मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– उत्तमकुमार उपाध्याय
रौतहट, ५ असार । अत्यधिक गर्मीका कारण रौतहटकोे जनजीवन प्रभावित भएको छ ।
विगत एक सातादेखि तापक्रम बढेपछि जनजीवन अस्तव्यस्त भएको हो । वायुमण्डलीय तापक्रममा वृद्धि भएसँगै सर्वसाधारण घरबाहिर निस्किन छाडेकाले बजारमा चहलपहल कम देखिएको छ । गर्मीका कारण अधिकांश शैक्षिक संस्था बन्द भएका छन् भने कर्मचारी र मजदुरसमेत प्रभावित भएका छन् ।
गर्मी बढ्दै गएपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री ह्वात्तै बढेको छ । यहाँका बासिन्दाले गर्मीयाममा प्रायः काँक्रो, तरबुजा, खरबुजा, लस्सी, आइसक्रिम, कुल्फी अधिक सेवन गर्ने गर्दछन् । जेठको पहिलो सातादेखि बढेको प्रचण्ड गर्मी र तातो हावाका कारण सरुवा रोगका साथै घाउ, खटिरा, एलर्जी, पखालाका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन् ।
प्रचण्ड गर्मीका कारण रौतहटका पानीका मुहानसमेत सुक्न थालेका छन् । जिल्लाको उत्तरी भेग चन्द्रपुर नगरपालिकास्थित रहेको डावरीको पानीको मुहान सुकेको स्थानीयवासीले बताएका छन् । यसअघि पहिले–पहिले कहिले नसुक्ने डावरीको जरुवा पानी यसपटक सुकेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
जीपी उद्यान केन्द्रको नामले परिचित रहेको डावरीमा यो वर्षभन्दा पहिले हरेक वर्ष स्थानीयवासी गर्मीमा नुहाउने स्थानको रूपमा परिचित रहेको थियो । स्थानीयवासीले वस्तुलाई पानी खुवाउने स्थानको रूपमा परिचित डावरीको यतिबेला पानीको मुहान नै सुकेको स्थानीयवासीले बताएका छन् । चन्द्रपुर नगरपालिका–६ मा जङ्गलको बीचमा रहेको डावरीको जरुवा पानीको मुहान सुकेपछि डावरीमा नुहाउन आउने स्थानीयवासीका अलावा पशुपक्षीलाई पानी खुवाउनसमेत कठिनाइ भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख विनोद सिंहले जानकारी दिनुभयो ।
यता चन्द्रपुर–३ मा गर्मीकै कारण सिँचाइ पानीका मुहान सुक्न थालेपछि गैँडाटारका किसान मर्कामा परेका छन् । असार महिना लागिसक्दा पनि सिँचाइ हुँदै आएको स्थानीयवासी चाँदीखोला र डुमजोर खोलामा पानी सुकेपछि समस्या भएको हो । असार–साउनमा लगाउँदै आएको धानको व्याड सुक्न थालेपछि किसानले गाग्रीमा धाराको पानी ओसार्दै बीउ जोगाउन लागिपरेको स्थानीय किसान बमबहादुर वाइवाले बताउनुभयो ।
रौतहटका किसानले हरेक वर्ष हिले धानको व्याड राख्दै आएका थिए तर यसपालि पानीकै समस्याले सबै किसानले धुले व्याड राखेको र उक्त बीउसमेत जोगाउन हम्मेहम्मे परेको अर्का किसान मानध्वज लामाले बताउनुभयो । त्यसैगरी बागमती सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि धानका बीउ सुकेको स्थानीय किसानलाई भने राहत भएको छ ।
गर्मी बढेपछि अन्नबालीको उत्पादन गर्न नपाउँदा निराश भएका किसानलाई सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि हर्षित भएका छन् ।
Leave a Reply