नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
बेर्था मोजेना मिलिअन
हाम्रो देश क्युवाविरुद्ध ट्रम्प प्रशासनको शत्रुताको कुनै अन्त्य नभएको देखिँदैछ । जून ४ का दिन अमेरिकी अर्थ मन्त्रालयले अप्रिल १७ का दिन क्युवाविरुद्ध घोषणा गरेको नाकाबन्दीलाई थप प्रतिबन्धका साथ लागू ग¥यो । संरा अमेरिकाको हेल्मस बर्टोन ऐनको अध्याय ३ ले जनता जनताबीचको सांस्कृतिक र शैक्षिक आदानप्रदान, अरू सम्बन्धित भ्रमणहरू र यातायात सेवा, विप्रेषण पठाउन, बैङ्कि· सेवा र टेलिकम्युनिकेशनमा समेत प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयद्वारा जारी प्रेस विज्ञाप्तिअनुसार निजी तथा व्यावसायिक विमानहरू, यात्रुबाहक पानीजहाजहरू स–साना पानी जहाजहरू, माछा मार्ने डु·ाहरू र त्यस्तै खाले कुनै पनि वाहनहरूलाई क्युवा भ्रमणमा रोक लगाइएको छ । तर, केही निश्चित क्षेत्रलाई भने प्रतिबन्धबाट मुक्त राखिएको छ । त्यसमा जून ५ भन्दा पहिले नै शैक्षिक भ्रमणका लागि अनुमति पाइसकेका समूहहरू, भ्रमण गर्नका लागि अनुमति पाइसकेका समूहहरू, भ्रमण गर्नका लागि पहिले नै होटल बुक गरिसकेका तथा हवाईजहाज वा पानीजहाजको टिकट कटाइसकेकाहरू मात्र पर्छन् । त्यस्तै संरा अमेरिकाको सङ्घीय उडड्यन प्रशासनबाट अनुमति पाएका केही मालवाहक विमान वा हवाईजहाजले मात्र टापु राष्ट्र क्युवा जान र आउन सक्छन् ।
अमेरिकी अर्थमन्त्री स्टेभेन मनुचिनले क्युवा माथिको नाकाबन्दी र प्रतिबन्धहरू ‘ल्याटिन अमेरिकालाई अस्थिर बनाई राख्नमा क्युवाको भूमिका’ को अन्त्यका लागि भएको बताउँदै भेनेजुयला र निकारागुवाप्रति क्युवाली समर्थनले आफूलाई चिन्तित बनाएको बताए ।
“क्युवाले किन उनलाई चिन्तित बनाएको छ भन्ने कुरा त विश्वसामु क्युवा आफै उदाहरण छ । एउटा सानो टापु राष्ट्रले ६० वर्षदेखि इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली साम्राज्य (संरा अमेरिका) को प्रतिरोध गर्दै आएको छ”, ऐक्यबद्धताको आवश्यकता रहेका सबै देशका जनताप्रति ऐक्यबद्धता जनाउँदै आएको छ, आफै अभावमा हुँदाहुँदै पनि भएका केही कुरा बाँडीचुँडी गर्दै आएको छ”, क्युवाली कम्युनिस्ट पार्टीका प्रथम सचिव आर्मी जनरल राउल क्याष्ट्रो रुजले भन्नुभयो ।
क्युवाली विदेशमन्त्री ब्रुनो रोड्रिग्वेज पेरिल्लाले म·लबारै ट्विट गर्दै दुई देशबीचका मतभिन्नताहरू वार्ता र सहयोगका आधारमा समाधान गर्न सकिने बताउँदै क्युवा अन्तर्राष्ट्रिय कानुनको पक्षमा अडिग रहेको र नयाँ प्रतिबन्धहरूप्रति कडा विरोधमा रहेको बताउनुभयो ।
विदेशमन्त्री रोड्रिग्वेजले अगाडि भन्नुभयो– “तिनीहरूले प्रतिबन्धमार्फत हाम्रो अर्थतन्त्रलाई थप समस्यामा पार्ने र क्युवालीहरूको जीवनस्तर खस्काउने नियत राखेका छन् । तिनीहरूले हाम्रो राजनीतिक अडानमा कुनै परिवर्तन पाउने छैनन् । तिनीहरू फेरि पनि असफल हुनेछन् ।”
क्युवाली राष्ट्रपति मिग्वेल डियाज कानेल बर्मुडेजले नयाँ धम्कीहरू र प्रतिबन्धहरूबाट क्युवा कति पनि विचलित या निराश नहुने स्पष्ट पार्नुभयो । “काम, सिर्जनात्मकता, मेहनत र प्रतिरोध नै हाम्रो जवाफ हो । तिनीहरूले हाम्रो गतिलाई केही धिमा गर्न सक्छन् तर तिनीहरूले हामीलाई रोक्न सक्दैनन् । हामी बाँचिरहने छौँ र हामी जित्नेछौँ ।”
(They cannot stop us. We will live and triumph)
internet@granma.com
June 5, 2019
अनुवाद ः प्रकाश
Leave a Reply