मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
वासिङटन, ४ असार (एपी) । संयुक्त राज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ ।
इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरूले जनाएका छन् ।
अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरूले जनाएका छन् ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभएको छ, “मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु ।”
ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेको उहाँले जानकारी गराउनुभएको छ । उहाँले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराउनुभएको हो ।
उहाँले ती सैनिकहरू अमेरिकी केन्द्रीय सैन्य कमाण्ड
(सेन्टकोम) को अनुरोधमा पठाइएको जानकारी पनि दिनुभएको छ ।
यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन् नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरूले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकोले थप सैन्य पठाउनु परेको उहाँले बताउनुभयो ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभयो, “हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैनौँ तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरूको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।”
खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्याङ्करमाथि आगलागी भएको थियो । ती ट्याङ्करमा अज्ञात व्यक्तिहरूले हमला गरी आगो लगाएका थिए ।
उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ ।
त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटिआएका छन् । अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो ।
Leave a Reply