भर्खरै :

‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ चल्न सकेन

चितवन, २७ जेठ । दी टिम्बर कर्पोरेशन नेपाल लिमिटेडको भरतपुर कार्यालय परिसरमा निर्माण गरिएको ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ काठको अभाव र यसको महत्व बुझाउन नसक्दा प्रयोगविहीन बनेको छ । नेपालमा नै पहिलोपटक सरकारी तवरबाट यो प्लान्ट स्थापना गरिएको हो ।
कर्पोरेशनले नेपाल सरकारको रु. दुई करोड ५० लाख अनुदान लिएर निर्माण गरी वि सं २०७५ फागुन महिनाबाट सञ्चालनमा ल्याएको थियो । सो प्लान्ट अहिले आवश्यक काठ प्राप्त गर्न नसक्दा र यसबाट उत्पादित काठले बजार नपाउँदा बन्द अवस्थामा रहेको छ । जिल्लामा काठको माग बढ्ने तर यसबाट उत्पादित काठको प्रयोग गर्ने सेवाग्राही नहुँदा समस्या आएको कार्यालयका निमित्त प्रमुख हिमलाल बरालले जानकारी दिनुभयो ।
यस क्षेत्रमा सालको काठ पाइने भएपछि प्रशोधित काठभन्दा सालतर्फ सर्वसाधारण आकर्षित भएको देखिन्छ । बरालका अनुसार यस प्लान्टले सिसौ, टिक, करना, सल्लो, असना जस्ता काठलाई प्रशोधन गरी सुकाएर सालको काठ जस्तै बलियो बनाउँछ । प्रशोधन गरिएको काठ धमिरा लाग्ने र पसाङ्गीने समस्याबाटमुक्त हुन्छ । यहाँ सालको काठ प्रतिक्युफिट रु. तीन हजार ८०० पर्दछ भने प्रशोधन भएको काठ रु. दुई हजार देखि रु. दुई हजार ४०० सम्म पर्ने बरालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *