तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २३ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा युवा बुलेटिन वर्ष ४ अङ्क १, २०७६ बारे अध्ययन गोष्ठी बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले नेक्रायुङ्घ राजनीतिक सङ्घर्षसंगै अगाडि बढेको चर्चा गर्दै युवाहरूले हरेक राजनीतिक आन्दोलनहरूको राम्रो अध्ययन गरेर सैद्धान्तिकरूपले परिपक्व हुनुपर्छ भन्नुभयो ।
उहाँले समाजवादी संस्कृतिको विकास गर्न युवाहरू अग्रसर हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले सार्वभौम देश भेनेजुयलामाथि अमेरिकाले हस्तक्षेप गर्नुको कारण त्यहाँको अपार प्राकृतिक स्रोत र दक्षिण अमेरिकामा मौलाउँदै गएको समाजवादी गतिविधि मुख्य रहेको बताउनुभयो ।
“चीनमाथि अमेरिकाले व्यापार युद्ध छेडेर नाङ्गो नाच देखाइरहेको छ । त्यसको प्रत्यक्ष प्रभाव विश्वका कामदार जनतामाथि पर्ने भएकोले त्यसको पनि नेपाली जनताले विरोध गर्नु जरूरी छ ।” केन्द्रीय सदस्य कवांले भन्नुभयो ।
नेक्रायुसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष मीनबहादुर बाटाले ओली सरकारले ल्याएको नागरिकता विधेयक हुबहु पास भए देश सङ्कटमा पर्ने उल्लेख गर्दै कम्युनिष्ट नामधारी सरकारले भारतीय विस्तारवादको निर्देशनअनुसार विदेशीलाई नागरिकता वितरण गरेर नेपालको सार्वभौमिकता धरापमा पार्ने काम गरेकोले यसको विरूद्ध युवा विद्यार्थीले जनजागरणको कार्यक्रमलाई निरन्तरता दिनु जरूरी रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा सम्पन्न कार्यक्रममा रामेश्वर मचामसी, रविन सुवाल, अमर प्रजापति, सुनिल ग्वाछा, रमन बोहजु, रामसुन्दर बासी, राजाराम बासीलगायतले युवा बुलेटिनबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply