिकारी, प्रगतिशील र देशभक्त जनता, सेना र जनमिलिसियाको आधारमा टिकिरहेको हो भन्नुभयो ।
अमेरिकी निर्देशनमा भेनेजुयलामा सैनिक विद्रोह गरी सत्ता परिवर्तन गर्ने योजना पटक–पटक असफल भइसकेको बताउँदै उहाँले असफलताले आत्तिएका साम्राज्यवादी अमेरिकी शासकहरू सैनिक हमलाको उपयुक्त बहानाको खोजीमा रहेको बताउनुभयो ।
सभापतिको आसनबाट नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले साम्राज्यवादी देशहरूले आफ्नो फाइदाको लागि कमजोर देशको सार्वभौमिकता कुल्चने, कब्जा गर्ने र शासन परिवर्तन गर्ने बताउँदै भेनेजुयलामाथि परेको सङ्कट भविष्यमा नेपालमाथि पनि पर्नसक्ने हुनाले कर्मचारीहरू पनि सचेत हुनुपर्छ भन्नुभयो ।
उहाँले कर्मचारीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा जानकार बनिरहे आफ्नो कार्यक्षेत्रमा समेत सफल हुन मद्दत मिल्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका उपाध्यक्ष धनबहादुर रावत, सचिव शिवराम धुख्वा, सदस्यहरू काजीबहादुर पञ्च, ओमप्रसाद धौभडेल र मुरज दिदियाले पनि भेनेजुयलामा अमेरिकी हस्तक्षेपका विभिन्न पक्षबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *