भर्खरै :

एकेडेमिया इन्डस्ट्री डायलग सम्पन्न

भक्तपुर, २७ जेठ  । वागीश्वरी कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा दुईदिने Academia Industry Dialogue कार्यक्रमको सोमबार भक्तपुर उद्योग वाणिज्य सङ्घको सभाहलमा सम्पन्न भएको छ ।
समापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले नेपाल अझै कृषिमा आत्मनिर्भर बन्न नसकेकोले कृषि उद्योगमा लगानी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले नयाँ पुस्ता इमानदार, लगनशील र नैतिकवान उद्यमी बने देशले चाँडै काँचुली फेर्ने बताउँदैै देशले सही राजनीतिक नेतृत्व पाएमा छोटो समयमा विकास गर्न सकिने बताउनुभयो । नेपालमा एक हजारभन्दा बढी ठेक्कापट्टा अलपत्र अवस्थामा रहेको बताउँदै उहाँले कमसल ठेक्कापट्टा भएको र विकृति बिसङ्गति रोक्न नसकिरहेकोले वर्तमान सरकार निकम्मा सावित भएको छ भन्नुभयो ।
विभिन्न समाजवादी देशको उदाहरण प्रस्तुत गर्दै उहाँले समाजवादी देशमा अनावश्यक कर नथोपर्ने र स्वदेशी उद्योगको संरक्षण गर्ने जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिले यस किसिमका कार्यक्रमले नयाँ पुस्तामा उद्यमशील भावनाको विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।
वागीश्वरी कलेज आरएमसीका संयोजक सिद्धिवीर कर्माचार्यको सभापतित्वमा सम्पन्न समारोहमा प्राचार्य धनकुमार श्रेष्ठ, विद्यार्थी प्रतिनिधि निष्ठा कायष्ठ, शिक्षक प्रतिनिधि श्रीराम श्रेष्ठ (काभ्रे बहुमुखी क्याम्पस), शिक्षक विकल प्रजापतिलगायतले बोल्नुभएको थियो ।
सोही दिन प्रा.डा. भोजराज अर्याल, डा. बलराम दुवाल, उद्यमीहरू सत्यनारायण प्रजापति, कृष्णभक्त दुवाल, शिवप्रसाद मानन्धर, विष्णुभक्त कुसी, शिक्षकहरू जगन्नाथ खतिवडा, नवीन प्रजापति, शिवजी हाकुदुवाल, चण्डेश्वरी लाखालगायतले प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *