तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, २ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको आयोजनामा चे ग्वे भाराको जन्म जयन्तीको अवसरमा प्रवचन कार्यव्रmम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी सुर्खेतका संयोजक हरिबहादुर बोहराले “युवाहरू समाजमा हुने अन्याय, अत्याचार, शोषण र दमन देखेर थरथर नकाप्ने युवाहरू युवा हुन नसक्ने” चे ग्वे भाराको भनाइबाट युवाहरूले सिक्नुपर्ने र समाजमा हुने विभेदका विरुद्ध लाग्नुपर्छ भन्नुभयो । उहाँले कम्युनिस्टहरू अन्तर्राष्ट्रवादी हुन्छन् भन्ने कुरा चे ग्वे भाराको जीवनीबाटै सिक्न सकिने बताउनुभयो । कार्यव्रmममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, गोविन्दनाथ योगी, शेरबहादुर शाही, लालबहादुर थापा, खेमराज कंडेल, पुष्पराज राना र हेमराज शाहीले पनि चे ग्वे भाराको जीवनीबाट सिक्नुपर्ने बताउनुभएको थियो ।
Leave a Reply