भर्खरै :

डेङ्गु सङ्क्रमित ८९ थपिए

धरान, जेठ २८ (रासस) : यहाँ आजसम्ममा एक हजार चार सय व्यक्तिको रगत परीक्षण गर्दा ४५७ डेङ्गु सङ्क्रमित देखिएका छन् । सोमबार ३६८ जना सङ्क्रमित रहेका थिए । आज एक दिनमा ८९ बिमारी थपिएका छन् ।
यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेर आज सुनसरी क्षेत्र नं १ का सांसद जयकुमार राईले अस्पताल प्रशासन र चिकित्सकहरुसँग छलफल गर्नुभएको छ । छलफलमा प्रतिष्ठानका उपकुलपति प्रा डा राजकुमार रौनियार, अस्पताल निर्देशक डा गौरीशंकर साह, अस्पतालका सहायक निर्देशक डा विकास साह, ¥यापिड रेस्पोन्स टिमका संयोजक डा विजयकुमार खनाल, डा नारायण भट्टराई, सांसद राई, नेकपाका सुनसरी सचिव रमेश बस्नेतलगायत रहनुभएको थियो ।
प्रतिष्ठानमा डेङ्गुसम्बन्धीका विज्ञ चिकित्सक भएकाले उपचारमा कुनै समस्या नभएको उपकुलपति प्रा डा रौनियारले जानकारी गराउनुभयो । डेङ्गुको सेरोटाइपिङ(प्रकार) छुट्याउने मेसिन सहयोगका लागि अस्पतालको पहलमा अमेरिकाको एक युनिभर्सिटीलाई पत्राचार गरिएको प्रतिष्ठानले जनाएको छ ।
डेङ्गुको जिवाणु पत्ता लगाउन ल्याब टेष्टका लागि किट कम आउने गरेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई सांसद राईले यसअघि नै प्रयाप्त किट पठाउन र आवश्क किट रिजर्भ राख्न सुझाउनुभएको थियो । अस्पतालका सहायक निर्देशक डा साहले धरान उपमहानगरलाई डेङ्गुको महामारी क्षेत्र घोषणा गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *