भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित
- जेष्ठ १६, २०८३
मंगलबार काठमाण्डौंको आरआर क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमालेसमर्थित अनेरास्ववियुले बाजी मारेको छ । तपेन्द्र शाही नेतृत्वको अखिलको पूरा प्यानल जितेको छ । कूल मतदाताको लगभग ४५ प्रतिशत मतदाताले मात्र मतदान गरेका थिए । स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको समयमा चुनाव गरेको भन्दै माओवादी केन्द्रलगायत केही विद्यार्थी संगठनहरु चुनावी प्रक्रिया बहिस्कार गरेका थिए । तथापि बहिस्कार गरेका विद्यार्थी संगठनहरुले पनि मत भने पाएका छन् । फागुन २६ गतेको चुनावमा उम्मेदवारी पनि नदिएको नेपाल विद्यार्थी संघले मंगलबार चुनावमा भाग लिएको थियो । त्यस्तै चुनावी प्रक्रिया बहिस्कारमा समर्थन जनाएका अखिल छैटौं, अखिल पाँचौं, नयाँ शक्तिलगायत संगठनहरुले पनि मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीसमर्थित नेक्राविसंघले भने चुनावी प्रक्रियामा भाग लिएको थियो ।
चुनाव बहिस्कार गर्ने पक्षको अखिल क्रान्तिकारीले मंगलबार बिहानैदेखि नै प्रदर्शनीमार्गमा प्रदर्शन गरेका थिए । केही समय प्रहरीसँग झडप समेत भएको थियो । ईटा हानाहान हुँदा केही समय मतदान गर्न लाइन बसेका विद्यार्थीहरुको भागदौड मचिएको थियो ।
क्याम्पस प्रमुखलाई राजदुत

आरआर क्याम्पसमा मंगलबार चुनाव गर्न एमालेले क्याम्पस प्रशासनदेखि प्रहरी प्रशासनसम्म पूरै सेटिङ मिलाएको थियो । एमालेले क्याम्पस प्रशासन, प्राध्यापक र कर्मचारीहरुमा आफ्नो बलियो पकडलाई स्ववियु चुनाव आफ्नो पक्षमा ल्याउने पूरै उपयोग गरेको थियो । क्याम्पस प्रमुख निर्मला सुवाल एमालेसमर्थक मात्र होइन, एमालेको कार्यकर्ता जस्तै प्रस्तुत भएकी थिइन् । प्राप्त जानकारीअनुसार सुवाललाई राजदुतको भागबण्डामा एमालेको कोटामा पार्ने आश्वासन दिएर जसरी पनि चुनाव गर्न लगाएको थियो । मंगलबार आरआरमा परिचालित प्रहरी पनि अखिलका नेताहरुको ‘आदेश’ अनुसार काम गरिरहेका थिए ।
फागुन १८ गते भएको स्ववियु चुनावमा राजधानीका कुनै पनि प्रमुख क्याम्पसमा अखिलले जित्न नसक्दा एमालेगणमा छाएको हतासालाई चिर्न एमालेले जसरी पनि स्ववियु चुनाव गरी अखिललाई जिताएर स्थानीय तहको चुनावमा कार्यकर्तालाई ग्लुकोज भर्ने मानसिकता बनाएको छ ।
Leave a Reply