तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २८ जेठ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सीटीएल फार्मेस्युटिकल्स एकाइ समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको जन्म दिवस मनाइयो ।
भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले कार्ल माक्र्सले विश्वका काम गरी खाने श्रमिक वर्गलाई मान्छे भएर जिउन सिकाएको बताउँदै श्रमको शोषण नै पुँजीपतिहरूको नाफाको स्रोत भएकोले कामदार वर्गको हित समाजवादी व्यवस्थामा मात्र हुने प्रस्ट्याउनुभयो ।
मजदुर सङ्गठन र सङ्घर्षविना मजदुरको हित नहुने चर्चा गर्दै उहाँले मजदुर एकता कायम राख्दै सङ्घर्षलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
भेलामा नेक्रामसङ्घ, भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेक्रामसङ्घले मजदुर हकहितको पक्षमा कानुनी र गैरकानुनी सङ्घर्ष अगाडि बढाउँदै आएको प्रस्ट पार्नुभयो ।
भेलामा आयोजक समितिका अध्यक्ष रुकेश कवांले सीटीएलमा मजदुरको अवस्थाबारे जानकारी गराउनुभयो । भेलामा मजदुर प्रतिनिधि दीपा खत्री र कृष्णहरि आगञ्जाले पनि बोल्नुभएको थियो ।
Leave a Reply