भर्खरै :

नेक्राकिसङ्घ भक्तपुरको अपिल

नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको बैठक सङ्घका अध्यक्ष एवं भक्तपुर जिविसका जननिर्वाचित सभापति गोविन्द दुवालको अध्यक्षतामा मङ्गलबार बस्यो ।
बैठकले २०७३ चैत्र ११ गते राति आएको हुरी बतास र असिनाको कारण जिल्लाका विभिन्न क्षेत्रमा किसानले लगाएको गहुँ, तरकारी र फलफूल बाली नोक्सान भएको विषयमा ध्यानाकृष्ट गर्दै पीडित किसानलाई उचित राहतको व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको खबर छ ।
बैठकले २०७४ सालको नयाँ वर्ष र विस्केट जात्राको अवसरमा सम्पूर्ण न्यायप्रेमी जनतामा हार्दिक शुभकामना व्यक्त गर्दै परम्परादेखि सांस्कृतिक पहिचान बोकेको विस्केट जात्रा शान्तिपूर्ण र उल्लासमय रुपमा मनाउन सबै पक्षसँग हार्दिक अपिल गरेको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *