संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
–नारायण न्यौपाने /सीबी अधिकारी
सर्वोच्च शिखर सगरमाथा आरोहणको बढ्दो आकर्षण र विभिन्न कीर्तिमानी कायम गर्ने प्रतिस्पर्धा चलिरहेको छ । आरोहण इतिहासको नयाँ नयाँ किर्तिमानसँगै आठ हजारको सङ्ख्यामा आरोही सगरमाथाको चुचुरो चुम्न सफल भइसकेका छन् ।
सर्वोच्च शिखरको आरोहरणको क्रममा नै २९० जना आरोहीको निधन भएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथा आरोहणको इतिहास भने अनौठो छ । सन् १९५३ मे २१ का दिन नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका नागरिक सर एडमण्ड हिलारीले अदम्य साहसका साथ सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए ।
त्यो ऐतिहासिक आरोहण दलका सदस्य आङ फुर्वा शेर्पा (कान्छा शेर्पा) भने सगरमाथाको महत्वको पत्तो नपाइकनै आरोहण दलमा सहभागी हुनुभयो । प्रथम सगरमाथा आरोहण दलका एकमात्र जीवित सदस्य शेर्पा भन्नुहुन्छ, “के गर्न जाने होला ? बाटो अप्ठेरो छ । कसरी बाटो पायो । डर पनि लागेको थियो, बाटो कसैलाई पनि थाहा थिएन ।
पहिलो पटक आरोहण गर्दा कान्छा शेर्पा २० वर्षको हुनुहुन्थ्यो । हाल उहाँ ८७ वर्षको हुनुहुन्छ । आलुमात्र फल्ने खुम्बु क्षेत्रमा चामल र पैसाको चलन पनि सोही आरोहणले भित्याएको शेर्पा स्मरण गर्नुहुन्छ । चामल देखेको भए पनि किनेर खाने पैसा थिएन । आरोहणका क्रममा कमाएको पैसाले पहिलोपटक चामल किनेर खाँदाको खुसी अहिले पनि अविस्मरणीय छ उहाँलाई । शेर्पालाई भात खान पाउँदा असाध्यै खुसी लाग्यो ।
सगरमाथा हिमाल सफाइ अभियानको क्रममा सगरमाथाको फेदी नाम्चेमा भेटिनुभएका शेर्पाले सगरमाथा आरोहणको इतिहास सुनाउँदै आफ्नै लवजमा भन्नुभयो, “जानैपर्ने बाध्यता भयो, पैसा त चाहियो । ऊ बेला पैसा पाउन गाह्रो थियो । सधैँ आलुमात्रै खानुपर्दथ्यो । तेजिङ आउनुभन्दा अघि हामीले चामलको भात कहिल्यै खान पाएका थिएनौँ । हिलारी आयो, हामी माथि गयौँ, पैसा दियो, अनि चामल किनेर खायौँ ।”
कसरी आरोही दल सगरमाथाको चुचुरोमा पुग्यो कान्छा अहिले पनि छक्क पर्नुहुन्छ । उहाँले भन्नुभयो, “हिलारी र नोर्गेले हामीलाई खोज्यो, बल्लबल्ल पाएर गयो । त्यतिबेला क्याम्प, साउथ कोल भन्ने थिएन, डोरी बानेर गइयो । गम्छा बानेर चढियो । अहिलेजस्तो सजिलो भ¥याङ थिएन । रुख काटेर साँघु बनाएर गइयो ।” आरोही दलमा २० शेर्पासहित न्युजिल्यान्ड र इङ्गल्याइन्डका गरी ३५ जनाको टीम रहेको उहाँले बताउनुभयो ।
शेर्पाको अनुभवमा त्यतिखेर समिट गर्ने चलन नै थिएन, अहिले त दिनकै दुई÷तीन सय जना सगरमाथाको चुचुरोमा पुग्ने गरेका छन् । उहाँलाई अहिले सगरमाथा चढनुको केही महत्व नभएजस्तो लाग्छ । “हामीले दिनको आठ रुपैयाँ ज्याला पाउने गरेका थियौँ । त्यो बेला कहाँबाट आउने पैसा ? हिलारी र नोर्गे आएपछि यो ठाउँको विकास भयो, होइन भने दुःखै दुःख थियो”, विगत स्मरण गर्दै उहाँले भन्नुभयो ।
कान्छाले अहिलेसम्म हिमाल चढेको सात पटक भयो । प्रथम आरोही भारतको दार्जेलिङ, रक्सौल र रेसुङ्गा हुँदै सगरमाथाको चुचुरो चुम्न सफल भएका थिए । आरोहीलाई साउथ कोलबाट चचुरो पुग्न पाँच घण्टा र फर्कन दुई घण्टा लागेको थियो भने आरोहण पूरा गर्न तीन महिना लाग्यो ।
सगरमाथाको पाँच आरोहण गरेका सोना शेर्पा सगरमाथा आरोहणमा मानव आवागमनको चाप धेरै देखिएको हुँदा ठूलो मानवीय क्षति हुनसक्नेप्रति सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुहुन्छ । वसन्त यामको गत मे २२ तारिखका दिन सगरमाथा आरोहण गर्नुभएका शेर्पालाई आँखै अगाडि आरोहीको मृत्यु हुँदा नराम्रो लागे पनि कतिपय आरोहीको जिद्धिपनले यस्ता मानवीय क्षति बेहोर्नुपर्ने अवस्था आएको उहाँको भनाइ थियो ।
शारीरिक अवस्था कमजोर भएका र आफ्नै घमण्ड तथा जिद्धिपनले पनि मृत्यु भएको सगरमाथाको १३ औँ पटक आरोहण गरेका कीर्तिमानी आरोही काजी शेर्पाले बताउनुभयो । आरोही शेर्पा भन्नुहुन्छ, “ज्यान भनेको जुवा तास जस्तै हो । जोखिम आफ्नै हातमा छ । हिउँ पहिरोमा पनि परेको थिएँ । अमेरिकन र चिनियाँ आरोही भनेको कुरालाई आत्मसात गर्ने भएकाले उनीहरूसँग काम गर्न निकै सजिलो हुन्छ ।”
Leave a Reply