भक्तपुर नगरपालिकाभित्र सञ्चालित सबै प्रकारका विद्यालयहरू पूर्ववत् रूपमै सञ्चालनमा रहने
- बैशाख ३, २०८३
भक्तपुर, २ असार । भक्तपुर नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत ईसीडी (बाल विकास) शिक्षकहरूले विभिन्न माग राखी सोमबार शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरका प्रमुख खेमनाथ पोखरेल र भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
मासिक रु. ६ हजारमा काम गर्दै आएका ईसीडी शिक्षकहरूलाई आ.व. २०७६÷०७७ को बजेटमा पनि कुनै तलब नबढाएपछि आक्रोसित शिक्षकहरूले विज्ञान तथा प्रविधि मन्त्रालयको नाममा ज्ञापनपत्र बुझाएका हुन् ।
सबै तहका शिक्षकहरूलाई १८–२० प्रतिशत तलब बढाउने तर कम तलब खाने ईसीडी शिक्षकहरूलाई तलब नबढाई विभेद गरेको उनीहरूको दाबी छ ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष लक्ष्मीनारायण दुवाल, नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसा र नेक्राशिसङ्घ ईसीडी शिक्षक एकाइ भक्तपुरका संयोजक सीतालक्ष्मी छुस्याकीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै भनपाका नगर प्रमुख सुनिल प्रजापतिले शिक्षकहरूको मागप्रति विशेष ध्यान दिने बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरभित्रका सामुदायिक आधारभूत विद्यालयहरूको शैक्षिकस्तर उठाउन शिक्षक–शिक्षिकाहरूलाई नयाँ सिकाइ प्रविधिको तालिम सञ्चालन गरी विद्यालयहरूको नियमित अनुगमन गर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गरी सिङ्गो समाजलाई बुद्धिजीवीकरण गर्न योगदान गर्ने उद्देश्य बोकेको उहाँले स्पष्ट पार्नुभयो ।
त्यस्तै शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख लेखनाथ पोखरेलले ईसीडी शिक्षकको तलब अति न्यून भएको हुँदा त्यसको सम्बोधन केन्द्रीय सरकार र स्थानीय सरकारले गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षकहरूको सो माग दुई तीन दिनभित्र मन्त्रालय पु¥याउने वचन पनि दिनुभयो ।
ज्ञापनपत्रमा पूर्व प्रावि तह (बाल विकास दरबन्दी) मा काम गर्ने शिक्षक (सहयोगी कार्यकर्ता) हरूलाई तलब प्राविसरह दिन, शिक्षकहरूको निम्नत्तम शैक्षिक योग्यता एसईई बनाउन, विद्यालय समत्र बस्ने व्यवस्था मिलाउन, प्रत्येक वर्ष पुनःताजगी तालिम दिन, प्रत्येक पूर्वप्रावि तहको लागि कार्यालय सहयोगीसरहको तलब भत्ता पाउने गरी आयाको व्यवस्था गर्ने माग गरिएको छ ।
Leave a Reply