‘स्टन्ट’ मा मग्न गृहमन्त्रीलाई छैन प्रक्रियाको सुझबुझ
- बैशाख ६, २०८३
उमेश सुकमनी
Orange Country Register का अनुसार, अमेरिकी व्यापार कर सन् १७८९ बाट सुरु भएको थियो । त्यसबेला औसतमा ५ प्रतिशत दर कायम गरिएको थियो । यो अमेरिकी व्यापार करको इतिहासमा सन् १८२८ मा सबैभन्दा बढी लगभग ६२ प्रतिशत कायम गरिएको थियो भने दोस्रोपटक सन् १९३० मा ५९ प्रतिशत कायम गरिएको थियो । यस बीचमा सन् १८६१–१८६५ को सिभिल वार र सन् १९१४–१९१८ को पहिलो विश्व युद्धमा १५ प्रतिशतदेखि २० प्रतिशतको हाराहारीमा रहेको थियो । दोस्रो विश्व युद्धपछि यो कर १५ प्रतिशतबाट घट्दै सन् २०१७ सम्ममा औसत ५ प्रतिशतमा झरेको थियो । तर, हाल आएर २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँनिर्यातमा २५ प्रतिशत कर वृद्धि गरिएको छ । यसले फेरि एकपटक विश्वमा ठूलो व्यापार युद्ध हुने देखिएको छ ।
सिड्नीको प्रविधि विश्वविद्यालय र अस्ट्रेलिया–चीन सम्बन्ध विभागका उपप्रबन्धक जेम्स लरेन्सन्सले अस्ट्रेलियाको आर्थिक अवस्था चीनसँग सबैभन्दा धेरै आश्रित भएको अर्थात् जुन लगभग अस्ट्रेलियाको ७ प्रतिशत GDP अन्तर्गत रहेको छ । त्यसैले पनि अमेरिकी व्यापार नीतिले कसैको भलो नगर्ने र यसले अबका दिनमा वा सिङ्टनले समस्या र पीडा भोग्नुपर्ने अवस्था सिर्जना हुने बताइएको छ ।
IHS Markit का अनुसार, व्यापार युद्धमा कोही पनि विजेता हुने छैन । सन् २०१८ मा Global GDP ०.१ प्रतिशतले घट्यो । यो दर सन् २०१९ मा ०.८ प्रतिशत हुन्छ र यही गतिले सन् २०२० सम्ममा १.४ प्रतिशतले घट्ने छ । यो हिसाबले बेसलाइनभन्दा २.४ प्रतिशतले कम निर्यात हुनेछ । यसले सबैभन्दा धेरै North America का देशहरू र चीनलाई असर पु¥याउने छ । यो अमेरिकी व्यापार युद्धले सन् २०२० सम्ममा अमेरिकाको ४.५ प्रतिशतले व्यापार घट्ने र चीनको ३.२ प्रतिशतले घट्ने भनी Global Economist हरूले आङ्कलन गरेका छन् ।
हाल उच्च आयआर्जन गर्ने देशहरूमा जापान, अमेरिका र चीनपछि तेस्रो स्थानमा छ । जापान पनि चिनियाँबजारमा आफ्नो स्वामित्व देखाउन चाहन्छ । यसको लागि यो व्यापार युद्धलाई एक माध्यम बनाउन चाहन्छ । तर, ऊ फेरि चीनपछिको अमेरिकी सिकार हुनसक्ने त्रासमा छ । सन् १९८० मा जापान अमेरिकासँग धेरै नै आश्रित देश भएकोले उसलाई धेरै अप्ठेरो परेको थियो । जुन चीनको कुरा गर्दा धेरै नै फरक भइसकेको छ र अमेरिकालाई चीनमा पनि त्यही स्थिति ल्याउन लगभग असम्भव छ ।
Visual Capitalist का अनुसार आयआर्जनको आधारमा सन् २०३० सम्ममा चीन पहिलो स्थानमा, भारत दोस्रो स्थानमा र अमेरिका तेस्रो स्थानमा रहने भनिएको छ । त्यसै गरी सन् २०५० सम्ममा चीन पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो स्थानमा रहने भनिएको छ । यो हिसाबले हेर्दा छोटो र मध्यकालीन समयका लागि चीनमाथि अमेरिकी दबाबले नकारात्मक असर पु¥याएको देखिए पनि यो व्यवस्थापन गर्न सकिने खालको देखिन्छ ।
सन् १९७० मा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली, रुस, क्यानाडा, स्पेन र ब्राजिल आयआर्जनको आधारमा पहिलो १० बलिया देशहरू मानिन्थ्यो भने हाल रुस र स्पेन पहिलो १० देशहरूमा पर्दैनन् । सन् २०५० सम्ममा चीन इन्डोनेसिया र मेक्सिको अगाडि आउने र फ्रान्स, इटाली, क्यानाडा र स्पेन पछाडि पर्ने आङ्कलन गरिएको छ । यस्तो खालको उतार चढाब भइरहने भएकोले चीनले यसको मध्यनजर गरी अरुलाई उछिन्ने होडबाजीमात्र गरेर नहुने र त्यसको लागि आफू तयारी अवस्थामा रहनुपर्नेमा सकारात्मक देखिन्छ । त्यसैले पनि चीनले प्राथमिकताका साथ उत्पादन र उत्पादकत्व वृद्धिलाई जोड दिइरहेको छ ।
South China Morning Post का अनुसार संरा अमेरिका चीनमा लगानी गर्ने देशहरूमा मार्चमा तेस्रो ठूलो देश थियो भने अप्रिलमा १६ औँस्थानमा र मे महिनासम्ममा कुनै लगानी नरहेको जनाएको छ । जसबाट अमेरिकी व्यापारीहरूलाई धेरै नै अप्ठेरो परेको देखिन्छ ।
अमेरिकी व्यापारमा परेर गाउँर सहरबीच भेद हटाउँदै विश्वका विकासोन्मुख देशहरूलाई उठाउँदै, चिनियाँजनताको प्रतिव्यक्ति आयवृद्धि र जीवनस्तर उकास्दै अघि बढ्नुलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । यसरी हेर्दा व्यापार युद्धले चीनलाई भन्दा अमेरिकालाई ज्यादा घाटा हुनेमा दुईमत छैन ।
Leave a Reply