के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
बर्दिया, २८ जेठ । पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महिना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त पुल प्रयोगमा आएको नौ महिना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूलो भ्वाङ परेको हो ।
काठमाडौँको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूलो भ्वाङ परेको हो । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुलमा अहिले ५० भन्दा बढी ठूलठूला भ्वाङ परेको छ ।
विसं २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एक वर्ष चार महिनाअगावै निर्माण गरेकामा सबैले प्रशंसा गरेका थिए तर पुल प्रयोगमा आएको नौ महिना नबित्दै धेरै भ्वाङ देखिएपछि निर्माणमा कमसल सामान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।
‘धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुसी थियौँ’, पुलको महोत्तरीतर्फको बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भन्नुभयो, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।”
नदीको पुरानो पुल बाढीले भासिदिएकोले अर्को पुल निर्माणका लागि २०७३ असार २९ गते उक्त कम्पनीले ठेक्का पाएको थियोे । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ मा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भासिएकोले आवतजावतमा कठिनाइ भएपछि सरकारले रु. २४ करोड ६० लाखको लागतमा नयाँ पुल निर्माणको उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो ।
निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेकोमा निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले आफ्ना तर्फबाट कमसल सामान प्रयोग गरेको नभई रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको बताउनुभयो । ‘हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल निर्माण गरेका हौँ’, पुलको भ्वाङ हेर्न पुग्नुभएका ढुङ्गेलले भन्नुभयो, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल (पदार्थ) बढी प्रयोग गरेकाले पिच उप्केर भ्वाङ परेको हुनसक्ने र त्यसको कारण पत्ता लगाई असर पु¥याएको केमिकल सफा गरेर उपयुक्त मात्रा मिलाएर तत्काल भ्वाङ पुर्छौँ ।”
आइगर्डर (प्रिस्टेस) डिजाइनबाट ६ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताउनुभयो ।
Leave a Reply