ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २६ जेठ । वागीश्वरी कलेजको आयोजनामा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ब्अबमझष्ब(क्ष्लमगकतचथ म्ष्बयिनगभ कार्यक्रम आइतबार भयो ।
कार्यक्रमको उद्घाटन गर्दै वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको मुख्य स्रोत पर्यटन उद्योगलाई अगाडि बढाउन युवाहरूलाई चिनियाँ भाषा र पर्यटन पथप्रदर्शकको तालिम दिएको बताउनुभयो ।
कुनै पनि उद्योगी देशहरूले आफ्नो बजारको निम्ति साना तथा कमजोर देशहरूमा हस्तक्षेप गर्ने बताउँदै उहाँले वर्तमान सरकारले विदेशीको लागि आवश्यक सस्तो ज्यामी तयार गर्ने पाठ्यक्रम लागू गरिरहेको बताउनुभयो ।
मेची पुल बनाएको केही समयमै भत्केको, पप्पुजस्ता ठेकेदारी कम्पनीहरूको लापरबाहीलाई सरकारलाई बचाइरहेको प्रसङ्ग उद्धृत गर्दै उहाँले सरकार ठेकेदारहरूको चङ्गुलमा फसिरहेको प्रस्ट पार्नुभयो ।
सरकारले शिक्षा क्षेत्रको विकासको लागि बजेटमा झन्झन् घटाउँदै लगेको बताउँदै उहाँले देशको ११ वटा विश्वविद्यालयको अनुसन्धानको लागि ७ प्रतिशत बजेट छुट्याउनु लज्जास्पद छ भन्नुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका प्राचार्य कृष्णप्रसाद धन्छाले औद्योगिक प्रतिष्ठानमा पुगेर मात्र उद्योग सञ्चालनबारे थाहा हुने स्पष्ट पार्दै क्षमता र सीपको विकास गरेर स्वरोजगार हात पार्न सकिन्छ भन्नुभयो ।
वागीश्वरी माध्यमिक विद्यालयका सहायक प्राचार्य ज्ञानसागर प्रजापतिले इमानदारिताका साथ आफूसँग भएको सीप दैनिक जीवनमा प्रयोग गर्न सके सफल उद्यमी बन्न सकिन्छ भन्नुभयो ।
उद्योग व्यवसायी सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले विद्यार्थीहरूलाई व्यवहारिकरूपमा शिक्षासँग कार्यगत भई अगाडि बढ्नुभन्दा जागिरमुखी बन्ने प्रवृत्तिलाई न्यून गरी उद्योग व्यवसायी बनाउन कलेजले गरेको कार्यक्रमको सराहना गर्नुभयो ।
वागीश्वरी अनुसन्धान व्यवस्थापन विभागका संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विकल प्रजापति, मोहनकृष्ण श्रेष्ठ, अविना श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको पहिलो दिनमा प्रा.डा. पुष्कर बज्राचार्य, रामप्रसाद प्रजापति, कृष्णमुरारी न्यौपाने, लक्ष्मी अवाल, राजुमान बज्राचार्य र डा. किशोर हाकुदुवालले विभिन्न विषयमा बोल्नुभएको थियो ।
Leave a Reply