नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
वेलिङ्टन, ३ असार (रासस/सिन्ह्वा) – न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।
नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय फिलिप आप्र्स नाम गरेका व्यक्तिले विवादास्पद एवं आपत्तिजनक सामग्री वितरण गरेको भन्दै दोषी ठहर गरिएको छ । क्राइस्टचर्चको जिल्ला अदालतका न्यायाधीश स्टेफेन ओ–ड्रिस्कोलले बुधबार आप्र्समाथि सजाय सुनाउनुभएको थियो । अदालतमा आप्र्सले अनलाइनमा भिडियो राखेकामा आफूलाई कुनै पश्चाताप नभएको बताएका थिए ।
क्राइस्टचर्चको मस्जिदमा भएको आक्रमणमा ५० जनाभन्दा बढी व्यक्तिको मृत्यु हुनुका साथै अरु केही घाइते भएका थिए ।
Leave a Reply