पुटिनसँग आसियान नेताहरूको शिखर भेटवार्ता
- जेष्ठ १५, २०८३
केप टाउन । दक्षिण अफ्रिकाको रङ्गभेदविरोधी आन्दोलनका अभियन्ता अहमद कथरादाको मंगलबार ८७ वर्षको उमेरमा निधन भएको छ । रङ्गभेदविरोधी आन्दोलनका नेता नेल्सन मण्डेलासँगै उनले पनि रङ्गभेदविरोधी संघर्ष गरेवापत जन्म कैदको सजाय पाएका थिए । मायाले सबैले अंकल काथी नामले बोलाइने गरेका उनको यसै महिना दिमागमा रगत जमेपछि शल्यक्रिया गरिएको थियो । स्थानीय समयअनुसार बिहान ६ बजे उनको निधन भएको थियो । कथरादा फाउन्डेसनले बताएअनुसार उनका दुवै फोक्सोमा निमोनिया बल्झेपछि उनको स्वास्थ्य अवस्था जर्जर बनेको थियो । कथरादा दक्षिण अफ्रिकाको तात्कालीन रङ्गभेदी सरकारले २६ वर्ष जेलमा राखेको थियो ।
स्रोतका अनुसार कथरादाको औपचारिक राजकीय अन्त्यष्ठि गरिनेछ । राष्ट्रपति जकोभ जुमा उनको अन्त्यष्ठिमा सहभागी बन्नेछन् । उनको सम्मानमा राष्ट्रिय झण्डा देशभर आधा झुकाउने निर्णय गरिएको छ ।
पछिल्लो समय जाकोभ जुमाको सरकारमा भ्रष्टाचार बढेको भन्दै उनले सरकारको खुला आलोचना गर्ने गरेका थिए । गएको साल उनले भ्रष्टाचारको शिलशिलाबद्ध काण्डपश्चात राजीनामा दिन पत्र लेखेका थिए ।
नोबेल पुरस्कार बिजेता अर्कविशोप देस्मोन्ड तुतुले कथरादाले श्वेत अल्पसंख्याको शासनविरुद्ध दक्षिण अफ्रिकाले गरेको लामो संघर्षमा आत्मविश्वास भर्ने काम गरेको बताए ।
कथरादा अफ्रिकी राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता थिए । उनले आफ्नो पूरा जीवन श्वेत अल्पसंख्यकको शासन विरुद्ध लडेका थिए । पछिल्लो समय जाकोभ जुमाको सरकारमा भ्रष्टाचार बढेको भन्दै उनले सरकारको खुला आलोचना गर्ने गरेका थिए ।
गएको साल उनले भ्रष्टाचारको शिलशिलाबद्ध काण्डपश्चात राजीनामा दिन पत्र लेखेका थिए ।
सन् १९२९ मा दक्षिण अफ्रिकाको उत्तर पश्चिम प्रान्तको एउटा सानो गाउँमा एउटा आप्रवासी भारतीय परिवारमा जन्मेका कथरादा बाह« वर्षको उमेरदेखि नै राजनीतिक गतिविधिमा संलग्न भएका थिए । १२ वर्षको उमेरमा उनले दक्षिण अफ्रिकी युवा कम्युनिष्ट लीगको पर्चा वितरण गरेर राजनीतिमा सामेल भएका थिए ।
त्यसलगत्तै उनी सक्रिय राजनीतिक गतिविधिमा संलग्न भए । उनलाई सन् १९६४ मा आजन्म कैद र कठोर श्रम सजाय भयो । रिभोनिया लुटपात काण्डको अभियोगमा मण्डेला, वाल्टर सिसुलु र गोभान बेकीलगायत सात जना नेताहरुलाई केद सजाय गरिएको थियो ।
३४ वर्षको उमेरमा उनी तात्कालीन दक्षिण अफ्रिकाको सबभन्दा खतरनाक मानिने रोबिन्स टापुमा राजनीतिक बन्दी बनेर पुगेका थिए । उनले आफ्नो बाँकी १८ वर्ष त्यही कैदी जीवन बिताए ।
सन् १९८२ मा उनलाई पोल्समुर कारागार सरुवा गरिए । २६ वर्षको कैदी जीवन पश्चात सन् १९८९ अक्टोबर १५ मा ६० वर्षको उमेरमा कैद मुक्त भएका थिए ।
Leave a Reply