भर्खरै :

तेजाब प्रहार गर्नेलाई चार वर्ष कैद

लमही, २८ जेठ (रासस) : दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो ।
जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु एक लाख जरिवाना र पीडितलाई रु एक लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । अदालतले जरिवाना स्वरूपको रु एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपार्इंले जानकारी दिनुभयो ।
उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *